२०१० मा नेपाली सिनेमा

सन् २०१० मा नेपाली सिनेमामा थुप्रै उतारचढाव र परिघटनाहरु भए । खुशि, रोदन, आक्रोश, चिन्ता र अवसादका परिघटना । यही वर्ष हो जतिबेला नेपाली सिनेमाले सर्वाधिक संकटको सामना गर्नुपर्‍यो । यही वर्ष हो जतिबेला मेगाप्रोजेक्ट र अफविट सिनेमाहरुले आफूलाई आत्मसात गरे । यही वर्ष हो जतिबेला नेपाली सिनेमाले अग्रजहरुलाई गुमाउनुपर्‍यो । भित्तामा झुन्डाइएको क्यालेन्डरको पातो फर्किएको छ र यही वर्षबाट हाम्रो सिने उद्योगले थुप्रै निर्मम पाठहरु पनि सिकेको छ ।
बितेको वर्षलाई हामी यहाँ सिँहावलोकन गर्छौं ।

प्रचण्डसँग रेखाको नाच

अभिनेत्री रेखा थापाले माओबादीले आह्वान गरेको दुईदिने सिंहहदरबार घेराउका क्रममा पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लोकदोहोरीमा छमछमी नाचिदिइन् । सबै मिडियाले पेजथ्रीको यो घटनालाई पब्लिसिटी गरे । यही वर्षको तिहारमा रेखाले वाइसीएल संयोजक सागर थापालाई भाइटीका लगाइदिइन् ।

गोपाल भुटानीको निधन
द्धन्द्धपिता गोपाल भुटानी नागरिकताको धोको पुरा नहुँदै स्वर्गारोहण भए । अल्सर बिग्रीएर क्यान्सर भएपछि कलाकार भुटानीको निधन भयो । नेपाली चलचित्रमा द्धन्द्ध विधा भित्राउने श्रेय बोकेका भुटानीको निधनमा द्धन्द्ध कलाकार संघले गोपाल भुटानी पुरस्कारको घोषणा नै गर्‍यो ।

मनीषाको विहे र डिभोर्स् हल्ला
बलिउड हिरोइन एवम नेपाली अभिनेत्री मनीषा कोइराला वर्षको प्रारम्भमा नेपाली उद्यमी सम्राट दाहालसँग विहे गरिन् । विहेमा बलिउड स्टारहरु पनि सहभागि भए । आफूभन्दा ६ वर्ष कान्छा सम्राटसँग मनीषाको विहे भयो । यद्यपी फेसबुकमा डिभोस्रको कुरा लेखेपछि यो जोडीको डिभोर्स्को हल्ला पनि खुबै चल्यो तर हल्ला हल्लामा सीमित रह्यो ।

सेन्सर बोर्डको हस्तक्षेप
वड्स फिल्म फिएस्टासहित केही फिल्म फेस्टिभलमा सेन्सर बोर्डले हस्तक्षेप गरि रोक्ने प्रयास गर्‍यो । फेस्टिभलमा सेन्सर गर्नु विश्वव्यापी मान्यता विपरित भएको भन्दै सिनेक्षेत्र एकजुट भएपनि सरकार झुक्न बाध्य भयो । फेस्टिभलमा सेन्सर नगरिने प्रावधान उल्लेखित प्रस्तावित कानुन यतिबेला कानुन मन्त्रालयमा अड्किएको छ ।

पूर्वमा सिनेमा पाइरेसी
वर्षको उत्तराद्र्धमा पूर्वको इटहरी र धरानमा प्रदर्शन हुँदै गरेका सिनेमा स्थानिय हलबाट कपी गरिएर पाइरेसी हुँदै आएको घटनाको खुलासा भयो । पीडित निर्माताहरुले निर्माता संघमा उजुरी दिएपछि संघले वितरक डीसीएनका प्रबन्धक अशोक शर्माको अध्यक्षतामा पाइरेसीविरुद्ध लड्न समिति नै गठन गर्‍यो । निर्माताले क्षतिपूर्तिको दावी गरेका छन् भने दोषी अझै फरार छन् ।

पहिलो भर्चुअल अवार्ड
नेपाली सिनेमा इतिहासमा पहिलोपटक मेरोसिनेमा डटकमले भर्चुअल अवार्डको आयोजना गरेको थियो । यहीवर्षमा स्थापना भएको मेरोसिनेमाले छोटो समयमै लोकप्रीयता हासिल गरेको थियो । विश्वभरि छरिएका नेपाली सिनेमाप्रेमीले अनलाइन भोटिङमार्फत मेरोसिनेमा पपुलर अवार्डमा सहभागिता जनाए । अवार्डको नजिता फेब्रुअरी १२ २०११ मा सार्वजनिक हुनेछ ।

कलाकारलाई छायांकन बिमा
लामो समयको प्रयत्नपछि चलचित्र विकास बोर्डले छायांकनका क्रममा हुने दुर्घटनाका लागि कलाकार बिमाको घोषणा गर्‍यो । जसका कारण कलाकारले ठूलो राहतको अनुभूति गरे । चलचित्र दर्ता गर्दा अनिवार्य विमा पनि गर्नुपर्ने प्रावधानले चलचित्रका कलाकारको सामाजिक सुरक्षामा पनि सजगता अपनाउने क्रम सुरु भयो ।

