मोनिका बेदी नेपाली फिल्म खेल्न पोखरामा

सन्तोष पोखरेल, पोखरा, फागुन १६- नेपाली फिल्म 'परिचय'मा अभिनय गर्न भारतीय अभिनेत्री मोनिका बेदी आइतबार पोखरा आएकी छिन्। उनले सोमबारदेखि पोखरामा सुटिङ थाल्नेछिन्। फिल्ममा उनी निखिल उप्रेतीको जोडी बनेकी छिन्। पहिलोपटक पोखरा आएकी उनले यहाँको सुन्दरताले मन लोभिएको बताइन्।
'मैले सुनेजस्तै पोखरा साँच्चै सुन्दर रहेछ,' पोखरा विमानस्थलमा ओर्लिने बित्तिकै उनले नागरिकसँग भनिन्, 'नेपालीको आत्मीयता र मिठो बोलीले म प्रभावित भइसकेकी छु।'
मोनिकाले भारतका तमिल, तेलगु, बंगाली, हिन्दी, पञ्जाबी लगायतका ६ भाषाका २१ फिल्ममा अभिनय गरिसकेकी छिन्। नेपाली उनको सातौं भाषा हुनेछ। 'परिचय' फिल्ममा अभिनय गर्दा मोनिकालाई नेपाली भाषाकै बढी चिन्ता छ। नेपाली भाषा नबु‰ने हुनाले केही समस्या हुने पिरलो छ।

'मैले नेपाली भाषा बुझ्दिनँ त्यसैले केही समस्या हुन सक्छ,' उनले भनिन, 'अरू कुरामा केही समस्या छैन। तर नेपाली भाषाको फिल्म खेल्न पाउँदा निकै खुशी लागेको छ।'
पछिल्लो समयमा नेपाली फिल्म क्षेत्र विकसित भएको आफूले सुनेको उनले बताइन्। अभिनयका क्रममा कुनै पनि 'कम्प्रोमाइज' नगर्ने उनको दृढता छ। 'मलाई नेपाली भाषाको फिल्ममा अभिनय गर्ने रहर पहिलेदेखि नै थियो,' उनले भनिन्।
उनले अभिनेता निखिल निकै मेहनती रहेको बताइन्। तीन दिनअघि मेरो निखिलसँग भेट भएको थियो, उनी निकै सिपालु कलाकार रहेछन् भन्ने बुझेँ,' मोनिकाले भनिन्, 'उनी सामान्य तर निकै पर्सनाललिटी भएका रहेछन्।
करिब २५ दिनको पोखरा बसाइको क्रममा मोनिकाले पोखराका विभिन्न ठाउँको भ्रमण समेत गर्नेछिन्। मुम्बईको सेलिब्रेटिज स्टारडस्टले निर्माण गर्न लागेको 'परिचय'को निर्देशन आकास पाण्डेले गर्नेछन्। 'गदर' लगायतका सुपरहिट फिल्ममा सहायक निर्देशक भइसकेका उनको टोली निर्माता सञ्जय नरेन्द्र लगायत ५० जनाको संलग्नता छ।
आकाश, निखिल र सञ्जय १५ वर्षदेखिका पुराना साथी हुन्। मुम्बईमा सँगै बसेका उनीहरू तीनै जनाले हिरो हुने चाहना राखेका थिए। 'हामी तिनैजना हिरो हुन चाहेका थियौं, तर हिरो, निर्देशक र निर्माता बन्यौं,' निर्देशक आकाशले भने, 'पुरानो साथी भएकाले निखिलसँगै मिलेर नेपाली फिल्म बनाउन लागेको हुँ।'
पारिवारिक कथामा आधारित 'परिचय'मा कमेडी पनि रहेको उनले बताए, 'राम्रो फिल्म बन्नेमा आशावादी छु।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out