रहस्मय गौरी

काठमाडौं, पुस १८ (नागरिक) - देशभर चलिरहेको 'एक दिन एक रात' गौरी मल्लले खेलेको पछिल्लो फिल्म हो। तर उनी भने अमेरिकामा छिन्। गत वर्ष हिन्दी फिल्म 'इश्किया'मा उनी ब्युटिसियनको छाटो भूमिकामा देखिएकी थिइन्। नेपाली फिल्ममा प्रायः घरेलु भूमिका अभिनय गर्ने गौरी 'एक दिन एक रात'मा रहस्यमय भेटिन्छिन्। पुरानो र अँध्यारो घरमा एक्लै बस्ने गौरी जब लालटिनको उज्यालोमा सेतो पहिरनमा देखिन्छिन्, दर्शकको धड्कन बढ्न थाल्छ। उनको हाउभाउ पनि रहस्यमय छ।
  दुर्घटनामा आफ्ना पति र छोरा गुमाएपछि त्यही ठाउँमा बस्दै आएको बताउने गौरीको विषयमा फिल्मले कुनै निष्कर्ष दिएको छैन। तर, उनी यस्तो शैलीमा आफ्नो कथा सुनाउँछिन् कि भय उत्पन्न गराउन प्रशस्त हुन्छ।

उनी 'भूत हुन् कि मान्छे?' फिल्म हरेर सक्दासम्म दर्शकले उत्तर पाउन सक्दैनन्। 'हामीले यो रहस्य जानीजानी छोडेका हौं,' फिल्मका निर्देशक देवकुमार श्रेष्ठले पनि किटान गर्न सकेनन्, 'फिल्म काल्पनिक खालको छ। भूत, प्रेत, आत्मा कस्ता हुन्छन् भन्ने कुरा कल्पनामा आधारित चिज हुन्। कसैले नदेखेको विषयमा हामीले निष्कर्ष दिनु उचित लागेन।'

फिल्मले गौरीमा अदृश्य शक्तिको छनक दिन खोजेको छ र आफ्नो प्रयासलाई गौरीले सशक्त बनाएको भनाइ राख्छन् निर्देशक श्रेष्ठ। 'त्यो रोल यति लामो थिएन। गौरी दिदीको काम साह्रै राम्रो लागेपछि लम्ब्याएका हौं,' श्रेष्ठले भने। गौरीको सुटिङ तीन दिनमा सकिएको थियो। रोल छोटो भए पनि पारिश्रमिक मागेजति दिएको श्रेष्ठले बताए।

शुक्रबार रिलिज भएको यो फिल्ममा अनुप बराल, दिया मास्के, कर्म शाक्य, विनय श्रेष्ठ, प्रवेश गिरी, मेनुका प्रधान, जस्पर न्यौपाने लगायतले अभिनय गरेका छन्। शुक्रबार र शनिबार फिल्मले सन्तोषजनक व्यापार गरेको रिपोर्ट निर्देशकले पाएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out