हलिउडका ब्लकबस्टर सिनेमा

इन्सेप्सन
दर्शकबाट उत्सुकतापूर्वक प्रतिक्षा गरिएको चलचित्रका रुपमा वर्ष २०१० जुलाइमा प्रदर्शित यो चलचित्रका नायक हुन् लियोनार्दो डिकाप्रियो । ब्रीटिस लेखक तथा निर्देशक क्रीस्टोफर नोलनको यो चलचित्र मसलेदार साइन्स फिक्सनमा आधारित थियो । यो चलचित्र मानव- मस्तिष्क नै सबैभन्दा खतरनाक हतियार हो भन्ने कुरामा केन्द्रित छ ।

रोबिन हुड

तेह्रौ शताब्दीमा बेलायतको एउटा गाउँमा बसोबास गर्ने लडाकु रोबिन हुडको कथामा हलिउडमा अनेकौं चलचित्र बनेका छन् । वर्ष २०१० मा अभिनेता रुसल क्रोउलाई रोबिन हुडका रुपमा हेर्न पाइन्छ । रिडले स्क्टले निर्देशन गरेको यो चलचित्रमा अभिनेता रुसेलको अभिनयले उनको सुपरहिट चलचित्र 'ग्लाडिएटर'को सम्झना ताजा पार्छ । यो चलचित्र मे महिनामा सार्वजनिक भएको थियो ।
टोय स्टोरी थ्री
एनिमेटेड चलचित्रको श्रृंखलामा 'टोय स्टोरी'ले पनि इतिहास नै रचिसकेको छ । खेलौनाहरुमा पनि आत्मा भैदिए के होला ? भन्ने काल्पनिक प्रसँगमा यो चलचित्र निर्माण भएको छ । अघिल्ला दुई श्रृंखला त्यसका थ्रीडी भस्रन सबै सुपरहिट भएपछि यो तेस्रो श्रृंखलाले पनि सफलता पायो । बालबालिकाको लागि भनेर बनाइएको यो चलचित्रले  ठूलाको पनि मन जित्यो । यो चलचित्र जून महिनामा सार्वजनिक भएको थियो ।

द ए टिम
इराक युद्धपछि अवकाश पाएका चारजना भेटरान योद्धाको मिसनलाई चलचित्रमा प्रस्तुत गरिएको छ । लियम निसन, ब्रेडली कपुर, जेसिका बेल चलचित्रका मुख्य कलाकार हुन् । एक्सन चलचित्रको यो परिकल्पनालाई ८० को दशकको एउटा एक्सन टेलिभिजन ड्रामाबाट उतारिएको छ । एक्सनको नौलो स्वाद दिने यो चलचित्र जून महिनामा सार्वजनिक भएको थियो ।

आइरन म्यान टु
वर्ष २००८ को सफल चलचित्रको सिक्वेलका रुपमा यो चलचित्र सार्वजनिक गरिएको हो । अभिनेता रोबर्ट डोउनेले मुख्य भूमिका निर्वाह गरेको चलचित्र 'सुपरहिरो'को गाथामा आधारित छ । अघिल्ला श्रृंखलामा भन्दा यसमा अझै रोचक र रोमान्चक दृश्यहरुको संयोजन गरिएको छ । यो चलचित्र वर्ष २०१० को मे महिनामा सार्वजनिक भएको थियो ।

द एक्सपेन्डेबल्स
र्‍याम्बो र रकीका रुपमा कहलिएका अभिनेता स्लिभस्टर स्ट्यालोनको हलिउडको पर्दामा पुरागमन भएको छ । गएको वर्ष र्‍याम्बोको सिक्वेलले दर्शक पाउन नसके पनि यो चलचित्रले वर्ष २०१० मा उनलाई राहत दिएको छ । चलचित्रमा उनका साथ एक्सन हिरोहरु जेसन स्टाथम, जेट लि आदि अभिनेता पनि छन् । अमेरिकाको जासुसी संस्थामा कार्यरत स्ट्यालोन र उनका साथीहरुको जासुसी एवं एक्सनले चलचित्रलाई सफल बनायो । यो चलचित्र अगस्त महिनामा सार्वजनिक भएको थियो ।

द लास्ट एयरवेन्डर
यो चलचित्रमा आगो पानी र हावाको शक्तिलाई प्रयोग गरिएको छ । 'स्लमडग मिलेनियर'बाट चर्चामा आएका भारतीय अभिनेता देव पटेलको मुख्य भूमिका रहेको यो चलचित्रमा विश्वलाई आगो, पानी र हावा गरी तीन भागमा विभाजित गरिएको छ । तीनवटा शक्तिका बिच हुने यो चलचित्रको रोचक पक्ष हो । यो चलचित्र जुलाईमा सार्वजनिक भएको थियो ।

प्रीन्स अफ पर्सियाः द स्यान्ड अफ टाइम

भिडियो गेमबाट निस्किएका एक जोडी राजकुमार र राजकुमारी संसार विजय हुने अभियानमा लागेका कथालाई रोचक ढंगबाट प्रस्तुत गरिएकाले यो चलचित्र वर्ष २०१० मा सफलताको झण्डा गाड्यो । माइक नेवेलले निर्देशन गरेको यो चलचित्रमा ज्याक ग्यालेनहाल तथा जिम्मा अर्थरटोनको जोडीले अभिनय गरेको छ । यो चलचित्र मे महिनामा सार्वजनिक भएको थियो ।

लोटरी टिकट
एउटा सामान्य केटोले ३ सय ५० मिलियन डलरको चिठ्ठा पारेपछिको अवस्थालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ । हाँस्यप्रधान यो चलचित्रका निर्देशक एरिक ह्वाइट हुन् । अभिनेता बाउवाउ ब्रान्डन टि ज्याक्सन आईस्क्वुबको हास्य अभिनयले चलचित्रलाई मनोरन्जक बनाएको छ । यो चलचित्र अगस्तमा सार्वजनिक भएको थियो ।

द अदर गायज
अमेरिकी प्रहरीमा रहेका दुई प्रहरीबीच को बढी चलाख भन्ने प्रतिस्पर्धा चल्छ । न्युयोर्क प्रहरीमा उनीहरुको प्रतिस्पर्धाकै कारण अनौठा घटना घट्न थाल्छन् । हाँस्य तथा एक्सनले भरिपूर्ण यो चलचित्रमा मार्क वेलवर्ग तथा सेमुल एल ज्याक्सनले मुख्य भूमिका निर्वाह गरेका छन् । 'कमेडी एक्सन'ले भरिपूर्ण यो चलचित्रको निर्देशन एडम म्याकले गरेका हुन् जुन अगस्टमा सार्वजनिक भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out