रुबेलका थप कर्तुत

काठमाडौं । गणतन्त्र नेपालको 'नव बडामहारानी' सुजाता जोस्टले आफ्ना एक मात्र छोरी ज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीको सहयोगमा मन्त्री पदको चरम दुरूपयोग गर्दै अनेकौं गैरकानुनी धन्दा सञ्चालन गरिरहेको खुलासा हुन आएको छ। प्रहरीको हतियार खरिददेखि अवैध हातहतियार र भीओआईपी(कल बाईपास)मा समेत रुबेल चौधरीको संलग्नतामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता जोस्टको बंगलादेशी ज्वाइँप्रतिको मोहलाई अर्थपूर्ण मानिएको छ। एक गुप्तचर स्रोतबाट प्राप्त जानकारी अनुसार रुबेल चौधरी आफ्नी सासु सुजाता जोस्टको आडमा बंगलादेश, पाकिस्तान, बर्मा, इंग्ल्यान्डदेखि साउदीसम्म अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि नेपालमा बसेर कारोबार सञ्चालन गरिरहेको थाहा हुन आएको छ।

भारतको गुहाटी जेलमा जेल जीवन बिताइरहेका दाउद इब्राहिम गिरोहको सदस्य पाकि मियाँ उर्फ सम्सुल हक मुसलमान र निजका ज्वाइँ अन्डरवर्ल्ड डन डा. हाइदर हुसेनसँग मिलेर रुबेल चौधरीले बर्मा, मणिपुर, आसाम, बंगलादेश हुँदै पश्चिम बंगाल र युपी विहारमा भारतीय सेनाको बर्दी लगाएर अवैध हतियार र ड्रग्सको कारोबार गरिरहेको दाबी गुप्तचर स्रोतको छ। भारतको आसाम राज्यको मोरी गाउँ डिस्ट्रिक बस्ने डा. हाइदर हुसेन हाल राजधानी काठमाडौंमा बसेर सुजाताका बंगलादेशी ज्वाइँ रुबेल चौधरीमार्फत् राजनैतिक पहुँच पुर्या एर अवैध हतियार, कल डाइभर्ट तथा जाली नोट र लागूऔषधको कारोबार सञ्चालन गरिरहेका छन्।
राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरी क्षेत्रहरूमा जमात ऊ दावाको नाममा लस्कर ए तोयवाले साउदी अरब र कुवेतका शेख हराबाट मस्जिद र मदरसाका नाममा रकमहरू भित्र्याउने काम आतंकवादी संगठनका सदस्यहरूले गरिरहेका छन्। जानकारी अनुसार नेपाल र भारतको सीमावर्ती क्षेत्रमा भारतको बीएसएफ र नेपालको सशस्त्र प्रहरी बल दुवै सिमानामा तस्करी धन्दालाई छुट दिइरहेका छन्। त्यसको हिस्सा नेपाल प्रहरी, सशस्त्र प्रहरीको नेतृत्वले समेत पाउने गरेका छन्। उपप्रधानमन्त्री सुजाताको छोरी ज्वाइँ रुबेल घर ज्वाइँका रूपमा मण्डिखाटारस्थित सुजाता निवासमा बस्नुलाई अर्थपूर्ण मानिएको छ।
स्रोतका अनुसार नेपालको राजनीतिमा शक्तिकेन्द्रको रूपमा रहेको कोइराला निवास गिरिजाको देहान्तपछि सुजाताले हत्याउन पुगेकी छन्। कुनै समय आफ्ना पिता प्रम भएका बखत बाबु गिरिजाको रेखदेखका गरेको बेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको टिकट एजेन्ट नियुक्तिमा करोडौंको घोटाला गरी धमिजा काण्ड मच्चाउन सफल भएकी सुजाता पैसा र शक्तिका लागि जुनसुकै मूल्य चुकाउन तयार हुन्छिन्। सुजाताले घरज्वाइँ रुबेललाई अंगिकृत नागरिकता उपलब्ध गराएर नेपाली राजनीतिमा आफूपछि आफ्नी छोरी मेलानी र ज्वाइँ रुबेललाई स्थापित गराउने भित्री तयारी गरिरहेको कुरा सुजाता निकट स्रोतले बताएको छ। स्रोतका अनुसार सुजाता जोस्टले आफ्ना घर ज्वाइँ रुबेलमार्फत् प्रहरीको हतियार र लुगा खरिददेखि सुडान काण्डमा ४४ करोड घोटाला र पछिल्लो समय आएर प्रहरीको सामान खरिद प्रक्रियामा १७ करोडको घोटालामा पनि सासु सुजाता र ज्वाइँ रुबेल चौधरीको संलग्नतासम्बन्धी अख्तियारले छानबिन र अनुसन्धानको दायरामा राखे पनि सुजातामाथि अख्तियारले कारबाही अगाडि बढाउन सकेको छैन। भनिन्छ, प्रहरीको सरुवा बढुवामा समेत बंगलादेशी ज्वाइँ रुबेल चौधरीको सिफारिस क्याबिनेटसम्म चल्ने गरेको छ। यसका अलावा कल डाइभर्ट (अवैध फोन अन्तर्राष्ट्रिय कल) कारोबारमा रुबेलको नाम र संलग्नताबारे पटक–पटक प्रहरीमा पक्राउ पर्ने बंगालीहरूले बयान दिँदासमेत प्रहरी नेतृत्वले बेवास्ता गर्दै छुट दिनुलाई अर्थपूर्ण मानिएको छ।
सुनिल शर्मा, दृष्टी साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out