चीनमा विवाहसम्बन्धी तथ्यांक राखिने

बेइजिङ । चीनमा विस्फोटकरुपमा बढ्दो निजी सम्पत्तिका कारण त्यहाँका लोग्ने मानिसमा आफ्नी श्रीमती बाहेक पनि दोस्रो श्रीमती (मिस्ट्रेस) राख्ने प्रचलन बढिरहेको समाचारमा जनाइएको छ ।
यो प्रचलन दिन प्रतिदिन बढ्न थालेपछि त्यहाँका अधिकारीले विवाह बारेको जानकारी एवम् सूचनालाई अनलाइनमा राख्ने प्रक्रियाको थालनी गरिएको पनि समाचारमा उल्लेख छ ।
यसरी ईन्टरनेटमा हरेका व्यक्तिको विवाहको सूचना राख्ने प्रचलन थालिएपछि अब ती लोग्ने मानिसको वैवाहिक अवस्थाका बारेमा उनका परिवार र केटी साथीले हेर्न सक्नेछन् ।
चीनका सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यसैवर्षदेखि त्यहाँको बेइजिङ् र साङ्घाई सहरमा पहिलोपटक यस्तो विवाहसम्बन्धी तथ्यांक राखिने छ ।
यो कार्यक्रमअनुसार आगामी सन् २०१५ सम्ममा चीनका सबै सहरहरुमा यस्तो तथ्यांक राखिने पनि ती सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा यसरी दुई श्रीमती राख्ने काम अवैधानिक मानिन्छ । त्यसैले यस्तो गैर कानुनी कामलाई नियन्त्रण गर्नका लागि चीनमा यस्तो कार्यको तथ्यांक राख्ने प्रचलन थालिएको हो । एपी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out