नयाँ वर्षको अवसरमा सात हजार जोडीको विवाह

ताइपेई। नयाँ वर्ष २०११ को अवसर पारेर ताइवानका करिब सात हजार जोडीले शनिबार नयाँ वर्षको पहिलो दिन लगनगाँठो कस्ने तयारी गरिरहेको समाचार छ ।     समाचारमा यसरी करिब २० वर्षपछि पहिलोपटक ताइवानका यति ठूलो सङ्ख्याका दम्पतीले विवाह गर्ने तयारी गरेको बताइएको छ ।
ताइवानी पात्रो अनुसार कुनै पनि दुई सून्य अथवा १०० को सङ्ख्यालाई शुभसाइतको लक्षणका रूपमा लिइने हुँदा आज नयाँ वर्षको अवसर पारेर यति धेरै सङ्ख्याका नागरिकले विवाह गर्न लागेका हुन् ।
सयलाई उनीहरूले खुसीको सङ्ख्याका रूपमा लिने हुँदा आज धेरै दम्पतीले विवाहको तयारी गरेको भन्दै घरायसी दर्तासम्बन्धी कार्यालयहरूले पनि उनीहरूको विवाहका लागि अनुमति दिइसकेका छन् ।
गत वर्ष पनि यस्तै अवसरमा कम्तीमा छ हजार दम्पतीले विवाह गरेका थिए । त्यसपछि आज यो अवसर जुरेको त्यहाँको युनाइटेड डेली न्यूजले जनाएको छ ।
ताइवानी सरकारी तथ्याङ्कले सन् २०१० मा मात्र करिब १ लाख ३९ हजार दम्पतीले विवाह गरेका थिए ।
तर यसअघिको वर्ष भने विवाह गर्नेको सङ्ख्या कम थियो । त्यस वर्ष ताइवानका एक लाख १७ हजारमात्र दम्पतीले विवाह गरेका थिए ।
विवाह दर विश्वकै सबैभन्दा कम रहेको ताइवानमा विवाह गर्ने कामलाई थप प्रोत्साहित गर्ने उद्देश्यले यस्तो विवाहको कार्यक्रम ल्याइएको पनि ताइवान सरकारले जनाएको छ । एएफपी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out