यौनकाण्डमा चर्चित भएका खेलाडी

सन् २०१० मा मैदानभित्र सयौं सफलताका समाचार बने। खेलकुद क्षेत्रबाटै पाएको ख्यातिका कारण कतिपय खेलाडीको चर्चा मैदानमा भन्दा बढी उनीहरूको व्यवहारमा  आएको परिवर्तनका कारण भयो। यो वर्ष फुटबल, अमेरिकन फुटबललगायत गल्फका खेलाडीहरूको मैदानबाहिरको चर्चाले प्रशंसकहरूलाई रोमाञ्चित बनायो।

टाइगर उड 
खेलेर अर्बपति बनेका गल्फ खेलाडी टाइगर उड चढेको गाडी दुर्घटना ग्रस्त भएपछि प्रारम्भ भएको उनको अन्य महिलाहरूसँगको शारीरिक सम्बन्धको चर्चा यो वर्षभरि रह्यो । गत वर्षको अन्तदेखि उडको बाहिरी महिलासँगको यौनसम्बन्ध धारावाहिक श्रृंखला कै रूपमा देखा पर्‍यो ।
न्युयोर्कको एक नाइट क्लबकी प्रस्तोता राचेल उचिटे लबाट प्रारम्भ भएको त्यस्ता महिलाको नाम एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रममा १८ जना महिलाले आफूसँग उडको शारीरिक सम्बन्ध रहेको बताए । महिलाहरू  एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम मै कतिपय विश्लेषकले उडको अन्य महिलाहरूसँग पनि गोप्य सम्बन्ध रहेको तर उनीहरूले सार्वजनिक हुन नचाहेको दाबीसमेत गरे ।

उडको बाहिरी यौनजीवन सार्वजनिक भएपछि उनको पारिवारिक स्थितिसमेत बिगि्रयो । उडकी श्रीमती एलिन नोड्रेगेनले पारपाचुके गरिन् भने उडलाई ब्रान्ड एम्बेसडर  बनाएका कतिपय कम्पनीले उनीसँगको अनुबन्ध समाप्त गरे ।

जोएल मोनागाम
अस्ट्रेलियाका व्यावसायिक रग्बी खेलाडी जोएल यो वर्ष पशु करणीका कारण चर्चामा आए । २८ वर्षीय जोएलले आफ्नो घरमा पालेको कुकुरलाई लिंगपान गराएको दृश्य  क्यामेरामा कैद गरेका थिए । उक्त दृश्य सार्वजनिक भएपछि जोएलको सर्वत्र निन्दा भएको थियो । क्यानबेरा राइडर क्लबका तर्फबाट मध्यपंक्तिका यी खेलाडीलाई क्लबले  समेत नखेलाउने निर्णय गर्‍यो । उक्त निर्णयपछि उनले आफूले गरेको कार्यकै कारण क्लब त्याग्न नचाहेको बताए । मदिरा सेवन गरेका कारण भएको उक्त कार्यको दोष  मदिरालाई दिएर पन्छिन त मिल्दैन, तर म उक्त घटनालाई बिर्सन चाहन्छु भनेर उनले माफी मागेका थिए ।

एस्ले कोल
इङ्ल्यान्डको राष्ट्रिय टिममा रक्षात्मक पंक्तिबाट खेल्ने एस्ले कोलले यौन विवादमा परेर दाम्पत्य जीवन समेत गुमाए । चेल्सी क्लबका खेलाडी एस्ले तथा पप गायिका चेरी ट्वेडीबीच सन् २००६ मा प्रेमविवाह भएको थियो । विवाह भएपछि एस्लेको श्रीमतीबाहेक तीन जना महिलासँग गोप्य यौनसम्बन्ध रहेको सार्वजनिक भएपछि चेरीले एस्लेसँग पारपाचुके गरेकी छिन् । एस्लेले सन् २००८ देखि नै विभिन्न महिलालाई यौनजन्य एमएमएस पठाउँदै आएको कुरा चेरीले थाहा पाएकी थिइन् । त्यसका बाबजुद पनि  चेरी एस्लेसँग बस्दै आएकी थिइन्, तर एस्लेको कर्तुतले निरन्तरता पाउन थालेपछि यो वर्षको फेब्रुअरीदेखि कोल दम्पतीबीच विवाद बढेको थियो । सेप्टेम्बर महिनामा  चेरीले एस्लेसँग पारपाचुके गरिन् । अहिले चेरीको प्रेम अभिनेता डेरेक ह्युगसँग छ भने एस्ले अमेरिकन मोडल काल्या कोलिन्ससँग डेटिङमा छन् ।

