हङकङ झुम्यो नयाँ वर्षमा

हङकङ, पुस १९ - हङकङ- के नयाँ वर्ष, के क्रिसमस, के ल्होसार, के साकेला, चाहिन्छ केवल रमाइलो गर्ने बहाना । विश्व नै २०११ को उमंगमा रमाइरहेका बेला आफू मात्रै पछि पर्ने कुरै थिएन । नयाँ वर्षको पहिलो दिन यहाँ आयोजित 'न्यु इयर धमाका' कन्सर्ट हङकङेली नेपालीहरूलाई मनोरञ्जन गर्ने राम्रै निहुँ बन्यो । हङकङमा नाम चलेका गायक र डान्सरहरूसहित नयाँ-पुराना अधिकांश कलाकारको सहभागिताले कार्यक्रममा बेग्लै आकर्षण थपिएको थियो । बेली डान्समा उपाधि हात पारेकी चिनियाँ डान्सरको नृत्यले शनिबारे साँझलाई साँच्चिकै धमाका मच्चायो ।
चाँदनीमा बग्छ खोलो
सलबलाई बग्छ पानी...
करिब दुई दशकअघि नागेन्द्र श्रेष्ठले गाएको यस गीतले कुनै जमानामा नेपाली बजार पिटेको थियो । उनै गायकले याउ मा तेईस्थित हेनरी जी लियोङ हलमा त्यही गीत गाउँदा पुरानो याद ताजा बन्यो । भीडमा गायकसँगै गुनगुनाउने थुप्रै सुनिए । हालैको 'भ्वाइस अफ पोखरेली झ्याल' का विजेता टोपराज तामाङले दीपक बज्राचार्यको उही चर्चित गीत 'मायाको डोरी...' गाए । गत वर्षका विजेता सन्तोष गुरुङले भने सुनील बर्देवाको गीत रोजे । ५० कलाकार सहभागी कार्यक्रममा दर्जनभन्दा बढी त गायक थिए । अधिकांशले दोहोर्‍याएर गाउने मौका पाएनन् । कुनै जमानामा नेपाली सांगीतिक फाँटका चल्तीका गायक तथा संगीतकार दिनेश सुब्बा, गणेश पराजुली समेतले नयाँ वर्षे माहौल तताउन राम्रै सघाए । रोसेली यङ (बाया तस्बिर) को मादक बेली नृत्यले भने बेग्लै छाप छाड्यो । संगीतको चर्को धुनमा उनको कामोत्तेजक नृत्यले दर्शक जुरुकजुरुक पार्‍यो । ताइवान अन्तर्राष्ट्रिय बेली नृत्य प्रतियोगिताकी विजेता यङ जब बारुले कम्मर मर्काउँदै दर्शकदीर्घामै ओर्लिन्, रोमान्च झन् फैलियो । नाच्दै उनले आधा दर्जन युवालाई पछ्यौरीमा बाँधी स्टेजमै पुर्‍याइन् । कतिपय उनको सिको गर्दै नाचे । उनीपछि अर्को चिनियाँ समूहले प्रस्तुत गरेको त्यही शैलीको डान्स भने अपेक्षित रूपमा जम्न सकेन ।
अब पालो थियो इन्स्ट्रुमेन्टको । हरि श्रेष्ठको समूहले गिटार र ड्रमसेटमा तबलाको धुन घोली प्रस्तुत गरेको फ्युजनले हङकङेलीमाझ नौलो स्वाद प्रस्तुत गर्‍यो ।
 करिब तीन घन्टा चलेको कन्सर्टमा नारायण गोपालदेखि उनकै पदचाप पछ्याएका रामकृष्ण ढकालसम्मका गीत समेत गाइए । चेतमान गुरुङले नववर्षे साँझमा 'पे्रयसीका यादहरू...' गाएर पाका दर्शकहरूको वाहवाही बटुले । गणेश न्यौपानेले 'ओराली लागेको हरिणको चाल भो...' सुनाए ।  रोसा लिम्बू, मोहन बीके, मनीष रायको गायन र सुकु लिम्बू, सुपि्रया राना लगायतको नृत्यले समेत नयाँ वर्षलाई ताजै बनाइरहन सघायो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out