बाबुराम पक्षधरमाथि दाहाल पक्षको आक्रमण-

बरुण पनेरु, डडेल्धुरा, पुस १८ - बैतडीमा माओवादीको संस्थापन पक्षका नेताहरुले बाबुराम भट्टराई पक्षधरलाई कुटेपछि ६ जना नेता - कार्यकर्ता विस्थापित भएका छन्। उनीहरु शनिबार राति बैतडी सदरमुकाम पुगेका छन्। कुटपिटको नेतृत्व बैतडीका सभासद् नरेन्द्र कुँवरले गरेका छन्।

सेती–महाकाली राज्य समिति सदस्य तथा बैतडी क्षेत्र नं.१ बाट निर्वाचित सभासद् नरेन्द्र कुँवरको नेतृत्वको टोलीले नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष हरिलाल विक, उनकी पत्‍नी जयन्ती सहित चार जनालाई कुटपिट गरेका छन्।
उपाध्यक्ष विक र उनकी श्रीमती जयन्तीसहित मानबहादुर विक , बीरेन्द्र विक र रङ्गी विक विस्थापित भई बैतडी सदरमुकाम पुगेका हुन्। 'आफूले भनेको ठाउँमा सहयोग नगरेको भन्दै दाई र भाउजुमाथि निर्घात कुटपिट गरे,' बिस्थापित रङ्गी विकले टेलिफोनमा नागरिकसिँत भने, 'विभिन्न आरोप लगाउँदै दुई पटक कुटपिट गरे।'

सदरमुकामदेखि बिकट कुवाकोट गाबिस घर भएका उपाध्यक्ष विक सहित ६ जनालाई कुटपिट गरि घाइते बनाएपछि ज्यान जोगाउँदै सदरमुकाम आइपुगेको उनीहरुको भनाइ छ।

सभासद कुँवरले उपाध्यक्ष विक र उनकी श्रीमतीलाई तीन दिन नियन्त्रणमा राखेपछि रातारात ज्यान जोगाएर भागेको विकले बताए। विक बाबुराम भट्टराई पक्षधर हुन् भने कुँवर अध्यक्ष दाहाल पक्षधर हुन। सोही समूहले केहीदिनअघि मात्र आफ्नै पार्टीका दलित नेता कार्यकर्तालाई कुवाकोटमै कुटपिट गरेको थियो। आफ्नो गाउँका दलित भएर पनि आफूलाई समर्थन नगर्ने, भेट्न नआएर ठूलो बनेको भन्दै सभासद नरेन्द्रको नेतृत्वमा रहेको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको नेता विकका भाइ रङ्गी विकले बताए।

घाइतेहरुमध्ये दुईको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई उपचारका लागि भारत गएका छन्। उपाध्यक्ष विककी श्रीमती गर्भवतिसमेत छिन।  कुटपिट पछि कुँवर पक्षधरहरुले उपचार गर्न समेत सदरमुकाम जान नदिएको उनीहरुले बताए।

सभासद नरेन्द्र कुँवर, वाईसिएल अध्यक्ष शैलेन्द्र धानुक, कक्कल कुँवर एरिया इन्चार्ज कृष्ण बडु, राज्य समिति सदस्यसहितको समू कुटपिटमा संलग्न थियो। हरिलाल २ गते आफ्नो घर गएका थिए। १३ गते उपचारको लागि सदरमुकाम जान लागेका विश्वकर्मालाई सभासद्को नेतृतवमा बीच बाटोमै कुटपीट गरिएको थियो।

आफूहरुको ज्यान जोखिम रहेको भन्दैं विकसहितले इन्सेक जिल्ला कार्यालयमा निबेदन दिएको इन्सेक जिल्ला प्रतिनिधि शेरबहादुर चन्दले बताए। '६ जना विस्थापित भएर सदरमुकाम आएका छ,' चन्द्रले भने।

दुई महिना अगाडि कुवँरपक्षधरले बैतडी पाटनमा बाबुराम पक्षधरहरुलाई कुटपिट गरेका थिए। कुटपिट पक्षपछि कारवाहीमा परेका कुवँरको कारवाही केही समय अगाडि मात्रै फिर्ता भएको माओबादी स्रोतले बतायो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out