दिवास्वप्नबाट बच्न यौन

काठमाडौ, पुस २४ - बिहान दाँत माझ्दा वा नुहाउँदा वा कुनै काममा लागिरहेका बेला हामीमध्ये कतिपय सपनाको दुनियाँमा हराउँछौं । नानाभाँतीका कल्पनामा रुमलिन्छौं । यसरी दिवास्वप्नमा मस्त रहेका बेला हामी धेरै बेर आफंैमा हराइरहेका हुन्छौं । दिउँसै सपना देख्ने यो प्रक्रियाको असर हाम्रो स्वभाव र जीवनमा पनि पर्छ ।
'न्यु साइन्टिस्ट' पत्रिकाले उल्लेख गरेअनुसार हरेक व्यक्तिले दिनको कुनै न कुनै समय सपना देखिरहेका हुन्छन् । र, हामी आफ्नो समयको ५० प्रतिशत खण्ड दिवास्वप्नमै
बिताउँछौं । यस्तो सबैभन्दा बढी दाँत माझ्दाखेरि हुन्छ ।
के यसले स्वभावमा उल्टो असर पार्छ ? केही वैज्ञानिकका अनुसार दिनमा सपना देख्ने प्रक्रियाले बिस्तार-बिस्तारै उदासिनतातर्फ लैजान्छ । तर हार्वर्ड विश्वविद्यालयका मैथ्यु किलिङसवुड र उनका सहयोगीहरूले कुन तथ्य पत्ता लगाएका छन् भने राम्रो कुराको सपना देख्नाले त्यसको सकारात्मक प्रभाव पर्छ ।
तर यसको दर भने धेरै कम छ । यसैले दिनमा सपना देख्नु सम्पूर्ण रूपमा हानिकारक नै हो भनी कसैले दाबी गर्न सक्दैन ।
अर्को रोचक तथ्य के छ भने दिवास्वप्नबाट बच्ने सबैभन्दा राम्रो उपाय यौनक्रियामा लिप्त हुनु हो । वैज्ञानिकहरूका अनुसार यौन नै त्यो प्राकृतिक क्रिया हो जसमा भुलेका बेला सम्बन्धित व्यक्तिहरू अर्को कुनै कुरामा ध्यान दिन भ्याउँदैनन् । यौनमा लिप्त व्यक्तिहरूले दिवास्वप्न देख्नु असम्भवप्रायः हुन्छ ।
दिउँसै सपना देख्नबाट जोगिने उपाय यौन मात्रै भने होइन । आफूलाई कुनै काममा व्यस्त राख्नाले वा योगासनको सहारा लिनाले समेत यो प्रक्रियाबाट मुक्ति पाइन्छ ।
महिला बढी तनावमा
हरेक पाँचौं महिला आफ्नो तनाव नियन्त्रणभन्दा बाहिर छ भन्ने सोच्छन् । यस्तो सोच्ने महिलाहरूको संख्या पुरुषको तुलनामा दोब्बर हुन्छ । यो तथ्य दुई हजारभन्दा बढी महिलामा गरिएको सर्वेक्षणबाट पत्ता लागेको हो ।
विशेषज्ञका अनुसार तनावले रक्तचाप बढ्छ । अनि आघात (स्ट्रोक) को खतरामा समेत वृद्घि हुन्छ । पोषणयुक्त आहार सेवन नलिनाले र व्यायाम नगर्नाले समेत स्ट्रोकको जोखिम बढ्छ ।
बेलायतको वेल्समा मुटुरोग र क्यान्सरपछि स्ट्रोक मृत्युको तेस्रो सबैभन्दा सामान्य कारण हो । स्ट्रोकले वर्षेनी ६७ हजारभन्दा बढी बेलायतीको मृत्यु हुन्छ । स्ट्रोक एसोसिएसन जस्ता संस्थाहरूद्वारा गरिएको सर्वेक्षणअनुसार पाँचमध्ये एक व्यक्तिले व्यायाम गर्दैनन् । ४५ वर्षदेखि ५४ वर्षका एक चौथाइभन्दा बढी व्यक्तिले आफू कहिल्यै व्यायाम नगर्ने र तनावको स्तर धेरै बढी रहेको बताए । करिब आधा व्यक्तिका अनुसार उनीहरू सामान्य व्यक्तिको तुलनामा बढी तनावमा हुन्छन् ।
सर्वेक्षणमा सामेल ४० प्रतिशत व्यक्तिका अनुसार उनीहरूलाई व्यायाम र आघातको खतराबीच सम्बन्धको जानकारी थिएन । स्ट्रोक एसोसिएसनका जेम्स बिबेका अनुसार यो सर्वेक्षणले गर्दा मनुष्यमा स्ट्रोकको खतराप्रति जागरुकता नरहेको नयाँ जानकारी चिन्ताजनक छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out