जमकट्टेल समूहद्वारा आफ्नै महासचिवको अपहरण र कुटपिट

किरण भण्डारी/उजिर मगर, काठमाडौं, फागुन १८ - एकीकृत माओवादी स्थायी समितिको निर्णयलाई चुनौती दिँदै अखिल नेपाल ट्रेड युनियन महासंघ कब्जा गरेका अध्यक्ष शालिकराम जमकट्टेल पक्षले आफ्नै संगठनका उपमहासचिव लालध्वज नेम्वाङ्लाई अपहरण गरी कुटपिट गरेको छ।

पार्टी अध्यक्ष दाहाल निकट जमकट्टेल पक्षले उपाध्यक्ष बाबुराम भट्टराई खेमाका नेम्वाङ्लाई मंगलबार दिउ“सो पाटन औद्योगिक क्षेत्रबाट अपहरण गरी चार घण्टा बन्धक बनाएको छ।
तीन खेमामा विभाजित मजदुर मध्ये वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहका मजदुर नेता बद्री बजगाईको पहलमा नेम्वाङ अपरान्ह सवा ५ बजे मुक्त भएका छन्। भट्टराई घटनाको घोर भर्त्सना गर्दै अपराधीलाई तुरुन्त कारबाहीको माग गरेका छन्। पहिले कारबाही थालेर छानबिन थाल्नुपर्ने उनको धारणा छ। 'भोलि (बुधबार)को स्थायी समिति वैठकमा यो विषय गम्भीर रुपमा उठ्नेछ,' नागरिकसित संक्षिप्त कुरा गर्दै भट्टराईले भने।

मजदुर संगठनको विवादबारे छलफल गर्न पार्टी स्थायी समितिले सोमबार डाकेको बैठकमा नेम्वाङले नामै किटेर जमकट्टेलको आर्थिक अनियमितता लगायत 'कर्तुत'बारे बोलेका थिए। वैद्य र भट्टराई पक्षधर मजदुर नेताले त्यसकै बदला लिन भोलिपल्टै नेम्वाङ्को अपहरण गरिएको आरोप लगाएका छन्।

'तँ बाबुरामको मान्छे। बाबुराम भारतीय दलाल हो। बाबुराम पक्षधरको हालत यस्तै हुन्छ। मोहन वैद्य किरण सिरण मान्दैनौं। प्रचण्ड बाहेक अरु कोही छैन,' चार घण्टे बन्धक अवधिमा मजदुरहरूले दिएको तनाव स्मरण गर्दै नेम्वाङले भने।

बेकरी कारखानाबाट अपहरणमा परेपछि औद्योगिक क्षेत्रको कल्याण भवनमा चार घण्टा थुनिएका नेम्वाङ्ले जमकट्टेलका घनिष्ठ राजन तिमल्सिनाको नेतृत्वमा अपहरण गरिएको बताए। महासंघ उपमहासचिव तिमल्सिना अनुशासन कारबाहीमा परी निलम्बनमा छन्।

तिमल्सिनाले नेम्वाङ्को अपहरणबारे कुनै जानकारी नभएको बताए। 'मेरो नाम मुछिएको थाहा पाएँ, तर यसबारे कुनै जानकारी छैन,' उनले भने।

बजगाईको तेस्रो खेमाले नेम्वाङ अपहरण भएको पुष्टि गर्दै जमकट्टेलको डिजाइनमा तिमल्सिनालाई बन्धक बनाउनेदेखि कुटपिट गरेको बताएको छ। 'जमकट्टेल पक्षले आफ्नो मौलिक चरित्र अनुसार अर्को हर्कत गरेको छ,' बजगाईले नागरिकसँग भने, 'यो संगठनभित्र अराजकता र गुण्डागर्दीको पराकाष्ठा हो।'

अपहरण परेपछि संचार सम्पर्कबाट विच्छेद गराइएका नेम्वाङ्ले आफू बजगाई समूहको सहयोगले चाँडै मुक्त भएको बताएका छन्।

नेम्वाङसँगै रहेका विष्णु आले मगर घेराबाट भाग्न सफल भएपछि अरुले अपहरणबारे जानकारी पाएका हुन्। 'विष्णुजीले टेलिफोनबाट जानकारी नगराएको भए जमकट्टेलहरूले नेम्वाङ्लाई जे गर्न पनि सक्थे,' बजगाईले भने।

