बिचरा पत्नीपीडितहरु !

झट्ट हेर्दा उनीसँग कुनै कुराको कमी छजस्तो लाग्दैन। राणा खलक। पैतृक सम्पत्तिका दृष्टिले काठमाडौँका औँलामा गन्न सकिने सम्पन्नमध्ये पर्छ उनको परविार। महँगा गाडीको व्यापार। 'क' श्रेणीका बैँक तथा अन्य वित्तीय संस्थाहरूमा करोड हाराहारीको सेयर लगानी। श्रीमती नाम चलेको अन्तर्राष्ट्रिय संस्थामा जागिरे। एकात्मक परविार भएकाले अन्य सदस्यको बोझ वा झमेला छैन। श्रीमान्/श्रीमतीका अलगअलग निजी गाडी छन्। तर, उमेरले ३० नकाटेका राणा नरोएको दिन नै हुँदैन। कारण, उनले प्रेम गरेर भित्र्याएकी श्रीमतीको व्यवहारले हैरान छन्। मानसिक रूपमा विक्षिप्तजस्तै बनेका उनी अहिले मनोपरामर्शकर्ताको सहायताले मन स्िथर राख्ने प्रयासमा छन्।
पढालेखा, देशदुनियाँ बझेकी, सामाजसेवीको परचिय भएकी उनकी श्रीमती रूपसौन्दर्यमा पनि कम छैनन्। तर, उनको दैनिकी श्रीमान्सँग कुनै दृष्टिले मेल खाँदैन।
२८ वषर्ीया श्रीमती रक्सी नपिएर घर आएको दिनै हुन्न। डान्स बार, डिस्को थेक, राती अबेलासम्मको पार्टी उनको दैनिकी हो। कुलपूजा, भोजभतेर वा यस्तै पारविारकि जमघटमा सपत्नी जान सक्दैनन् राणा। रक्सी पिएर दिनदिनै आलोचना गर्ने र 'कुहिएका' भन्दै आफ्ना पितापुर्खासमेतलाई गाली गर्ने उनको स्वभावबाट राणा दिक्क छन्। भन्छन्, "हरेक कुरामा आलोचना र आक्षेपका शब्द बर्साउँछिन्। हरेक कदममा नकारात्मक टिप्पणीबाट कुरा सुरु गर्छिन्।"

स्नातकोत्तरसम्म अध्ययन गरेकी श्रीमती श्रीमान्को मोबाइलमा 'मेसेज' वा फोन आएको सुनेकै भरमा 'गर्लप|mेन्ड' भन्दै आक्षेप लगाउने, रूप-सौन्दर्यको घमण्ड गर्ने, देशविदेश घुम्ने क्रममा लामो समय सम्पर्कविहीन बस्ने, खर्च गर्न पैसा मागिरहने कारणले राणा हैरान भएका हुन्। श्रीमती राजनीति, प्रशासन र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग परििचत भएकाले राणा अड्डा-अदालत पुगे पनि आफ्नो पक्षमा कसैले बोल्ने वा निर्णय दिनेमा आशावादी छैनन्। "म भने चर्को स्वरमा बोल्नसमेत सक्दिनँ। बढी कुरा गरे मुद्दा हालिदिने धम्की पाइन्छ," उनी हैरानी सुनाउँछन्।

दुई वर्षसम्म दाम्पत्य जीवन राम्रै चलाएका राणा अहिले पारविारकि समस्याकै कारण व्यापारमा पूरै ध्यान लगाउन नसकेको बताउँछन्। समाधानको खोजीमा उनी मनोचिकित्सककहाँ पनि पुगे। तर, एक्लै गएर के गर्नू ? श्रीमतीलाई चिकित्सकसम्म पुर्‍याउन सक्दैनन्। भन्छन्, "अंश माग्ने र छुट्टएिर बस्छु भन्ने, सम्बन्ध सुधारका कुरा गर्नै नचाहने। दुःख दिनुको पनि हद हुन्छ !"

