यौन शोषणको आरोपमा शिक्षिकाद्वारा सांसदको हत्या

काठमाडौं, पुस २० - भारतको बिहारस्थित पूर्णिया जिल्लाका सांसद राजकिशोर केसरीको मंगलबार बिहान छुरा प्रहार गरी हत्या गरिएको छ । यौन शोषणको आरोपमा स्थानीय महिला रुपम पाठकले छुरा प्रहार गरी केसरीको हत्या गरेकी हुन् ।
भारतीय जनता पार्टीका सांसद केसरी आफ्नो निर्वाचन क्षेत्रको बैठकमा सहभागी भइरहेकाबेला स्थानीय विद्यालयकी शिक्षिका पाठकले पेटमा छुरा हानेकी हुन् । छुरा प्रहारपछि घाइते ५१ वर्षिय सांसदको अस्पताल पुर्‍याउनेवित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ । सांसद समर्थकले आक्रोसमा कुटपिट गर्दा पाठक गम्भीर घाइते भएकी छन् ।

प्रहरीले हत्यामा संलग्न पाठकलाई पक्राउ गरेको छ । पक्राउ परेकी शिक्षिका पाठकले आफूमाथि केसरीले तीन वर्षदेखि बलात्कार गरेको आरोप लगाएको पूर्णियाका प्रहरी महानिर्देशक निलमणिले जानकारी दिएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
बिहारका मुख्य मन्त्री नितिश कुमारले सांसद हत्याको अनुसन्धान गर्न निर्देशन दिएका छन् । नितिशको निर्देशनमा उपमुख्य मन्त्री सुशील कुमार घटनास्थल पुगेका थिए । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out