दुखेसो पत्नीपीडितका

उमेश महर्जन  वर्ष ३५
फागुन ०५५ मा मेरो परम्परागत विवाह भयो। एक वर्षसम्म राम्रै सम्बन्ध रह्यो। दुई वर्षपछि छोरा जन्मियो। म काठमाडौँको एक निजी बैँकमा जागिरे, उनी ललितपुरको एक गैरसरकारी संस्थामा सुपरभाइजर।

सुरुमा म अफिसको काममा केही ढिला हुँदा उनी केरकार गर्थिन्। बाहिर केटीसँग बसिस् भन्ने सधैँको उनको आरोप हुन्थ्यो। केरकार गर्ने क्रममा उनले मलाई केही दिन त घरभित्र छिर्नेबित्तिकै सर्वांगै नांगो पारेर नियाल्थिन्। मोबाइलका मेसेज, ब्यालेन्स छिनछिनमा चेक गर्थिन्। मैले ब्यागमा धेरै पैसा बोक्न पाउँदैन थिएँ। एटीएम र क्रेडिट कार्ड लुकाइदिन्थिन्। चिया र खाजासमेत खान नपुग्ने पैसा पर्समा राखेर अफिस पठाउँथिन्। गोजीमा पैसा थोरै भएपछि साथीहरूले जिस्काउँथे पनि। बेलाबखत साथीहरूको जमघटमा सबैभन्दा थोरै पैसा गोजीबाट निस्कँदा म हाँसोको पात्र बन्थेँ। त्यस्तो बेलामा म लाजले भुतुक्कै हुन्थेँ।
तैपनि, उनले घरव्यवहारप्रति चिन्तित भएर यसो गरेकी होलिन् भन्ठान्थेँ। पछि पो थाहा भयो, यो सब उनले मलाई दुःख दिने तरकिा रहेछ। मैले लामो समय आफ्नै बेइज्जती ठानेर यो कुरा बाहिर भनिनँ।

हाम्रो तलब बराबरजस्तै भए पनि उनले मलाई तलब देखाउँदिनथिन्। केमा खर्च गर्थिन् भन्ने पनि थाहा छैन। मेरो भने हरेक खर्चका शीर्षकबारे खोजबिन गर्थिन्। आफू भने हरेक शनिबार सपिङ् जाने, चाहिने-नचाहिने सामान किनेर ल्याउने गर्न थालिन्। उनको जीवनशैली जतिजति महँगो बन्दै गयो, ममाथि उनको घृणा र आक्रोश थपिँदै जान थाल्यो। राती अबेर आएर मलाई शारीरकि कष्ट दिन थालिन्। रक्सी खाएर आएपछि रातभर िकराउने उनको बानी नै हो।

पहिला मेरो निगरानी गर्ने उनी पछि भने आफँै हराउन थालिन्। राती अबेरसम्म घर नआउने, अफिसमा भोज छ भन्दै घरमै नआउने गर्न थालिन्। आमा गम्भीर बिरामी परेका बेलासमेत उनले फर्केर हेरनिन्। घरमा कोही बिरामी पर्दा उनी माइत गइहाल्ने। म घरको एक्लो छोरा भएकाले बाबुआमाबाट छुट्टनि सक्दैन भन्ने उनलाई राम्ररी थाहा हुँदाहुँदै एक्लै बस्न दबाब दिन्थिन्। उनी आफू एक्लैले नभई माइतीबाट समेत यसका लागि दबाब दिन थालिन्। हैरान भएपछि मैले 'त्यसो भए छुट्टएिर बसौँ न त !' भनेँ। त्यो पनि मान्दिनन्।

