जनबिद्रोहमा माओवादी / अव देशब्यापी प्रशिक्षण

भट्टराईलाई संसदीय दलको नेता नदिएपछि कार्यविभाजन स्थगित
काठमाडौं, पुस २२ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई संसदीय दलको नेताको जिम्मेवारी नदिएकोमा आपत्ति जनाएपछि नेताहरुको कार्यबिभाजन स्थगित भएको छ । कार्यविभाजनको सैद्धान्तिक प्रस्ताव भने बहुमतले पारित गरेको छ ।
 केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संगठन र कार्यबिभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि भट्टराई पक्षधर नेताहले क्षमता अनुसार जिम्मेवारी नदिएको भन्दै भट्टराईलाई संसदीय दलको नेता बनाउन माग गरेका थिए ।

 'हाम्रो माग बाबुरामजीलाई संसदीय दलको नेता बनाउनुपर्छ भन्ने थियो' भट्टराई पक्षका एक नेताले भने, 'त्यसो नभएपछि हामीले कार्यबिजान प्रस्तावमाथि असहमति जनायौ ।' दाहालको राजनीतिक दस्ताबेजमाथि असहमतिसंगै कार्यबिभाजनमा पनि भट्टराई पक्षले असन्तुष्टि जनाएका हुन् ।
 स्थायी समिति सदस्य उपाध्यक्ष भट्टराईलाई संयुक्त मोर्चाको जिम्मेवारी दिन अध्यक्ष दाहालले प्रस्ताव पेश गरेपछि भट्टराई पक्षका स्थायी समिति सदस्य टोप बहादुर रायमाझी, पोलिटव्युरो सदस्यहरु देवेन्द्र पौडेल, राम कार्की, हिसिला यमी लगायतले आपत्ति जनाएपछि कार्यबिभाजन हुन नसकेको एक नेताले बताए ।
 प्रवक्ता दीनानाथ शर्माले जारी गरेको बिज्ञप्तीमा अध्यक्ष दाहालले प्रस्तुत गरेको संगठन र कार्यबिभाजनसम्बन्धी प्रस्ताव बहुमतबाट पारित भएको बताए । 'प्रचण्डद्वारा प्रस्तुत संगठन र कार्यविभाजनसम्बन्धी प्रस्ताव बहुमतद्वारा पारित गरियो' बिज्ञप्तीमा भनिएको छ ।
 दाहाल पक्षधर पोलिटव्युरो सदस्य अग्नि सापकोटाले कार्यबिभाजनसम्बन्धी प्रस्ताव सैद्धान्तिक रुपमा पारित भएको जानकारी दिए । 'नेताहरुको नयाँ जिम्मेवारी पारित भएको छैन' उनले भने, 'सैद्धान्तिक रुपमा मात्र पारित भएको हो ।
 भट्टराई पक्षका असन्तु्ष्ट नेताले शान्ति र संविधानसभालाई मुख्य मुद्दा बनाउने बिचार अघि सारेका नेतालाई संसदको मोर्चा दिनुपर्नेमा भन्दै उनको अनुपस्थितिमा कार्यबिभाजन गर्न नमिल्ने बताएका थिए । संघर्षको नेतृत्व गर्ने गरी 'सुंयुक्त मोर्चा'को जिम्मा दिने प्रस्तावलाई भट्टराईले अस्वीकार गरेको श्रोतले जनाएको छ ।
 'बाबुरामजीलाई आफ्नो कार्यदिशा अनुसारको जिम्मा दिनुपर्छ भन्ने हो' भट्टराई पक्षका एक नेताले भने, 'त्यो भनेको संसदीय दलको नेता हो ।' केही समयअघि महासचिब रामबहादुर थापाको संयोजकत्वको कार्यदलमा स्थायी समिति सदस्य रायमाझीले भट्टराईलाई संसदीय दलको नेताको प्रस्ताव गरेका थिए ।
 अध्यक्ष दाहालले उपाध्यक्ष मोहन बैद्यलाइ संगठन बिभाग प्रमुख र स्थायी समिति सदस्य नेत्र बिक्रम चन्दलाई वाइसियल इन्चार्जको जिम्मेवारीको प्रस्ताव गरेका थिए । उपाध्यक्ष भट्टराइ भने नयाँदिल्ली गएकाले बैठकमा अनुपस्थित थिए । एकताको सन्देश जाने हिसावले कार्यबिभाजनको प्रस्ताव प्याकेजमा ल्याउन आग्रह गरेका थिए ।
 भट्टराई पक्षको आपत्तिपछि दाहालले कार्यबिभाजनसम्बन्धी बिवाद स्थायी समिति बैठकले टुङ्ग्याउने बताएका थिए । केन्द्रीय समिति बैठक बस्नु अघि स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँड बिषयमा छलफल भए पनि बिवादका कारण हुन सकेको थिएन । 'बिवादका कारण कार्यबिभाजन रोकिएको होइन' प्रवक्ता शर्माले भने, 'आवश्यकता र क्षमता अनुसार कार्यबिभाजन हुनेछ ।'
 यो बिवादसंग आठ मधेशी केन्द्रीय सदस्यलाई बढुवा गर्ने प्रस्ताव स्थायी समितिमा फर्किएको छ । भट्टराई पक्षको बिरोधका कारण कार्यबिभाजन हुन नसकेको एक नेताले बताए ।
जनबिद्रोहबारे देशव्यापी प्रशिक्षण
 माओवादीले यसअंघि पुस १६ गतेबाट गर्ने भनिएपनि स्थगित गरिएको प्रशिक्षण कार्यक्रम माघ ३ देखि १७ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ । प्रशिक्षणमा अध्यक्ष दाहालले प्रस्तुत गरेको जनबिद्रोहको मूल कार्यदिशा भएको प्रतिवेदनमा छलफल र उपाध्यक्ष भट्टराईको फरक मतबारे जानकारी गराइने छ ।
 जसअनुसार माघ ५ गते, पोखरा,  ७ गते दाङ, ९ गते, सुर्खेत, ११ गते कैलाली, १३ गते बुटवल, १५ गते जनकपुर र १७ दमकमा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
 वैठकमा दाहाल  र उपाध्यक्ष मोहन बैद्यले केन्द्रीय समितिमा प्रस्तुत परिमार्जित राजनीतिक तथा संगठनात्मक प्रस्तावलाई आवश्यक सुझावसहित केन्द्रीय समितिको बहुमतले अन्तिम रूप दिएको छ । त्यस्तै बैठकले अन्तरसंघर्षबारे पाँच बुदे कार्यबिधि पारित गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out