आलेबाट जानकारी पाएपछि बजगाईले पार्टी नेतालाई घटना विवरण सुनाए। 'हिजो मात्र पार्टी अध्यक्ष कमरेडले गुण्डागर्दी भएमा स्पटमै कारबाही हुन्छ भन्नुभएको थियो,' बजगाई भन्छन्, 'त्यो भनाइ र जमकट्टेलको काम गराइ मिलेन भनेर धेरैस“ग कराएँ।'

अपहरणको सूचना पार्टी नेतामा फैलिएको र बजगाई समूहका मजदुरले उद्वारमा जान तयारी गरेको थाहा भएपछि नेम्वाङ मुक्त भए।

नेम्वाङ प्रकरणपछि माओवादी मजदुर संगठनभित्रको चरम गुटवन्दी अपहरण र मारकाट चरणमा प्रवेश गरेको छ। पार्टीलाई अनुशासित देखाउन कमजोरीको गन्ध ढाकेर राख्ने कम्युनिष्ट प्रवृत्ति विपरित नेता/कार्यकर्ता खुलेयाम पक्ष/विपक्षमा उत्रिएका छन्।

'नेम्वाङ हाम्रा हैनन भट्टराई लाइनका हुन्,' बजगाईले भने, 'विचारबाट स्खलित भएकाबाट जोसुकैलाई जोगाउनु कर्तव्य ठानेका छौ।' महासंघदेखि पार्टीसम्म कारवाहीको दबाब परेपछि अत्तालिएका जमकटेलले केही सातायता सय भन्दा बढी मजदुर कुटिसकेको उनले बताए।

'केही अघि मात्र सुत्केरी महिलालाई कुटिएको छ,' घटनाबारे विज्ञप्ति जारी गर्दै बजगाईले भने, 'मजदुर कुट्नेलाई कारबाहीको जोडदार माग गर्छौ।' पार्टीले आपराधिक हर्कत गर्नेलाई अझै यथेष्ट कारबाही नगरी उन्मुक्ति दिएमा नेतृत्वको मुकाबिला गर्न तयार रहेको उनले बताएका छन्।

सुत्केरी महिलालाई कुटपिट गरेको आरोपमा निलम्बनमा परेका तमिल्सिना नेम्वाङ्को अपहरणमै मुछिएका व्यक्ति हुन्। उनले अपहरणको आरोप अस्विकार गरे पनि सुनेको भन्दै घटना विवरण बेलिविस्तार लगाए।

'नेम्वाङले समानान्तर समिति बनाउन खोजेकोमा मजदुरबाट प्रतिकार भएछ,' उनले भने, 'त्यसपछि भाग्न खोज्दा मोटरसाइकल लडेर नेम्वाङ सामान्य घाइते मात्र भएका हुन् भन्ने मैले सुनेको छु।'

जमकट्टेल धादिङ्गमा रहेकाले उनलाई लगाएको आरोप सरासर झुठो भएको दाबी तिमल्सिनाको छ। शालिकरामको कर्तुतविरुद्व आवाज उठाउनेको जीब्रो काट्न बन्धक बनाउने अपराध गरेको भन्ने अरु मजदुर नेताको आरोपको उनले प्रतिकार गरेका छन्। संगठनको कारबाही गर्न लागेका नेम्वाङ्ले बिषयान्तर गर्न झुठो नाटक रचेको तिमल्सिनाले बताए।

'पोइल जान केटा ठीक्क पारेकी आइमाईले लोग्नेले खान लाउन दिएन भने जस्तै निहुँ नेम्वाङहरूलाई चाहिएको छ,' तिमल्सिनाले भने। पार्टीले महाधिवेशन आयोजक समितिमा झारिसकेपछि त्यसको अवज्ञा गर्दै जमकट्टेलले विस्तार गरेको केन्द्रिय समितिले नेम्वाङ सहित झण्डै एक दर्जन मजदुरलाई अनुशासनको कारबाही गर्न ठीक्क पारेको छ। शुक्रबारको निर्णय भनी उनीहरुलाई कारबाही गर्न स्पष्टिकरण सोधिने विज्ञप्ति जमकट्टेलले आइतबार जारी गरेका छन्।

जमकट्टेल निकट तिमल्सिनाले संगठनको इकाई चलाउन नसक्ने नव प्रवेशीलाई केन्द्रिय नेता बनाउनाले अहिलेको अवस्था आएको बताए।

नेम्वाङको तत्कालीन पार्टी एकता केन्द्रले माओवादीस“ग एकता गरेपछि उनले महासंघमा उपमहासचिवको जिम्मेवारी पाएका हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out