वास्तविकता कि प्रचार मात्रै

यतिबेला नेपाली सिनेमा क्षेत्र अर्को एउटा हल्लैहल्ला बिच रुमल्लीएको छ । हल्ला चलाउने एकथरी छन् भने यो हल्ला मात्रै हो भन्ने र यसलाई नै सत्य मान्ने अर्को थरीको जमातबिच दोहोरी नै चलिरहेको छ । त्यो हल्ला भने हो,‘नायिका रेखा थापाले निर्माता छवि ओझासँग डिभोर्स गरिन् रे’!!

बिभिन्न अनलाईन पत्रिकाहरुले यो खबरलाई महत्वका साथ छाप्दै आएका छन् । तर हामीले यसको सत्यता कोट्याउने प्रयास गर्यौं । रेखापति छविसँग कुरा गर्दा, ‘लौन यो कुरा त मलाई थाहा भएन त’ भन्ने जवाफ आयो । ‘खोई रेखाजी के–के गर्नुहुन्छ, मलाई त थाहा छैन, उहाँलाई नै सोध्नुस’, छविले बताए । रेखा अहिले मालतीको भट्टीको डबिङ्गको शिलशिलामा ब्यस्त छिन् भन्ने सन्देश पनि छविले हामीलाई छाडे । यता रेखाको फोनमा मरिगए सम्पर्क हुन सक्दैन ।
अब सँचारमाध्यमहरुमा यस्तो कुरा नआओस् पनि कसरी, जबकी रेखा स्वयमले आफ्नो फेसबुक अकाउण्टको ‘रिलेशनसिप स्ट्याटस’मा ‘सिँगल’ लेखेकी छिन् ।

यि र यस्ता डिभोर्सका कुरा पहिला–पहिला पनि नआएका होईनन् । चाहे त्यो रेखा र छविको होस् या भुवन र सुस्मिता केसीको नै किन नहोस् । तर पनि यि र यस्ता सँवेदनशिल बिषयलाई प्रचार सामाग्री बनाईयो भने उसै त धमिलो बन्दै गएको नेपाली सिनेमा क्षेत्र झनै कलँकित नहोला भन्न सकिन्न ।

जहाँसम्म रेखाको डिभोर्सको कुरा छ, त्यो त भएको वा नभएको भन्ने कुरा पछि पर्दाफास भैहाल्छ नि । कतै यो नक्कली फेसबुक अकाउण्टको चलखेल त हैन ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out