बलिउडबाट अंगप्रदर्शनको निम्तो

हिन्दी फिल्म 'लभ इन नेपाल’मा मैले अभिनय गरेको गीत 'कतरा...कतरा...ले म निकै चर्चामा आएँ । मेरो उदार अंगप्रदर्शनको आवश्यकताभन्दा बढी चर्चा भएको थियो । मलाई बलिउडबाट धेरै फिल्मका अफर आएका थिए, तर सबैमा अंगप्रदर्शन गर्नुपर्ने थियो । त्यसैले बलिउडप्रति मेरो मोहभंग भयो । 
१२ वर्ष भयो मैले फिल्म खेल्न थालेको । यस अवधिमा मैले २९ फिल्ममा नायिका भएर अभिनय गरेँ । तर, फिल्मबाट त्यति धेरै ज्ञान भने बटुलिएन । फिल्मबाट मैले 'मेकअप' गर्न जानेँ । मैले अभिनय थाल्दा फिल्म क्षेत्र जस्तो थियो, अहिले पनि त्यस्तै छ । फिल्मको भित्री स्वरूप फेरिएन 
आज पनि नेपाली फिल्मको नायक 'महानायक' नै छ । उसले फिल्ममा आफ्ना दर्जनौँ शत्रुलाई ढाल्छ, नायिकालाई बचाउँछ । पहिलेजस्तै नायक आफ्नावरिपरिका सबै शत्रुलाई तह लगाउन सक्छ । नायिकालाई गुन्डाबाट बचाउन सक्छ । आमाबाबुका लागि मायालु र इमानदार सन्तान भएर सिनेमामा देखिन्छ । विश्वासघात नगर्ने र बहुप्रतिभाशाली हुन्छ । आफ्नी पि्रयसी (हिरोइन)का अगाडि एकैपटक गायक र नर्तक दुवै हुन सक्छ । र, नायिका भने सधैँ कमजोर भूमिकामा देखिन बाध्य छ 
कथा, पटकथा र संवाद नै नायकलाई पराक्रमी पुरुष र नायिकालाई रुन्चे महिला खालको हुन्छ । कलाकारले त त्यही गर्ने जे फिल्मको कथाले माग्छ । नभए निर्देशकको अघि ऊ कमजोर साबित हुन्छ । निर्देशकले नायकलाई खलनायकभन्दा कमजोर बनाउन चाहँदैन । दर्शक पनि नायकलाई बलियो चरित्रका रूपमा देख्न चाहन्छ । हाम्रो समाज पुरुषप्रधान भएकाले फिल्ममा नायक यति बलियो र प्रभावशाली भएको होला 
मलाई राजेश हमाल बौद्धिक नायक लाग्छन् । उहाँ अध्ययनशील हुनुहुन्छ । नारीलाई सम्मान गर्नुहुन्छ र मिठो बोल्नुहुन्छ । फिल्मको सुटिङमा पनि किताब पढिरहेको भेटिन्छ उहाँलाई 
आदर्श नायक 'यस्तै' हुनुपर्छ भन्ने मलाई लाग्दैन । फेरि नायक चिटिक्क पारेर कपाल कोरेको, अरूले भन्नेजस्तो
'ह्यान्डसम' ह्नैपर्छ भन्ने म मान्दिनँ । मात्र यत्ति हो, नायकले आफ्नो भूमिकामाथि न्याय गर्न सक्नुपर्छ र चरित्रलाई राम्रोसँग बुझ्नुपर्छ । नायकहरूमाथि धेरै बोल्न चाहन्नँ । तर यत्ति हो, नेपालमा हरेक क्षेत्रमा पुरुष हाबी हुने भएकाले फिल्ममा नायकलाई बलियो बनाइएको हुन्छ । नायिकालाई कमजोर रूपमा प्रस्तुत गरिनुका कारण पनि सामाजिक सोचाइ नै हो । किनभने यहाँ सदीयौँदेखि नारीलाई कमजोर बनाइएको छ र अहिले ऊ त्यही कमजोरीबाट माथि उठ्न खोज्दै छे । फिल्ममा महिलालाई रोनाधोना, चुलोचौकामा मात्रै सीमित गरिनु महिलालाई कमजोर बनाउने एकखाले षड्यन्त्र हो 
सन् १९९७ अगस्टमा भएको मिस नेपालको ताज शिरमा पहिरिनुपहिले म धेरैखाले किताब पढ्थेँ । मेरो पारिवारिक वातावरणले पनि मलाई त्यो प्रेरणा दिएको थियो । कल्पनाको बेजोड संसार मेरो अघि हुन्थ्यो । त्यसअघि मैले टेलिभिजनमा मिस नेपाल प्रतियोगिता हेरेको थिएँ । मलाई पनि 'मिस नेपाल' हुन पाए कस्तो होला भन्ने लाग्थ्यो । तर, मिस नेपालको भन्दा बढी मलाई फिक्सन र ननफिक्सन पढ्ने ध्याउन्न हुन्थ्यो । त्यसवेला मैले पढेका किताबले बेग्लै प्रभाव पारेका थिए । नेल्सन मन्डेलाको 'अ लङ वे टु पि|mडम' मैले पढेमध्ये प्रभाव पारेको पुस्तक हो । त्यस्तै ज्याक कर्नफिल्डको 'लिभिङ धर्मा' र टोनी मोरिसनको 'बिलभेड' पनि मलाई मन परेका किताब हुन् 
म मिस नेपाल भएपछि धेरैखाले प्रतिक्रिया आए । धेरैले 'अब तिमी समबडी' भयौ,' भने । १३ वर्षअघि मिस नेपाल भएर पत्रिकामा मेरा ठुल्ठूला फोटा देख्दा मलाई साह्रै अनौठो लागेको थियो । म मिस नेपाल हुनु एउटा संयोग थियो । जीवनमा संयोगहरू धेरै जुर्दा रहेछन् । मिस नेपाल हुनु पनि मेरो जीवनको एउटा टर्निङप्वाइन्ट बन्यो । मेरा इच्छा र चाहना सीमित रहेनन् । तर त्यसैवेला लागेको थियो, जीवनमा केही बन्न पनि सकिन्छ, केही नबन्न पनि सकिन्छ । मिस नेपाल बनेको वर्ष दिनपछि अर्थात् सन् १९९८ मा प्रकाश साय्मिले 'हतियार' फिल्ममा मलाई नायिकाको प्रस्ताव गर्नुभयो । मैले खेलेका धेरै फिल्म फ्लप भए । अहिले लाग्छ- मलाई सुहाउँदो भूमिकामा निर्देशकले कहिल्यै खेलाएनन् । अरू हिरोइनको जस्तै भूमिका मलाई दिए । तर, म अरूभन्दा भिन्दै भूमिका रुचाउँथेँ । एउटा पनि त्यस्तो निर्देशक मैले भेटिनँ, जसले मलाई सुहाउँदो भूमिका दिऊन् 
यो अभिनय यात्राबाट क्यामराअघि कसरी उभिनुपर्छ भन्ने जानेँ । कलाकारले आँखाले देखेका यथार्थ पात्रको कथा र मनैदेखि अनुभूत गरेको पात्रको पीडाले मात्रै उसले जीवन्त अभिनय गर्न सक्छ, चरित्रमा भिज्न सक्छ । जीवन्त अभिनय नगरी कलाक्षेत्रमा अडिन नसकिने रहेछ । फिल्ममा देखाइने परिवेश, मान्छे यहीँका हुन् । समाजकै छाया पर्दामा देखाइने हो 

