सभासदकै परीक्षा नक्कली परीक्षार्थीबाट

एसएलसी परीक्षामा हुने अनियमितता रोक्न सरकारले त्यसमा संलग्न हुने र हुन लगाउनेलाई सार्वजनिक अपराधअन्तर्गत ६ महिना जेल र एक लाख जरिवाना गर्ने घोषणा गरे पनि प्रधानमन्त्री झलनाथ खनाल अध्यक्ष रहेको पार्टी एमालेकी एक सभासदको परीक्षा नक्कली परीक्षार्थीले दिएको खुल्न आएको छ ।  

बरहथवा परीक्षा केन्द्रमा आइतबार सभासद किरणदेवी यादवको नाममा परीक्षा दिन आएकी एक युवती 'भागेर उम्कन सफल' भएपछि यसको खुलासा भएको हो । स्रोतका अनुसार सभासदको नाममा उनकै स्नातक पढ्ने छोरीले परीक्षा दिइरहेकी थिइन् । नक्कली परीक्षार्थी भन्ने खुलेपछि ती युवतीलाई पक्राउ गरिए पनि सभासदकी छोरी भएको थाहा पाएपछि छाडिएको आरोप स्थानीय बासिन्दा र अन्य परीक्षार्थीले लगाएका छन् ।
केन्द्राध्यक्ष राजकुमार ठाकुरले 'आइतबारको परीक्षामा नक्कली परीक्षार्थी युवती भागेको' प्रतिक्रिया दिए । 'घटनापछि हेर्दा परीक्षा केन्द्रमा सभासद किरणदेवी यादव अनुपस्थित भएको पाइएकाले शंका पैदा गरेको छ,' उनले भने ।

पहिलो दिनदेखिकै परीक्षामा सभासद यादव उपस्थित भएको नदेखेको पनि उनले बताए । 'एक युवती कम्प्युटर स्क्यान गरेको प्रवेशपत्र लिएर आएपछि सक्कल प्रवेशपत्र ल्याउन भन्दा भागिन्,' उनले भने, 'ती युवतीले परीक्षा दिन नपाएपछि आइतबारको परीक्षामा सभासद यादवको सिट खाली रह्यो ।' यादवलाई एमालेले समानुपातिकबाट सभासद बनाएको हो । छानबिन हुन थालेपछि किरणदेवी यादवको नाममा परीक्षा दिन आएकी युवती भागेको जिल्ला शिक्षा अधिकारी हेमन्त सिंहले बताए ।

'सभासदको नाममा परीक्षा दिने नक्कली परीक्षार्थीलाई जानी-जानी छाडेको हल्ला चलेपछि पत्ता लगाउँदा मानपुर माविबाट सभासद यादवले नै परीक्षाका लागि आवेदन गरेको जानकारी पायौं,' केन्द्राध्यक्ष ठाकुरले भने । मानपुर सभासद किरणदेवीकै गाउँ हो । सुरक्षा निकायका अधिकारीले पनि सभासदले छोरीलाई परीक्षा दिन लगाएको जानकारी पाएको बताए । 'तर हामीले औपचारिक रूपमा भन्न मिल्दैन,' ती सुरक्षा अधिकारीले भने, 'हामीलाई पनि आइतबार मात्र त्यस्तो भइरहेको थाहा भएको हो ।'

सभासदको नाममा नक्कली परीक्षार्थीले परीक्षा दिएको समाचार काठमाडौंसम्म पुगेपछि केन्द्रको निर्देशनमा स्थानीय प्रशासनले छानबिन सुरु गरेको थियो । साँझ बसेको एसएलसी परीक्षा समन्वय समिति बैठकले 'परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न नसकेको' भन्दै केन्द्राध्यक्ष ठाकुरलाई जिम्मेवारीबाट बर्खास्त गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले कान्तिपुरलाई बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out