'गोर्खापल्टन'को कलेक्सन रेकर्ड
पूर्वइन्डियन आइडल प्रशान्त तामाङ स्टारर चलचित्र 'गोर्खापल्टन'ले बितेको वर्ष २ करोड १० लाख रुपैंया कलेक्सन गर्‍यो । एकसातामै चलचित्र फटाफट हलबाट उत्रिरहेको बेला नारायण रायमाझी निर्देशित यो चलचित्रले भने नेपाली सिनेमा इतिहासमै सर्वाधिक आम्दानी गर्ने चलचित्रको रुपमा रेकर्ड राख्यो ।

निखिल-संचिताको विहे र पलायन
हिरो निखिल उप्रेतीले हिरोइन संचिता लुइँटेललाई दोस्रो विहे गरेपछि नेपाली चलचित्रमा चर्चा भइरह्यो । पारिवारिक झगडाका कारण यो जोडी यतिबेला मुम्बइ छिरेको छ । निखिल यतिबेला दक्षिण भारतीय चलचित्र उद्योगमा स्थापित हुन संघर्ष गरिरहेका छन् ।

पहिलो एडल्ट फिल्म
चलचित्र 'पलपलमा' पहिलो एडल्ट सिनेमाका रुपमा चर्चित भयो । उकेश दाहाल निर्देशित यो चलचित्रलाई सेन्सर बोर्डले वयस्क अर्थात १६ वर्षभन्दा माथिको उमेरका दर्शकले मात्र हेर्न पाउने सर्टिफिकेट प्रदान गर्‍यो । पुरुष यौनकर्मीको कथामा आधारित चलचित्रले कलेक्सन पनि उत्साहजनक नै गर्‍यो ।

कुमार कान्छा गम्भिर
पाश्र्वगायक कुमार कान्छा बिरामी भएको खबरले बितेको वर्षमा चर्चा बटुल्यो । 'जिन्दगीको के छ र भर' गायक कान्छाको उपचारमा सघाउन हिरोइन ऋचा घिमिरे, नम्रता श्रेष्ठ, सरोज खनाल लगायतले सहयोगी हातहरु अघि बढाए । स्पाइनल कर्ड र क्यान्सरको समस्यासँग जुधेका गायक कान्छाको स्वास्थ्य वर्षको उत्तराद्र्धमा सुधार उन्मुख रह्यो ।

स्टारहरुको कमब्याक
सन् २०१० मा थुपै्र नेपाली स्टारहरुले सिनेमा कमब्याक गरे । मनिषा कोइरालाले डेढदशकपछि चलचित्र 'धर्मा'मार्फत उपस्थित जनाइन् । सरोज खनालले १४ वर्षपछि चलचित्र 'मानव'मार्फत कमब्याक गरे । हिरोइन झरना बज्रँचार्यले चलचित्र 'कोही…मेरो'मार्फत कमब्याक गरिन् । हिरोइन पूजा चन्दले म्युजिक भिडियोमार्फत कलाकारितामा कमब्याक गरिन् ।

राजेश-करिश्मा विवादमा
डाबर नेपालको उत्पादन रिएल जुसको बिज्ञापनमा मोडलिङ गरेपछि महानायक राजेश हमाल र हिरोइन करिश्मा मानन्धर बिवादमा तानिए । उपभोक्ता मंचले कार्वाहीका लागि उजुरी नै दर्ता गर्‍यो । राजेश-करिश्माले नियमअनुसार विज्ञापन खेलेको भन्दै आफ्नो बचाउ गरे । बर्षको अन्त्यमा हाँस्यजोडी महलाई अमेरिकाको एक विश्वविद्यालयले मानार्थ पीएचडी दिएर विवादमा तान्ने काम गर्‍यो ।

सेलिव्रेटीको विविध चर्चा
शिव श्रेष्ठले ५५ वर्षको उमेरमा सन्तान लाभ गरे । हिरोइन मेलिना मानन्धरलाई पुत्रीलाभ भयो । पत्रकार विदुर गिरी मोटरसाइकल दुर्घटनामा परे । अनन्त वाग्लेको ढाडमा चोट लाग्यो । निर्देशक दीपेन्द्र के. खनालको पत्थरी शल्यक्रीया भयो । चलचित्र 'स्वर'को सुटिङमा हिरो राजवल्लभ कोइरालाको गालाको हड्डी भाँचिएपछि कठिन शल्यक्रीया गर्नुपर्‍यो । केकी अधिकारी फेवाताल दुर्घटनाबाट बचिन् ।

दुइ संघबीचको विवाद उत्कर्षमा
चलचित्र निर्माता संघ र चलचित्र संघबीचको विवाद वर्षको अन्त्यमा उत्कर्षमा पुग्यो र अहिलेपनि साम्य भएको छैन । खासगरी व्यवस्थित प्रदर्शन, वितरण, स्थानिय खर्च लगायतका मुद्दामा असमझदारी रह्यो । होल्डओभर विवादले चर्को रुप लिएपछि डाकिएका पटक-पटकका वार्ता पनि असफल बने । जनजाति चलचित्रकर्मीले आन्दोलन गरे र केही हकहरु पनि पाएरै छाडे ।