फिल्ममा नायिकाको भूमिका एकोहोरो देखाइन्छ । सधैँ दुःख र रुवाइ मात्र उसको भागमा पर्छ । उसलाई दुःखी पात्रका रूपमा प्रस्तुत गर्नुका कारण सामाजिक विषयप्रति गम्भीर हुनुभन्दा सिनेमाको बिक्रीलाई प्रमुख रूपमा लिनु हो कि ? नायिकाले समाजको नारी वर्गलाई बोकेको हुन्छ । यहाँ धेरै छन् दुःखी नारी । उनीहरूको दुःख फिल्ममा देखाउन खोजिएको होला । फिल्ममा हिरोइनलाई प्रस्तुत गर्ने शैलीले समाजको वास्तविक प्रतिविम्ब देखिन्छ । समाजको गाम्भीर्य पनि फिल्ममा हुँदैन । झन् महिला पात्रले त समाजका वास्तविक पात्रप्रति न्याय गर्न सकिरहेका छैनन् । नाच्न जानेर, सुन्दरी मात्र भएर हिरोइन हुन सकिन्न । तर, सुन्दरी त हुनैपर्‍यो । बडी ल्याङवेज (हाउभाउ) पनि उत्तिकै आवश्यक छ 

सन् २००३ मा भारतीय निर्देशक रजत मुखर्जीले 'लभ इन नेपाल'मा मलाई अनुबन्ध गरे । त्यसको गीत 'कतरा...कतरा...'ले म बढी चर्चामा आएँ । गीतमा मैले उदार भएर दिएको अंगप्रदर्शनका लागि बढी चर्चा भएको थियो । अहिले भए म त्यस्तो सिन दिन्नथेँ । अहिलेचाहिँ वेला-वेला सोच्छु- मैले हदै पो अंगप्रर्दशन गरेँ कि ? तर, त्यसप्रति मलाई कुनै पछुतो छैन । जे गरेँ, ठीकै गरेँ भन्ने लाग्छ । अहिलेचाहिँ अंगप्रर्दशनप्रति कुनै मोह पनि छैन । त्यसपछि पनि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइएको थियो, तर सबै अंगप्रदर्शनकै भूमिकामा । तर, मलाई बलिउडका फिल्म खेल्नै मन लागेन 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out