विद्या बालन ३३ वर्षमा

मुम्बई (एजेन्सी), पुस १८ - बलिउड अभिनेत्री विद्या बालन शनिबारदेखि ३३ वर्षमा टेकेकी छन् । नयाँ वर्षको पहिलो दिनै बर्थ डे पर्ने भएकाले 'परिणिता' स्टार यो वर्ष साथीहरूसँग मस्ती गरेर २०११ स्वागत गर्ने तरखरमा थिइन् ।
तर उनले अन्तिम समयमा मुम्बईस्थित निवासमै परिवारसँग बर्थ डे मनाउने निश्चयमा पुगेकी छन् ।

रानी मुखर्जीसँगको फिल्म 'नो वान किल्ड जेसिका' को प्रचार-प्रसारमा केही सातायता व्यस्त भएकाले विद्याले घरमा समय बिताउन पाएकी थिइनन् ।

'सुजोय घोष निर्देशित 'कहानी' को छायांकन र 'नो वान किल्ड जेसिका' को प्रमोसनका कारण ६ महिनादेखि उनी मुम्बईमा राम्ररी बस्न पाएकी छैनन्,' उनीनिकट व्यक्तिले भने, 'त्यसैले, नयाँ वर्ष र जन्मदिनको उपलक्ष्य पारेर उनी मातापितासँग समय बिताउने निर्णय गरेकी हुन् ।'

सत्य कथामा आधारित 'नो वान किल्ड जेसिका' जनवरी पहिलो साता रिलिज हुँदै छ । त्यसलगत्तै विद्या 'द डर्टी पिक्चर' को छायांकनमा व्यस्त हुनेछिन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out