ग्लोबल मार्केटिङको सुरुआत
बितेको वर्ष नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा लैजानेजस्ता उत्साहप्रद कामहरु भए । चलचित्र 'नाइँ नभन्नु ल', 'वीरताको चिनो', 'दासढुंगा', 'कुसुमे रुमाल'जस्ता चलचित्रले डायस्पोरामा ग्लोबल मार्केटिङको सम्भावना पहिलाए । वितरक डीसीएनले मलेसियाबाट आफ्नो सर्भर जडानमार्फत चलचित्र प्रदर्शनको थालनी गर्ने पहल थाल्न लाग्यो ।

नम्रता श्रेष्ठको सक्रीयता
अप्रीय घटनाबाट हिरोइन नम्रता श्रेष्ठले हरेश खाइनन् र रजतपट र सार्वजनिक जीवनमा आफ्नो सक्रीयता बढाइन् । जुनसुकै घटनाबाट हरेश खानु हुँदैन भन्ने पाठ सिकाइन् उनले । वीच क्रीकेट, एट्डी सिनेमाको ब्रान्ड एम्बेसडर, कुमार कान्छा साँझ, म्युजिक भिडियो र कार्यक्रममा सक्रीयता बढाउँदै उनले सहज जीवन जिइरहेकी छिन् ।

कलाकारको अमेरिका गन्तव्य
बितेको वर्ष थुप्रै कलाकार अमेरिका पलायन भए । अधिकांश पाश्र्वगायकहरु र सानोपर्दाका छन् । यम बराल, ट्वाँकेन्द्र, माम्पी घोष, सुनिता दुलाल, जगदिश समाल, हिरोइन रन्जना शर्मा अमेरिका पसे भने हिरोइन निशा अधिकारी पढ्नका लागि भन्दै अमेरिका छिरेकी छिन् ।

चलचित्र दोस्रो पुस्तामा हस्तान्तरण
अभिभावक वा अग्रजलाई पछ्याउँदै वर्ष २०१० मा थुप्रै चलचित्र अग्रजका छोराछोरीले पनि पाइला पछ्याए । भुवन केसीका छोरा अनमोल हिरो बने । नारायण पुरीका छोरा संयम पुरी पनि हिरो बने । राजेन्द्र खड्गीकी छोरा रागिनी खड्गी पनि हिरोइन बनिन् र हरिवंश आचार्यका छोरा मोहितवंशले पनि बाबुले जस्तै अभिनयलाई निरन्तरता दिए ।

पूजाको मुस्लिम धर्म ग्रहण
अभिनेत्री पूजा लामाले विवादास्पद विहेपछि अँगालेको इस्लाम धर्म पनि बितेको वर्ष चर्चा भयो । आम्ना फारुखीका नामबाट पूजाले मुस्लिम धर्म ग्रहण गरिन् । उनी अभिनित पछिल्लो चलचित्र 'एकदिन एकरात' पनि वर्षको अन्त्यमा सार्वजनिक भयो । सेक्सटेपका कारण पूजा यो वर्ष चर्चित बनिन् ।

मेगाप्रोजेक्टका चलचित्र
बितेको वर्ष मेगाप्रोजेक्टका चलचित्रको लडाइँ नै भयो । १ करोड र डेढकरोडमा बनेका चलचित्रहरु 'कोही...मेरो', 'बाटोमुनिको फूल', 'स्वर', 'च्यालेन्ज', 'काठमाण्डू' निर्माण भए । तुलनात्मक रुपमा यो वर्ष चलचित्रमा लगानी गर्न निर्माताहरु हिच्किचाएनन् । बलिउड र हलिउडमा सुरु भएको महंगो लडाइले सानो चलचित्र उद्योग नेपालमा पनि प्रवेश पायो ।

चलचित्रमा ब्यावसायिक संकट
नेपाली चलचित्रका लागि यो वर्ष कालो वर्षका रुपमा रह्यो । एकाधबाहेक कुनैपनि चलचित्रले ब्यावासयिक दौडमा आफूलाई अब्बल सावित गर्न सकेनन् । लगभग सबै फ्लप भए । सातामै हलबाट उत्रने पीडाले कतिपय नयाँ निर्माताहरु कमब्याक हुन सकेनन् । अधिकांशले घाटा ब्योहोरे ।

अभिनेता प्रशान्त तामाङ
पूर्वइन्डियन आइडल प्रशान्त तामाङ 'गोर्खापल्टन'मार्फत अभिनयमा डेब्यु गरे । इन्डियन आइडलको प्रतिस्पर्धामा एसएमएस भोटिङ अभियान चलाएर राष्ट्रिय एकताको उदाहरण दर्शाएका नेपालीले प्रशान्तलाई हिरोका रुपमा देख्न पाए । 'गोर्खापल्टन'को कलेक्सन हेर्दा प्रशान्तको लोकप्रीयताको पुर्नपुष्टि भएको भन्न मिल्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out