राणा एक प्रतिनिधि पात्र हुन्, जसले आजीवन सुखदुःखमा साथ दिने कसमका साथ भित्र्याएकी जीवनसंगिनीबाटै यातनापूर्ण व्यवहार झेल्नुपरेको छ। उनीजस्ता धेरै पुरुषहरू सहरमा भेटिन्छन्, जो न आफ्नो पीडा कुनै अड्डा-अदालतमा राख्न सक्छन्, न श्रीमतीलाई फकाउन नै। सहरका उच्च घरानियाँ, शिक्षित र आधुनिक जीवनशैली अपनाएका मध्यमवर्गीय घरमा यो समस्या बढ्दो छ। पुरुषले आफ्ना दुःख अरूसामु नभन्ने सामाजिक प्रचलन, प्रतिष्ठा गिर्ने डरलगायतका कारण यो समस्या जस्ताको तस्तै सतहमा आउन भने सकेको छैन।

हुन त पुरुषप्रधान नेपाली समाजमा पुरुषबाट पीडित हुने महिलाको संख्या नै धेरै छ। अझ श्रीमान्को हिंसाबाट पीडित श्रीमतीको संख्या कम हुन नसकेका तथ्यांकहरू बढेकै भेटिन्छन्। तर, केही समययता पुरुषहरू पनि आफ्नै श्रीमतीबाट हिंसा र यातना सहेर बस्न बाध्य छन्। यसलाई न राज्यले सम्बोधनको विषय ठानेको छ, न त अध्यननको विषय नै बनाइएको छ।

दिनदिनै श्रीमतीले पिट्ने, सार्वजनिक ठाउँमा बेइज्जती गर्ने, रक्सी पिएर राती अबेर आउने, घरपरविारको दायित्व नलिने, मुद्दा हाल्ने धम्की दिने, बाहिर अर्कै केटा साथी राख्ने, श्रीमान्लाई असहयोग मात्र गर्ने, परविारका अरू सदस्यबाट छुट्टनि दबाब दिनेलगायतका यातनापूर्ण व्यवहारका कारण धेरै पुरुषहरू घरभित्रै पीडित भइरहेका छन्, जसले उनीहरूलाई मानसिक विचलनको अवस्थासम्म पुर्‍याएको छ।

यौन विचलनको भारी
अधिकृतस्तरको सरकारी जागिर। श्रीमती नाम चलेको वित्तीय संस्थामा उपप्रमुख। दुई वर्षकी एक छोरी। अपार्टमेन्टको बसाइ। योजति सुखी परविार अरू कुन होला ? तर, परविारको कथा उधिन्दै जाँदा फेला पर्छ, जटिल द्वन्द्वको आयाम। श्रीमती श्रीमान्लाई देखी सहन्नन्। श्रीमान्को जागिर उपत्यकाबाहिर भएकाले चाँडो गइहाल्न दबाब दिन्छिन्। महिना-दुई महिनामा श्रीमती-छोरीलाई भेट्न आउँदा पनि राम्रो व्यवहार नपाउँदा श्रीमान् हैरान छन्। बिनाकारण जथाभावी गाली गर्ने, पार्टी, मिटिङ्, अफिसको काम भन्दै शनिबारसमेत बिहानै हिँडेर आधा रातमा घर आउने श्रीमतीको व्यवहारबाट आजित कार्की थरका यी पुरुष अहिले काठमाडौँ आउन खासै हतारँिदैनन्। छोरीको मायाले दुई-तीन महिनाको एकपटक आउँछन्, छोरीसँगै केही समय बिताउँछन् र फर्किन्छन्।