सम्बन्धविच्छेदका लागि मैले नै वडा कार्यालयमा निवेदन दिएँ। वडाले काठमाडौँ महानगरपालिका पठाइदियो। महानगरले लामो समय मिल्नका लागि दबाब दियो। १ वैशाख ०६६ मा महानगरपालिकामा दर्ता भएको हाम्रो मुद्दामा १४ भदौ ०६७ मा मात्रै निर्णय भयो। आनन्दराज पोखरेलको इजलासले यो मुद्दा काठमाडौँ जिल्ला अदालत पठाइदिएको छ। तर, यस्तो मानसिक यातनाबाट कहिले मुक्ति पाउँछु, अझै थाहा छैन। महिलाले चाहेको भए अदालत गएकै दिन विच्छेद भइसक्थ्यो। तर, हामीले वर्षौं कुर्नुपर्ने, ठाउँठाउँमा आफ्ना पीडाबारे बयान दिनुपर्ने। के पुरुष हुनु नै अपराध हो? हाम्रो पीडा न प्रहरीले सुन्छ, न नगरपालिकाले। न अदालतले सुन्छ, न त अधिकारकर्मीले।
-पीडितको आग्रहमा नाम परविर्तन गरएिको छ)

शंकर ज्ञवाली   वर्ष ३७

मलाई गाली नगर र नपिट। बस्, यति नै हो मैले गर्ने आग्रह। बच्चा मै हेर्छु, लुगा मै धुन्छु, खाना मै पकाउँछु, तिमीले भनेको सबै कुरा पुर्‍याइदिन्छु भनेँ। सक्छौ र जाँगर चल्छ भने जागिर गर, नत्र त्यो पनि पर्दैन। मैले उनलाई कुनै काम गर्न वा नगर्नका लागि कर गरनिँ। उनको खुसीमा नै मेरो खुसी निहित छ भन्ने ठान्थेँ, अझै ठान्छु। तर, उनले मलाई बुझ्ने प्रयास नै गरनिन्।

जहाँ भेट्यो, त्यहीँ पिट्ने। कुनै महिला स्वर मोबाइलमा सुन्न नहुने, आरोप लगाइहाल्ने। डिल्लीबजारको कन्या क्याम्पस पढाउँदा मेरा सबै विद्यार्थी महिला हुनु स्वाभाविक थियो। तीमध्ये कुनै न कुनैसँग बाटामा भेट हुन्थ्यो। तर, मैले ढुक्कसँग उनीहरूको नमस्कार स्वीकार्ने र फर्काउने अवसर पाइनँ। विद्यार्थी र म दुवैले खप्की खानुपथ्र्यो। म ठाउँको ठाउँ पिटिन्थेँ पनि। क्याम्पस, अस्पताल, बाटो, घर, आँगन, मान्छे जम्मा भएको ठाउँ, एकान्त केही नभनी मलाई पिट्ने। पिट्नका लागि कुनै निहुँ चाहिँदैन। घरबाहिर गए 'किन गइस्' भन्ने, नगए 'किन गइनस्' भन्ने ? जागिर खाऊ न त भन्दा 'तँलाई सजिलो गर्न किन जागिर खाने' भन्ने, ठीकै छ नखाऊ न त भन्दा 'रसि गरेको' भन्ने।

०६२ असार २९ गते हाम्रो मागी विवाह भएको हो। एकपटकको भेटमै कुरा छिनिएको हो। उनी वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्दै थिइन् भने म काठमाडौँमा 'करअिर'को सुरुआती दिनमा थिएँ। क्याम्पसमा अध्यापन गरेर गुजारा गररिहेको थिएँ। लेखापरीक्षण पनि गर्ने भएकाले मेरो धेरै समय घरबाहिर नै बित्थ्यो। घरमा एउटा साथी हुँदा जीवन सजिलो हुन्छ भन्ने मेरो अनुमान थियो। पढेलेखेकी श्रीमती भएपछि समझदारीका आधारमा व्यावसायिक जीवन अगाडि बढाउनुपर्ला भन्ने थियो। कति सुन्दर भविष्यको परकिल्पना गरेर मैले विवाह गरेको थिएँ। उनलाई काठमाडौँमा एक्लो महसुस नहोस्, कुनै कुराको अभावको अनुभव नहोस् भनेर म हरेक क्षण उनको अनुहारमा खुसी छ कि छैन भनेर नियाल्थेँ। उनले भनेको कुनै कुरा किन्न, कुनै ठाउँ घुमाउन बाँकी राखिनँ।

