के गर्दैछन् नायिकाले नयाँ बर्षमा ?

रेखा थापा/नायिका
मेरा लागि अङ्ग्रेजी नयाँ वर्षले कुनै अर्थ राख्दैन , मेरा लागि संधै भरी बैशाख १ कै प्रतिक्षा रहन्छ, मेरा लागि बैशाख १ नै मेरो नयाँ वर्ष हो । म अलिकति राष्ट्रवादी र देशप्रेमी पनि छु नि त ।
 अङ्ग्रेजी पात्रोअनुसारको न्यू इयरका लागि मेरो कुनै ‘एक्साइमेन्ट’ छैन् । तै पनि साथीभाइबीच सौहार्दता बाँडेर न्यू इयर वीस सेयर गर्छु ।

कसैले मलाई ‘ह्याप्पी न्यू इयर’ भनेमा म ती सबैलाई ‘थ्याङ्क यू’ भनेर जवाफ दिनेछु । म अहिले ‘जब माया बस्छ’ चलचित्रको गीत छाँयाङ्कनका लागि व्यस्त छु ।
रेजिना उप्रेती/नायिका
 हरेक न्यू इयरका बेला म प्राय विदेशका कार्यक्रममा हुन्थेँ, धेरै वर्षपछि यसपल्ट म नेपालमा छु । यसपटक चलचित्र चिनोको प्रमोशनका लागि नेपालमा बसेकी हुँ । न्यु इयरका लागि होटल हायातमा डान्स पार्टी छ । मेरो यसपटककको न्यू इयर इभ त्यहीं हुन्छ ।
न्यू इयरकै ताकपारेर मेरो चलचित्र चिनो अल नेपाल रिलिज हुँदैछ, त्यसै मेसोमा म नेपाल टुरमा निस्कने योजना पनि छ । मैले यही चलचित्रका लागि हर्स राइडिङ र मार्सलआर्ट समेत गरेकी छु ।
ऋचा घिमिरे/नायिका
  मेरो त यस पटक बुबा वित्नुभयो, त्यसैले म शोकमा छु, न्यु इएरलाई विशेष रुपमा मनाउने मेरो सोंच छैन । त्यसमाथि मेरो होम प्रोडक्शनको चलचित्र तुलसीको निर्माण पनि अहिले धमाधम चलिरहेको छ । त्यसैले मेरा ध्यान न्यु इयरको रमाइलोमा भन्दा पनि चलचित्र तुलसीमै छ ।
थुप्रै साथिले नयाँ वर्ष पार्टीका लागि आग्रह गरिसकेका छन्, ती सबैलाई सरी भनेकी छु । बरु म चलचित्र ‘तुलसी’ को गीत छाँयाङ्कनका लागि न्यू इयरलगत्तै पोखरा र जोमसोमतिर जाने योजनामा छु । त्येले यसपटकको न्यु इयर परिवारसँग घरमा बसेर स्वागत गर्छु ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out