एकदिन खबरै नगरी साँझ ४ बजेको उडानमा काठमाडौँ झर्दा आफू बसेको अपार्टमेन्टमा भेटिए, श्रीमतीका हाकिम। त्यसपछि श्रीमतीले आफूलाई बेवास्ता र घृणा गर्नुको कारण थाहा पाए उनले। अहिले उनलाई दुई वर्षकी निर्दोष छोरीको भविष्य र दुःख गरी कमाएको सम्पत्तिको चिन्ताले पिरोल्न थालेको छ। तर, श्रीमतीलाई भने श्रीमान्को कुनै मतलब छैन। आफ्नै धुनमा अफिस, घुमघाम गर्छिन्। छोरीलाई शिशु स्याहार केन्द्रमा राखेकी छन्। श्रीमान्ले सम्झाउने प्रयास वा गुनासो गर्दा 'म जेसुकै गरूँ, तिमी आफ्नो सुर गर' भन्छिन्।
मनोपरामर्शकर्ता गंगा पाठकका अनुसार, यसरी परपुरुषसँग सम्बन्ध राख्नेको संख्यामा पनि वृद्धि भइरहेको छ। बाहिर सम्बन्ध भएपछि घरमा श्रीमान्लाई बेवास्ता र घृणा गर्न थाल्छन्। पाठक भन्छिन्, "वैवाहिक जीवनको द्वन्द्व सुरु हुने क्रममा समाधान खोज्न विभिन्न परामर्श केन्द्र पुग्ने जोडीमध्ये यसरी पुरुषहरू महिलाबाट पीडित भएका घटनाहरू उल्लेख्य मात्रामा देखिन थालेका छन्।" त्यहाँ पुग्ने जोडीका एकअर्काविरुद्ध गुनासा र बयान सुन्दै जाँदा थाहा हुन्छ, पुरुष पनि महिला हिंसाको सिकार भइरहेका छन्।

मनोविद् पाठकका अनुसार, पुरुषलाई सताउनेमा शिक्षित, कामकाजी, जागिरे महिला बढी देखिएका छन्। यौनलाई उदार रूपमा हेर्ने समुदायमा यो समस्या अझ चर्को छ। नयाँ विवाहित महिलाहरूमध्ये कतिपयमा पूर्वप्रेमीसँगको सम्बन्ध छुटेको हुँदैन। कतिपयले बाबुआमा वा समाजलाई देखाउनका लागि सरल पुरुषसँग बिहे गर्ने र थपनाजस्तै राख्ने तर सम्पूर्ण लगावचाहिँ अन्यत्रै हुने कारण पनि श्रीमतीपीडित पुरुषहरूको संख्या बढ्दै छ।

कार्यालयकै सहकर्मीसँग पूर्वसम्बन्ध भएका महिलाका श्रीमान्हरू पनि पीडित हुन्छन्। नयाँसँग सम्पूर्ण रूपमा समर्पित हुन सकिरहेको हुँदैन, पूर्वप्रेमी बारम्बार आँखाअघि हुँदा, धेरै समय सँगै रहँदा सन्तुलन कायम राख्नै गाह्रो हुन्छ। मनोवैज्ञानिकहरूका अनुसार, बाहिर प्रेमी हुने महिलाले व्यक्त वा अव्यक्त रूपमा उसलाई आफ्नो श्रीमान्सँग तुलना गर्छन्। "प्रेमीले घुमाउन लैजान्छ, रेस्टुराँमा खान बोलाउँछ, गिफ्ट दिन्छ तर श्रीमान्ले यति नगर्न सक्छ," पाठक भन्छिन्, "आफ्नै त हो नि भनेर श्रीमतीलाई रभिmाइरहनुपरेन। अनि, आफ्नो श्रीमान्लाई हरेक शब्दमा अपमानित गर्ने, झर्किने, आलोचना गर्ने, असहयोग गर्ने हुन्छ।"

कतिपय केसमा महिलामा पुरूष फेर्ने रोगका कारण पनि श्रीमान्हरू पीडित भइरहेका छन्। यस्ता रोगबाट ग्रस्त महिलामा मोजमस्तीमा बढी रुचि देखाउने, धेरैतिर बरालिने, एउटासँग पाँच-सातपटकभन्दा बढी सम्पर्क भएपछि नयाँको खोजी गर्न थाल्ने प्रवृत्ति हुन्छ। मनोचिकित्सकहरूका अनुसार, यो नराम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि आफूलाई नियन्त्रण गर्न सक्दैनन् र पुरुषसमेतको प्रतिष्ठा र पारविारकि जीवन दुर्घटनामा पर्छ। चिकित्सा क्षेत्रमा यस रोगलाई एक प्रकारको हिस्टेरयिा भनिन्छ। यस्तो समस्या भएका महिलामा सुरुमा भोग गरेको पुरुषप्रति वितृष्णा बढ्न थालेपछि देख्नेबित्तिकै अनुहार बिगार्ने, रसिाउने, देखी नसहने, टोक्ने, चिथोर्ने, श्रीमान् नजिक आउनै नदिने लक्षण देखिन्छन्।

