महराको टेबुलमा नौ करोड

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन चिनियाँ व्यापारीसाग ५० करोड बुझेका माओवादी नेता कृष्णबहादूर महरा परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालय छोडेर सञ्चारमा जानुको रहस्य धमाधम खुल्न थालेका छन्।
डेढ करोड बुझेर विश्वनाथ गोयललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेका मन्त्री महराले नौ करोड नजराना लिने गरी सिटी मोबाइल प्रालिलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएका छन्। स्रोतका अनुसार प्रचण्ड सरकारका पालामा महरामार्फत् अघि बढेको सिटी लाइसेन्स दिने प्रक्रिया अहिले पुनः ब्युतिएको छ। प्रचण्ड सरकारमा महरा सञ्चारमन्त्री रहेका बेला २०६५ साल चैत्र २ गते सिटी मोबाइलले दिएको निवेदन कारबाहीका लागि दूरसञ्चार प्राधिकरणमा पठाइएको थियो। महराको तोकबाट अघि बढेको प्रक्रिया प्रचण्ड सरकार ढलेपछि अवरुद्ध बनेको थियो। सिटी मोबाइल संखुवासभामा जन्मेर हाल रुसमा बसोबास गरिरहेका माधवप्रसाद लिङथेपको नेतृत्वमा खुलेको कम्पनी हो। उक्त कम्पनीमा लिङथेपको २४ प्रतिशत तथा साइप्रसको वेलिङटन प्रालि, फ्रान्सको भोडाफोन, युके र स्विट्जरल्याण्डको एक कम्पनीको गरी ७६ प्रतिशत शेयर छ। स्रोतका अनुसार केही दिन अघि नेपाल आएका लिङथेपले मन्त्रीसाग लाइसेन्स प्रक्रियालाई अघि गुप्त भेट गरिसकेका छन्। यो भेटपछि दूरसञ्चार प्राधिरणमा अध्यक्ष डा. भेषराज काडेलले टेण्डर आह्वान गर्ने तयारी गरेका छन्। यो काममा पन्थी थरका इन्जिनियर तथा दवाडी थरका वकिल सक्रिय रहेको बताइएको छ। सिटी मोबाइलको नेपाल प्रमुख रहेका लिङथेप भिओआईपी कल वाइवास गर्ने नाईकेका रूपमा चिनिन्छन्। उनले रसियाबाट भिओआईपी कल वाईपास गरी करोडौा रकम कमाइसकेका छन्। यही मुद्दामा उनका भतिज दिपनारायण लिङथेप गत मंसीर १२ गतेदेखि केन्द्रीय कारागारमा थुनामा छन्। उता प्रचण्डका व्यापारिक पार्टनर अजय सुमार्गीले महरा सञ्चारमन्त्री हुँदा लिएको हेल्लो मोबाइल एनसेललाई बिक्री गर्ने भएका छन्। यससम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out