कमरेडको काखमा अरु नै बसेपछि

काठमाडौं। कुनै बेला यस्तो थियो, माओवादी सम्बद्ध पत्रकारहरूले ज्यानको बाजी लगाएर शहरको भौतिक सुख सविधा त्यागेर
जंगल पसेका थिए। माओवादी जनयुद्ध चलिरहेकै युद्धमैदानबाट उनीहरू पत्रकारिता गर्थे। युद्धमैदानबाटै पत्रिका र रेडियो चलाउँथे। क्रान्ति र पार्टीका लागि व्यवसायिक जीवन उनीहरूले त्यागेका थिए। शान्तिकालमा आएपछि पनि पार्टीका लागि उनीहरूले पत्रकारिता गरिरहे। तर अब त्यस्तो अवस्था रहेन। एउटा राष्ट्रिय दैनिक पत्रिका पार्टीकै असहयोगका कारण बन्द भएर करिव ५ दर्जनभन्दा बढी श्रमजीवी पत्रकार तथा कर्मचारी भोकभोकै सडकमा भौंतारिंदा पनि माओवादी नेतृत्वले सामान्य साहानुभूति पनि दिएको छैन। पार्टी नेताहरू सडकमा धूलो उडाउँदै करोडौंका प्राडो र पजेरो चढेर मोजमस्ती गरिरहेका बेला आफूहरूले क्रान्तिका लागि कुर्वानी गरेको इतिहाससमेत उनीहरूले बिर्सिदिदा क्रान्तिकारी पत्रकारहरू बिलखबन्दमा परेका छन्। प्रसंग माओवादी मुखपत्रका रुपमा प्रकाशित हुँदै आएको राष्ट्रिय दैनिक जनदिशा बन्द भएपछिको हो। पत्रकार शहीद कृष्णसेन इच्छुक स्मृति प्रकाशन प्रालिबाट प्रकाशित हुँदै आएको जनदिशा दैनिक पत्रिका बन्द भएको छ। त्यो पनि माओवादी नेतृत्वको घोर उपेक्षा र असहयोगका कारण। यो घटनाले माओवादीभित्र भावनात्मक र कामरेडी सम्बन्धको अन्त्य भइसकेको पनि पुष्टि भएको छ। पार्टीको लगानीमा संचालित हुँदै आएको जनदिशा दैनिक पछिल्लो समयमा पार्टीबाट एकसुको पनि नपाएपछि धरापमा परेको थियो। पुस महिनादेखि पत्रकार कर्मचारीले तलब समेत खान पाएका थिएनन्। यसबीचमा पार्टीका नेता तथा गुटले अलग अलग संचारमाध्यम चलाउने र प्रभावशाली नेताहरूले आफ्नो नातेदार तथा आफू निकटस्थहरूलाई व्यवसायिक संचारगृहहरूमा जागिर लगाउने प्रतिस्पर्धा चलेपछि क्रान्तिको सहयोगका लागि पत्रकारिता गरिरहेकाहरू उपेक्षित भइरहेका थिए। नेपाल एफएममा जनार्दन शर्मा प्रभाकरको लगानी भएपछि केही पत्रकार उतै काम गर्न थाले। त्यस्तै नयाँ पत्रिकामा वर्षमान पुनका लगानी छ भने एबीसीमा दिनानाथ शर्माको लगानी छ। प्रचण्ड पक्षधर वाइसीएल नेताहरूको लगानीमा लालरक्षकले धम्क्याएकै भरमा करोडौं कमाइरहेको छ भने अन्य नेताका पनि म्यागेजिनहरू प्रकाशित भइरहेका छन्। ती मिडियाहरूमा मोहन वैद्य पक्षधर पत्रकारहरूलाई निषेध गरिएको चर्चा पनि चलेको छ। तर पार्टीका आधिकारिक मिडिया भने धमाधम बन्द हुने अवस्था आयो त्यो पनि पैसाका कारण। ६५जना श्रमजीवी पत्रकार र कर्मचारी कार्यरत जनदिशा पत्रिका बन्द हुँदा पनि माओवादीका नेताहरूले किन बन्द भयो भनेर सोधीखोजी नगरेको र कसैले सहानुभूति पनि नदिएको दुःखेसो प्रधानसम्पादक गोविन्द आचार्यको छ। पुसदेखि तलब नपाएका पत्रकार कर्मचारीलाई पत्रिका बन्द भएपछि केही पैसा दिए पनि अझै उनीहरूको तलब चुक्ता हुन बाँकी छ। जनदिशा चैत २ गते बुधवारदेखि बन्द भइसकेको छ। जनदिशामा घरभाडा र तलब गरेर महिनामा ५ लाख रुपैयाँ खर्च भइरहेको थियो भने दैनिक ५० हजार खर्च हुन्थ्यो। पत्रिकाको नाममा जनवर्गीय संगठनहरूबाट ३ करोड रुपैयाँ पार्टीले उठाए पनि त्यतिबेलै २ करोड रुपैयाँ गायव पारिएको चर्चा पनि चलेको छ। यदि पत्रिकाको लागि उठेको सबै पैसा पत्रिकामा लगानी गरिएको भए आज पत्रिका बन्द हुने अवस्था आउने थिएन। २ करोड रुपैयाँको हिसाब नपाइएपछि जनदिशाका व्यवस्थापकले ऋण काढेर भने पनि केही समय पत्रकार कर्मचारीलाई तलब खुवाएका थ्एि। तर पार्टीले नै बेवास्ता गरेपछि कसका लागि गर्ने भन्ने प्रश्न उठाउँदै अहिले प्रकाशन बन्द भएको र अझै केही समय पत्रिका प्रकाशित नहुने स्रोतले जनाएको छ। उता गुटउपगुटकै कारण जनादेश साप्ताहिक पनि संकटग्रस्त बनेको छ। यही कारण जनादेश साप्ताहिक रंगीन रुपमा प्रकाशित हुँदै आएकोमा अघिल्लो साता श्यामस्वेत आकारमा त्यो पनि ४ पेजमात्र प्रकाशित भयो। जनादेशका प्रधानसम्पादक कोमल बराल मोहन वैद्य र सम्पादक मनऋषि धिताल, राजु क्षेत्री र अर्जुन थपलिया बाबुराम लाइनमा छन्। त्यस्तै संगीता खड्का प्रचण्ड पक्षधर हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out