हत्या र आत्महत्यासम्म
श्रीमतीबाट प्रताडित हुने पुरुषहरूका दुःख मानसिक-शारीरकि यातनामा मात्रै सीमित छैनन्।
 आफैँ वा अन्य व्यक्तिलाई प्रयोग गरेर श्रीमान्को हत्या गर्नेसम्मका घटना पनि देखिएका छन्। गत ८ साउनमा काठमाडौँको मासां गल्लीमा ग्राहकका रूपमा आएका युवकहरूले व्यापारी कृष्ण श्रेष्ठको हत्या गरे भने श्रीमती सीता सामान्य घाइते भइन्। पछि प्रहरी अनुसन्धानबाट खुल्यो, श्रीमतीकै योजनामा उक्त घटना भएको। प्रहरीले हत्यामा श्रीमतीको हात रहेको दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

गरेको छ।

सामान्य घरायसी विवाददेखि परपुरुषसँगको सम्बन्ध, सम्पत्ति हत्याउने योजना अन्तर्गत आफ्नै श्रीमतीबाट कतिपय घटनामा पुरुषको ज्यान गएको छ। कृष्ण श्रेष्ठको हत्या भएको दुई दिनअघि मात्रै सतुंगलमा प्रेमीसँग बस्नका लागि श्रीमान्को हत्या गरेको प्रहरीसामु स्वीकारेकी थिइन्, समिना तामाङले। समिनाका श्रीमान् हर्षबहादुर थापाको हत्या भएकै दिन ६ साउनमा रूपन्देहीमा माओवादीको चौथो डिभिजन अन्तर्गत सैनामैना शिविरमा यस्तै घटना भएको थियो। माओवादी लडाकू विष्णु न्यौपानेको हत्यामा श्रीमती सम्झना क्षेत्री र मोहन घिमिरेबीचको प्रेमसम्बन्ध कारक देखिएको प्रहरी अनुसन्धानपछि देखिएको थियो।

श्रीमतीबाट झेल्नुपरेको सास्तीबाट मुक्ति पाउन कतिपय घटनामा पुरुषले आत्महत्याको बाटोसमेत रोज्ने गरेका छन्। एक तथ्यांक अनुसार, आत्महत्या गर्ने पुरुषमध्ये ७० प्रतिशतले श्रीमतीसँगको असहज सम्बन्धका कारण त्यस्तो निर्णयमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय झापालाई उद्धृत गर्दै १८ असोज ०६६ को कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, ०६५ साउनदेखि ०६६ साउनको अवधिमा २ सय १ जनाले त्यस जिल्लामा आत्महत्या गरेका थिए। तीमध्ये १ सय ६५ विवाहित थिए, जसमा ६२ महिला र १ सय ३ पुरुष छन्।

