गागा वुमन अफ द इयर

म्युजिकका साथै आफ्नो अचम्मको फेसन स्टाइलले गर्दा विश्व चर्चित गायिका लेडी गागा एमटीभीको 'वुमन अफ द इयर' बनेकी छन् । यो वर्षमा एल्बम ननिकालेकी भए पनि उनलाई यो ताज दोस्रोपटक एमटीभीले दिएको हो ।

एमटीभी नेटवर्कका अनुसार लेडी गागा यो अवार्डका लागि सही व्यक्ति हुन् । म्युजिकल चार्टमा एकदेखि अर्को गरी प्रथम स्थान हासिल गरिरहेकी, तेस्रोलिंगीहरूको समर्थनमा अभियान चलाइरहेकी र विवादास्पद म्युजिक भिडियो 'टेलिफोन' का लागि २४ वर्षीया अमेरिकी गायिकालाई 'वुमन अफ द इयर' रोजेको नेटवर्कले स्पष्ट पार्‍यो ।

'लेडी गागाले यो वर्ष कुनै एल्बम निकालिनन् । तर पनि उनी वर्षभर सबभन्दा बढी लाइमलाइटमा पर्ने स्टार बन्न सफल भइन्,' एमटीभी नेटवर्कले बतायो । गत वर्ष पनि 'ब्याड रोमान्स' गायिका एमटीभीको 'वुमन अफ द इयर' ताजका लागि चुनिएकी थिइन् ।

वर्षभर म्युजिकल टुरमा रहेकी लेडी गागा धेरै काम र व्यस्तताले गर्दा दुई/ तीनपटक अस्पतालसमेत बस्नुपरेको थियो । सोमबार पनि उनको प्यारिसमा एक कन्सर्ट थियो । तर, धेरै हिमपातका कारण उनी कन्सर्ट स्थलमा पुग्न नसकेपछि कन्सर्ट नै रद्द गर्नुपरेको छ । 'मेरा फ्यान र मेरा लागि कन्सर्ट समयमा नहुन सक्नु अन्यायपूर्ण लागिरहेको छ,' उनले सामाजिक सञ्जाल टि्वटरमा लेख्दै भनिन् । कन्सर्ट रद्द भए पनि उनले मंगलबार सोही टिकेटमा कार्यक्रम गर्ने बताएकी छन् ।

लेडी गागाले आफ्नो दोस्रो स्टुडियो एल्बम 'बोर्न दिस वे' आउदो फेब्रुअरीमा रिलिज गर्दै छिन्

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out