यसैबीच, ०६३ असार २ गते छोरा जन्मियो। त्यतिञ्जेल उनमा शंका गर्ने बानी देखिन थालिसकेको थियो। क्याम्पस नै जान नदिने, कार्यालयको काममा निस्कन पनि नदिने। अनेक तरकिाबाट दुःख दिने। साँझपख बच्चा लिएर बेपत्ता भइदिने। सार्वजनिक ठाउँमा मनलाग्दी गाली गर्ने। एउटा विषयको विवाद अन्त्य नहुँदै अर्को निहुँ टिपेर झगडा सुरु गरहिाल्ने। भाटभटेनी, दरबारमार्गलगायतका ठाउँमा बीच सडकमै मलाई पिटेका दृश्य बिर्सन खोज्दा पनि सक्दिनँ। राती सुत्दा पनि निरन्तर एक-डेढ घन्टासम्म पिटेको पिट्यै गर्न सक्ने। बिहानभर िपढायो, खाना खान भनेर कोठामा आयो, पिटाइ खाएर फर्कियो। यसैकारण कति दिन भोकभोकै काम गरेको छु। आफ्नो हालत सम्झेर बाथरुममा गएर रोएको छु।

कति दिन त मेरो मोबाइल नै लुकाइदिइन्। विद्यार्थी मात्रै होइन, घरबेटीका छोरी, छिमेकी महिला/पाहुना, साथीका महिला आफन्त, साली कसैसँग बोलेको हेर्न नसक्ने। आरोप लगाइहाल्ने। खान पाइनँ, लगाउन पाइनँ भनेर प्रहरी, अधिकारकर्मीकहाँ उजुर गर्ने। मैले उल्टै पिट्छे भन्दा कसैले पत्याउँदैनन्। प्रहरीले त धेरैपल्ट मलाई गालीसमेत गरेको छ। काठमाडौँका कुनै पनि प्रहरी बिट, प्रभाग र महिला सेल बाँकी छैनन्, जहाँ मैले बयान नदिएको होस्। मसँग बस्न इच्छा छैन भने अलग भएर बसौँ न भन्दा पनि नमान्ने। 'तँलाई सजिलो गर्न किन सम्बन्धविच्छेद गर्छु' भन्ने।

धामी-झाँक्री, ज्योतिषी, मनोचिकित्सककहाँ पनि पुर्‍याएँ। दुई बिहेको ग्रहदशा छ कि भनेर त्यस्तो दोष मेटाउन अर्कैसँग विवाहसमेत गरेँ। मन्टेश्वरी तालिममा भर्ना गरेँ। केही सीप लागेन। मैले भोगेको शारीरकि, मानसिक पीडा शब्दमा व्यक्त गर्नै सक्दिनँ। धन्न मैले विवाहअघि नै योग र 'आर्ट अफ लिभिङ्'को तालिम गरेछु। मेरो ठाउँमा अरू कोही भए अहिलेसम्म ठूलै दुर्घटना भइसक्ने थियो। अहिले प्रहरीको रोहबरमा उनलाई मासिक आठ हजार रुपियाँ र उनले नजिकैको किराना पसलबाट लिएको उधारो तिरििदने सहमति अनुसार अलग बसिरहेको छु। साँच्चै भन्ने हो भने अहिले युवती देख्नेबित्तिकै मनमा डर र घृणा सँगसँगै उत्पन्न हुन्छ। विपरीतलिंगीप्रति आकषिर्त हुने मेरो नैसर्गिक गुण नै नष्ट हुने गरी भोगेको पीडा सकेसम्म बिर्सन चाहन्छु। मैले त जे भोगेँ भोगेँ, हामीबीचको असहज सम्बन्धका कारण छोराको बालमस्ितष्कमा नकारात्मक असर पर्ला भन्ने चिन्ताले भने मलाई सताइरहन्छ।