नेपाल प्रहरीको अपराधसम्बन्धी तथ्यांकमा यस प्रकृतिको तथ्यांक स्पष्टसँग राखिएको छैन। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, आर्थिक वर्ष ०६६/६७ को अवधिमा ३ हजार ३ सय ८२ जनाले आत्महत्या गरेका छन्। त्यसमा आधा हिस्सा वयस्क पुरुषको छ। त्यस अवधिमा १ हजार ६ सय ५० वयस्क पुरुष, १ हजार ४ सय ४६ प्रौढ महिला, १ सय ६३ बालक र १ सय २३ बालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाउँछ। यस तथ्यांकलाई माथि उल्लिखित झापा जिल्लाको प्रवृत्तिको सापेक्षमा विश्लेषण गर्ने हो भने १ हजार १ सय ५५ पुरुषले श्रीमान्-श्रीमतीबीचको सम्बन्धका कारण आत्महत्या गरेको निष्कर्षमा पुगिन्छ। पुरुषले आफ्ना समस्या हत्पति अरूलाई नसुनाउने, कुण्ठित बन्ने, प्रतिष्ठा वा अहम्मा चोट परेपछि पलायनको बाटो रोज्ने समाजशास्त्री एवं मनोवैज्ञानिकहरूको तर्क छ।
 पुरुषमाथिको हिंसाले पुरुषलाई मात्रै हानि गर्दैन। परण्िाामस्वरूप महिलासमेत प्रतिहिंसाका सिकार भएका छन्। श्रीमान्/श्रीमतीबीचको सम्बन्धमा खटपट हुँदा दुवैलाई केही न केही चोट पर्छ नै। तर, केही समययता बनेका महिलालाई विशेषाधिकार दिने कानुन, त्यस अन्तर्गत बनेका संरचना र महिलापक्षीय संस्थामा पुरुषप्रति गरनिे व्यवहारले पनि केही समस्या निम्त्याएका छन्। कुनै पनि महिलाले पोलेकै आधारमा बिनाअनुसन्धान र पर्याप्त प्रमाणबिना नै पुरुषमाथि दुव्र्यवहार अभ्यास थालिएको र यसले पनि सामाजिक न्याय र सन्तुलनमा आघात परेको बताउँछन्, पुरूषमाथि हुने महिला हिंसाका विरुद्ध क्रियाशील अधिवक्ता केशवराज अर्याल। उनका भनाइमा, ६५ प्रतिशत महिला पुरुषबाट पीडित छन् भने ३५ प्रतिशत पुरुष महिलाबाट पीडित छन्। भन्छन्, "संख्याका आधारमा महिला धेरै पीडित भए पनि त्यही आधारमा ३५ प्रतिशत पुरुषका समस्याप्रति मौन बस्नु थप अन्याय थोपर्नुसरह हुन्छ।"
घरेलु हिंसा अन्तर्गत श्रीमतीले श्रीमान्माथि गर्ने हिंसाबारे स्पष्ट अध्ययन भएको छैन। दक्षिण एसियाको तथ्यांक हेर्ने हो भने अधिवक्ता अर्यालकै दाबी आसपासमा पुरुषहरू महिलाद्वारा गरनिे हिंसाका सिकार भइरहेका छन्। भारतमा दुई वर्षअघि सोसियल मुभमेन्ट नामक संस्थाले गरेको अध्ययन अनुसार कुल घरेलु हिंसामध्ये ३४ प्रतिशत हिंसा पुरुषमाथि भइरहेको छ। अध्ययनमा श्रीमतीले श्रीमान्लगायत उसका नातेदार, साथीभाइ, इष्टमित्रलाई गर्ने अनादर र अशिष्ट व्यवहारलाई समेत हिंसाको कोटिमा राखिएको थियो। श्रीमान् रहेको ठाउँ, बाटोघाटो वा कार्यालयमा गएर अपशब्द प्रयोग गर्ने, कुटपिट गर्ने, सञ्चारमाध्यम वा कुनै प्रकारले सताउने, मानसिक तनाव दिने, श्रीमान्लाई भेटघाटमा रोक लगाउने, अनादरपूर्वक नाम लिनेजस्ता व्यवहार पनि पुरुष हिंसाभित्र राखेर हेरएिको थियो।

वैदेशिक रोजगारका बाछिटा
 वैदेशिक रोजगारीले रेमिट्यान्स मात्रै भित्र्याएको छैन, सँगसँगै पारविारकि विखण्डन पनि गररिहेको छ। पुरूषहरू विदेशमा दुःख गरी कमाएको रकम श्रीमतीका नाममा नेपाल पठाउँछन्। केही घटना यस्ता पनि फेला परेका छन् कि लामो समयपछि र्फकंदा उनीहरूसँग न श्रीमती हुन्छिन् न श्रीसम्पत्ति। मलेसियाबाट चार वर्षपछि स्वदेश फर्केका रानु मगर, २८, यसका ताजा उदाहरण हुन्। उनी विदेश गएपछि उनकी श्रीमती हेटौँडाबाट कीर्तिपुर आएर बसिन्। चार वर्षको अवधिमा श्रीमतीका नाममा ८ लाख ५० हजार रुपियाँ पठाए उनले। छोरा र श्रीमतीसँग काठमाडौँ सुखशान्तिले बस्ने र यतै बन्द व्यापार गर्ने सपना साँचेर काठमाडौँ आउँदा उनकी श्रीमतीले अर्कैसँग बिहे गरसिकेकी रहिछन्। आफूले पठाएको पैसा पनि सबै नयाँ श्रीमान्लाई बुझाइसकिछन्। अहिले उनी प्रहरीसँग आफ्नो सम्पत्ति फिर्ताका लागि हारगुहार गर्दै छन्। तर, प्रहरीसँग यसको कुनै उपाय छैन। दुवै पक्षलाई राखेर अहिलेसम्मको घरखर्च, छोराको पालनपोषण खर्च कटाएर बाँकी रहने रकममध्ये तीन भागको एक भाग उनलाई दिलाउन सकिने प्रहरीले बताएको छ। यो रकम उनको एक महिनाको तलबबराबर पनि हुँदैन।

