एक वर्षदेखि एक विवाहित महिलासँग प्रेम गर्दै आएको छु

म १८ वर्षीय युवक हुँ । म हाल +२ मा अध्ययनरत छु । मैले विगत एक वर्षदेखि एक विवाहित महिलासँग प्रेम गर्दै आएको छु । ती महिलाको विवाह भएको दुई वर्ष मात्र  भएको छ । उनका कुनै सन्तान छैनन । अहिले ती महिलाका श्रीमान् विदेशमा छन्, जो केही महिनापछि उनका श्रीमान् नेपाल र्फकंदैछन् । उनको श्रीमान् विदेश गएपछि  सुरु भएको हाम्रो प्रेम अहिले आएर हामी छुट्टएिर बाँच्न नसक्ने अवस्थामा पुगेको छ । म उनलाई आफ्नो बनाउन चाहन्छु र उनी पनि त्यही चाहन्छिन् तर मैले उनलाई  पालन पोषण गर्न सक्ने आर्थिक हैसियत बनाइसकेको छैन । तैपनि उनी उनको श्रीमान् नेपाल आउनुभन्दा अघि नै मसँग विवाह गर्ने पक्षमा छिन् । हाम्रो प्रेम हामी दुई  बाहेक अरू कसैलाई थाहा छैन ।
मैले उनीसँग विवाह गर्नु कत्तिको उचित होला ?
वि.

आजभोलि हाम्रो समाजमा पनि विवाहेत्तर सम्बन्ध बढ्दो छ । पति वा पत्नी दुवैले एकअर्काको अभावमा विवाहेत्तर सम्बन्ध गाँस्न थालेका छन् । हाम्रो सन्दर्भमा वैदेशिक  रोजगारीमा जाने क्रममा देखिएको वृद्धिसँगै विवाहेत्तर सम्बन्धमा पनि व्यापक वृद्धि भएको आँकलन समाजशास्त्रीहरूको छ । यस्तो स्थितिमा तपाई पनि कुनै विवाहित  महिलासँग नजिक हुन पुग्नुभयो । कतिपय विवाहित महिला आफ्ना श्रीमान्को अनुपस्थितिमा आफ्नो शारीरिक चाहना साकार गर्न तपाईं जस्ता भर्खरका तन्नेरीहरूमा आँखा लगाउँछन् । जहाँसम्म मेरो विश्वास छ, तपाई तपाईंकी ती कथित प्रेमिकाको वासनाको सिकार हुनुभएको छ । अहिले ति महिला आफ्ना श्रीमान् फर्कनु अघि नै तपाईंसँग विवाह गर्न इच्छुक देखिएकी छिन् भने त्यसका पछाडि निश्चय पनि कुनै ठूलो रहस्य लुकेको हुनुपर्छ । तपाईंको हकमा म के सल्लाह दिन्छु भने विवाह जस्तो कुरामा  हतार नगर्नुस् । पहिले ती महिलाका श्रीमान्लाई र्फकन दिनुस् त्यसपछि ति महिलाको व्यवहारमा कस्तो परिवर्तन आउँछ त्यसको विश्लेषण गर्नुस् अनि मात्र कुनै ठोस  निर्णय लिनुहोस् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out