केही विवादास्पद कानुन
ड्ड मुलुकी ऐन लोग्नेस्वास्नीको महल १ -क)मा श्रीमतीले सम्बन्धविच्छेद गर्न चाहेमा सीधै अदालतमा नालिस दिन पाउने यवस्था छ। महिलाका निवेदन परेमा सबैजसो मुद्दामा सम्बन्धविच्छेद हुने ठहर्‍याई अदालतले छोटो समयमै निर्णय गरििदन्छ। तर, श्रीमान्लाई त्यस्तो कानुनी सुविधा छैन। श्रीमान्ले सम्बन्धविच्छेद गर्नका लागि स्थानीय निकायमा लामो समय धाउनुपर्छ। त्यहाँबाट अदालत पठाइदिएपछि मात्रै विच्छेदको प्रक्रियामा जान्छ। सर्वोच्च अदालतले देशमा असमान कानुन कायम रहेको ठहर गरी त्यस्तो कानुनबारे समान व्यवस्था मिलाउन नेपाल सरकार र व्यवस्थापिका संसद्का नाममा निर्देशनात्मक आदेश जारी गरेको छ तर कानुन बनिसकेको छैन।

ड्ड मुलुकी ऐन लोग्नेस्वास्नीको महलको २ नं अनुुसार स्वास्नीले अर्कैसँग विवाह गरेमा स्वतः सम्बन्धविच्छेद हुने र त्यस्तोमा स्वास्नीलाई कुनै सजाय नहुने व्यवस्था छ। यस्तो अवस्थामा स्वास्नीले अर्कैसँग विवाह गरेको र स्वतः सम्बन्धविच्छेद भएको प्रमाणित गर्न नसक्ने अवस्था एकातर्फ विद्यमान छ। अर्कोतर्फ कानुनबमोजिम सम्बन्धविच्छेद नभएको अवस्थामा पुरुषले अर्कोसँग विवाह गरेमा मुलुकी ऐन विहावारीको महलको १० नं अनुुसार एकदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरविाना भई अपराधी ठहरन्िछ। मुलुकी ऐन लोग्नेस्वास्नीको महलको १० नं पुरुषलाई मात्र लागू हुन्छ।

ड्ड मुलुकी ऐन स्त्री अंश्ा धनको महल १ अनुसार स्वास्नीमानिसले आफ्नो आर्जनको चल-अचल आफ्नो खुस गर्न पाउँछन्। लोग्नेस्वास्नीको महलको ४ र ४ -क) अनुसार सम्बन्धविच्छेद भएको वा नभएको अवस्थामा पनि स्वास्नीले लोग्नेबाट आप्fm्नो अंश भाग छुट्याई लिन पाउँछ। तर, लोग्नेलाई त्यस्तो अधिकार छैन। लोग्नेस्वास्नीको महल ३ अनुसार सम्बन्धविच्छेद भए वा नभएको अवस्थामा पनि छोराछोरीको पालन, पोषण, शिक्षा, स्वास्थ्य, ऋणसमेतको जिम्मेवारी लोग्नेको हुन्छ तर स्वास्नीको हक दायित्व र जिम्मेवारी अन्तर्गत पर्दैन भन्ने व्यवस्था र सम्बन्धविच्छेद हुने वा भइसकेकी स्वास्नीले लोग्नेबाट वाषिर्क, मासिक खर्च, खानलाउन भराइपाउने भन्ने लोग्नेस्वास्नी महलको ४ -ख) र ४ -ग)मा गरएिका व्यवस्थाहरू विभेदकारी हुनुका साथै लोग्नेले मात्र आर्थिक उपार्जन गर्न सक्छन् भन्ने मान्यतामा आधारति छ।

ड्ड पतिपत्नीबाहेकको यौन सम्बन्ध नेपालको कानुनले बर्जित गरेको छ। पत्नीसँगको सम्बन्धविच्छेद नभएसम्म लोग्नेले अर्को विवाह गरेमा गैरकानुनी हुन्छ। त्यस्तै, पतिपत्नीबीचको यौन सम्बन्धमा पुरुषविरुद्ध जबरजस्ती करणीको अपराध भने समाविष्ट छ, जसलाई वैवाहिक बलात्कार भनेर व्याख्या गरएिको छ। पुरुषका हकमा भने यो लागू हुँदैन।