काठमाडौँ जिल्ला प्रशासन, प्रहरी महिला सेल तथा प्रहरीकै विभिन्न प्रभाग, वृत्त र परसिरमा यस्ता उजुरी पुग्ने गरेका छन्, जसको एकमुष्ट आँकडा कुनै निकायसँग छैन। ललितपुर प्रहरी महिला सेलमा पुगेका घटना विवरण अनुसार, वर्षौं विदेश बसेर आएका पुरुषले जति दाबी गरे पनि अहिलेसम्म एक लाख रुपियाँभन्दा बढी रकम फिर्ता गराउन प्रहरीले सकेको छैन। विदेशमा रोजगारीमा रहेका नेपाली आठ-नौ वर्षपछि आउँदा भएभरको सम्पत्ति लिएर श्रीमती बेपत्ता भएका कैयौँ घटना छन्। उनीहरूमध्ये कतिले एक रुपियाँसमेत फिर्ता पाएका छैनन्। काठमाडौँ महानगरपालिकाको कानुन महाशाखाको अभिलेख अनुसार, वाषिर्क औसत ५० मुद्दा सम्बन्धविच्छेदका लागि आउँछन्। यीमध्ये सबैजसोमा श्रीमतीको आचरणमा प्रश्न उठाउँदै पुरुषले गरेका हुन्छन्। यसमा वैदेशिक रोजगारीमा गएका पुरुषहरूको संख्या अत्यधिक छ। महिलाले भने सम्बन्धविच्छेदका लागि सीधै अदालतमा मुद्दा दिन सक्छन्। पुरुषले मात्रै स्थानीय निकाय हुँदै अदालत पुग्नुपर्छ। विदेश गएका श्रीमतीका कारण प्रताडित पुरुषका कथा बेग्लै छन्। एकपटक विदेश गएपछि सम्पर्कहीन भइदिने, फर्केर आएपछि राम्रोसँग बोल्दै नबोली छुट्टै घरजम गर्ने, दुःखजिलो गरी विदेश पठाउन सहयोग गर्ने श्रीमान् र परविारलाई बेवास्ता गर्ने महिलाका कारण पनि पुरुष पीडित भएका घटना छन्।

नेपालस्िथत अमेरकिी दूताबासको उच्च तहमा काम गर्ने एक पुरुष अहिले यस्तै अवस्थामा पुगेका छन्। ती पुरुषले चार वर्ष इजरायल बसेर केही समयअघि आएकी श्रीमतीसँग चार दिन पनि राम्रोसँग बिताउन पाएनन्। "यसरी टाढाटाढा कति दिन बस्नू ? दूताबासले मलाई दिने तलब पनि राम्रै छ। यतै काम खोजौँला," उनले भने। तर, श्रीमती बस्न मानिनन्। अब श्रीमती नफर्किने संकेत उनले पाएका छन्। श्रीमतीका नाममा रहेको जग्गा रोक्काका लागि उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन्। "कति दिन आशैआशमा बस्नू ? हाम्रो दाम्पत्यको के अर्थ रह्यो र !," उनी भन्छन्, "उनले छाडेर गएकी सात वर्षकी छोरी १२ वर्षकी भई। साँझबिहान आमाआमा भन्छे।" असहाय बाल्यकाल बिताएका उनी आफ्नो सुखदुःखमा साथ दिने आशमा आफूजस्तै टुहुरीसँग बिहे गरेका थिए। तर, उनी श्रीमतीबाट उपेक्षा, मानसिक यातनाबाहेक केही नपाएको भन्दै दुःख सुनाउँछन्।