वाह्ये रुनी
वाह्ये रुनीलाई डेभिड बेकह्यामपछि बेलायती फुटबल टिमका सबैभन्दा सम्मानित खेलाडी मानिन्थ्यो । डेभिडको अमेरिका पलायन पछि इङ्ल्यान्डको फुटबल टिम तथा  प्रिमियर लिगका आकर्षक खेलाडी वाह्ये रुनी यो वर्ष यौनको मामिलामा कपटी सावित भए । कोलिनसँग विवाह गरेर छोरा काईका पितासमेत बनेका वाह्येले कोलिन गभर् वती हुँदा यौनकर्मीकहाँ जाने गरेको घटना सार्वजनिक भयो । वाह्येले कोलिन गर्भवती हुँदा २१ वर्षीया कल गर्ललाई एक रातको यौन सेवाबापत १ हजार पाउन्ड (१ लाख  ११ हजार रुपैयाँ) दिएको खुलासा भएको थियो ।

उक्त घटनापछि बाल्यकाल-देखिकी प्रेमिका कोलिनसँग विवाह गरेका वाह्येको वैवाहिक जीवन समाप्त हुने अनुमान गरिए पनि कोलिनले वाह्येलाई माफी दिइन् ।

ब्रेन्डेन फिभोला
अस्ट्रेलियन फुटबल खेलाडी ब्रेन्डेन फिभोलाले मोडल लारा ब्रिङ्गलको निर्वस्त्र तस्बिर सार्वजनिक गरे । सन् २००६ मा अस्ट्रेलियन मोडल लारासँग प्रेम हुँदा ब्रेन्डेनले  बाथरुममा निर्वस्त्र भएर नुहाउँदा उनको तस्बिर खिचेका थिए । त्यति बेलैदेखि साथीभाइलाई आफ्नो मोबाइलको उक्त तस्बिर देखाउँदै आएका ब्रेन्डेनले खिचेको  तस्बिरलाई जर्मनीको एक पत्रिकाले प्रकाशित गर्‍यो । ब्रेन्डेनपछि अस्ट्रेलियन क्रिकेट टिमका उपकप्तान माइकल क्लार्कसँग प्रेम हुदाँ सार्वजनिक भएको उक्त तस्बिरका  कारण उनीहरूबीच सम्बन्ध-विच्छेदसमेत भयो । ब्रेन्डेनले सञ्चारमाध्यममा आउने मनसाय राखेर लाराको तस्बिर वितरण नगरेको बताए पनि उनकै कारणले लाराको  चरित्र हत्या भएको बताइयो ।

शेन वार्न
अस्ट्रेलियन क्रिकेटर शेन वार्नलाई आफ्नो खेल करियरमा सर्वाधिक रसिक खेलाडी मानिन्थ्यो । उनी जहाँ खेल्न जान्थे त्यहाँ महिलालाई घनिष्ठ मित्र बनाइहाल्थे । यो वर्षको अन्ततिर वार्नको सम्बन्ध बेलायतकी मोडल लिजा हर्लीसँग जोडिएको छ । भारतीय मूलका धनाढ्य व्यापारी अरुण नायरसँग विवाह गरेर बसेकी हर्लीले वार्नसँगको  सामिप्यता बढाउँदै गएपछि हर्लीको वैवाहिक जीवन लगभग समाप्त भैसकेको छ । महिलाहरूसँग घनिष्ठता बढाएकै कारण टिमको जिम्मेवारीबाट अलगसमेत हुदै गएका  वार्नले हर्लीसँग नयाँ सम्बन्ध गाँस्ने भएपछि आफ्नी श्रीमती सिमोन कालाहेनसँग पारपाचुकेसमेत गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out