ड्ड घरेलु हिंसा -कसुर र सजाय) ऐन, २०६६ मा उजुरी गर्ने निकायका सन्दर्भमा राष्ट्रिय महिला आयोग, स्थानीय प्रहरी कार्यालय वा स्थानीय निकाय तोकिएको छ। यो ऐन नै महिला अधिकारकर्मीको दबाबमा आएको हो। महिला आयोगजस्तो पुरुषका लागि छुट्टै निकाय पनि छैन। त्यसकारण यस ऐनका धेरै प्रकरण महिलापक्षीय मानसिकताबाट प्रभावित छन्।

-अधिवक्ता केशवराज अर्यालको विश्लेषणमा आधारति)

'समान अस्ितत्व स्वीकार्नुपर्छ'
पुरुषलाई पनि समस्या छ। उनीहरू पीडामुक्त अवश्य छैनन्। पुरुषप्रधान समाज भएकाले उनीहरूमाथि कतिपय अनावश्यक बोझ छन्। महिलाभन्दा वीर, बहादुर, आर्थिक रूपले सम्पन्न हुनुपर्ने, लड्नभिड्न सक्ने हुनुपर्ने मान्यता पुरुषप्रधान मानसिकताका उपज हुन्। यसैलाई हामी पुरुषार्थ भन्छौँ । हाम्रो धर्मसंस्कृति र व्यवहारले पनि यस्तै पुरुषार्थलाई प्रवर्द्धन गर्छ। यसको अपवादमा नाम आउने पुरुषलाई श्रीमतीबाट पीडित, नामर्द, लाछी भन्ने गरएिको छ । हरेक पुरुषले यस्ता विशेषणबाट मुक्त हुनुपरेको छ। रुनसमेत नपाइने सामाजिक परम्पराका कारण पुरुषविरुद्ध मानसिक हिंसा भइरहेको छ। त्यसकारण समाज मातृसत्ता वा पुरुषसत्ता हुने होइन, दुवैको समान अस्ितत्वलाई स्वीकार गर्नुपर्छ। समाधान यसैमा निहित छ।

हो, पुरुषमाथि हिंसा भएको होला। घरेलु हिंसाबाट पुरुष पीडित भएकै छैनन् भन्ने होइन। तर, संख्या हेरौँ न, को कति पीडित छन् ? बढी पीडित महिला नै छन्, त्यसैले बढी चर्चा पनि महिलाकै पीडाबारे हुन्छ।

'अझै पुगेको छैन'
महिला होस् या पुरुष, कोही पनि कसैबाट पीडित हुनुहुँदैन। कसैमाथि कसैले हिंसा गर्नुहुँदैन। हुन्छ भने त्यो अन्याय नै हो। यसबारे पनि छलफल त गर्नुपर्ला तर महिलाबाट पीडित पुरुषको संख्या धेरै छैन । ९० प्रतिशतभन्दा बढी पीडित महिलाका विषय बिर्सेर नगण्य पुरुषका घटनालाई मात्रै छलफलको मूल विषय बनाउन सकिँदैन । महिलाका पक्षमा धेरै काम गर्न बाँकी नै छ। महिलामाथि हुने हिंसा अन्त्यका पक्षमा आवाज अझै पुगेको छैन। पुरुषप्रधान समाजको पुरुषवादी मानसिकता परविर्तन गर्न अझ धेरै आवाज महिलाका पक्षमा उठाइनु जरुरी छ। धेरै कानुनहरू अझै महिलाका दृष्टिबाट विभेदकारी छन्, ती खारेज गरनिुपर्छ। महिलाका लागि विशेषाधिकार कानुन त छँदै छैनन्। पुरुषका लागि पनि पीडित हुँदा न्यायको ढोका खुलै छ। लैँगिक दृष्टिले तटस्थ कानुन पनि बनेका छन्। तिनको उपयोग गर्न सक्नुपर्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out