अर्को रोचक पाटो के भने उजुरीका आधारमा धेरै आम्दानी हुने घरमा पुरुषहरू महिलाबाट बढी पीडित देखिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी -भर्खरै सरुवा) तेजप्रसाद पौडेल आफूकहाँ आएका उजुरीमध्ये धेरैजसो उच्च आम्दानी भएका घरमा महिलाले पुरुषलाई मानसिक आघात पार्ने घटना बढी देखिएको बताउँछन्।

यस्तो पनि हिंसा

नेपाल टेलिकमका कांग्रेसनिकट कर्मचारीहरूको संगठनका एक पदाधिकारीले भोगेको पीडा यहाँ सान्दर्भिक देखिन्छ। उनकी श्रीमती काठमाडौँका एक साधु, जसले आफूलाई 'गुरुबा' भनेर चिनाउँथे, कहाँ अधिकांश समय बिताउन थालिन्। कतिसम्म भने घरमा सासू बितेर श्रीमान् काजकिरयिामा बस्दासमेत श्रीमतीले घरव्यवहार हेरनिन्। गुरुबाले 'तेरो श्रीमान्ले बाहिर अर्कै श्रीमती राखेको' भनेकै भरमा चार वर्षदेखि आफूलाई प्रताडित बनाएको काठमाडौँ प्रशासनमा दिएको उजुरीमा उल्लेख छ। मानसिक पीडा, छोराछोरीको भविष्य र श्रीमतीका नाममा रहेको अचल सम्पत्ति गुम्ने डरले हैरान भएपछि प्रशासनको शरणमा पुगेको उनको उजुरीमा उल्लेख छ।

श्रीमतीबाट पीडित पुरुषहरू आफ्ना समस्या समाधानका लागि खुलेर अड्डा-अदालत पुग्न नसके पनि श्रीमतीका नाममा रहेको घरजग्गा रोक्का गर्न निवेदन दिने क्रम भने बढ्न थालेको छ। गएको भदौदेखि मंसिरको अवधिमा सातवटा यस्ता निवेदन काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरएिका छन्। प्रशासनले निवेदकको माग जायज ठाने सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गर्छ। घरसम्पत्ति आफ्नो नाममा बनाएर श्रीमान्सँगको सम्बन्ध तोड्ने कारणले पनि धेरै पुरुषहरू अलपत्र परेका छन्। स्थानीय निकायमा श्रीमान्को नक्कली मृत्यु दर्ता, नाता प्रमाणित गराउने र सम्पत्ति बोकेर हिँड्ने घटना पनि कम छैनन्।

समाजशास्त्रीहरूका अनुसार, महिला सशक्तीकरण, पुरुष हैकमविरोधी विश्वव्यापी अभियान, राजनीतिक प्रणालीको फेरबदललगायतका कारणले पुरुषप्रधान समाजमा शक्ति सन्तुलन खल्बलिँदै गएको छ। यसले महिलालगायत हिजोका थुप्रै शक्तिहीन समूह/वर्गका हातमा शक्ति पुगेको छ र त्यसको दुरूपयोग पनि सँगसँगै देखिन थालेको छ। यही क्रममा महिलाले पुरुषलाई सताउने, यातना दिने र हिंसापूर्ण व्यवहार गर्ने प्रवृत्ति देखिएको समाजशास्त्रीहरू बताउँछन्। लैंगिक समानतासम्बन्धी कार्यक्रममा परामर्शदातृका रूपमा लामो समय काम गरेकी होमा थकाली भन्छिन्, "शक्ति आगोजस्तै हो। ठीक्क भए न्यानो हुन्छ, बढी भए पोल्न थाल्छ।" कसैलाई नपोल्ने गरी शक्तिको वितरण गर्नका लागि सन्तुलित नारा, नीति र कार्यक्रम आवश्यक रहेको उनी बताउँछिन्। तर, के त्यस्तो नारा, नीति र कार्यक्रम सम्भव छ, जसबाट सुरुमा उल्लेख गरएिका काठमाडौँका राणा थरका युवकजस्ता महिला हिंसाका सिकार भएकाहरूले न्याय पाउन सकून् ?

-मोडलिङ्मा आधारति तस्िबरहरू ः शैलेन्द्र खरेल, मोडलहरू ः रोजा ढकाल र प्रदीप वन्त, स्टुडियोः इकलेज डटकम)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out