बाबुराममाथि फेरि धोका

काठमाडौँ । आफ्नो पार्टीका शीर्ष नेताको काँधमा सुम्पन तयारी गरिएको एउटा महत्वपूर्ण जिम्मेवारीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अस्वीकार गरिदिएका छन्। विगतमा पनि पटक–पटक उनीमाथि धोकाको तरबार बर्साउँदै आएका प्रचण्डले पछिल्लो पटक फागुन १५ गते तत्काल ती नेतालाई कुनै पनि जिम्मेवारी नदिने अडान लिएका हुन्।
प्रचण्डले यसरी जिम्मेवारीबाट पन्छाउन खोजेको नेता अरु कोही नभएर एकीकृत नेकपा माआवादीकै उपाध्यक्ष एंव संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालका अध्यक्ष बाबुराम भट्टराई हुन्। प्रचण्डको पछिल्लो कदमले उनी भट्टराई प्रति कति धेरै रुष्ट र अनिच्छुक रहेछन् भन्ने तथ्य पुन पुष्टि भएको छ। प्रचण्डले स्वीकार गरेका भए अघिल्लो वर्ष नै माओवादीका तर्फबाट भट्टराई प्रधानमन्त्री बनिसक्ने संभावना थियो। त्यसबेला प्रचण्डले उनलाई प्रधानमन्त्री बन्न त दिएनन नै, अहिले उपप्रधान तथा अर्थमन्त्री बन्नबाट पनि रोक्ने प्रयास गरिरहेका छन्। एमाले उच्च स्रोतका अनुसार फागुन १५ र १६ गते एमालेका नेताहरूले मन्त्रालय बाँडफाडको विवाद मिलाउन उपाध्यक्ष बाबुराम भट्टराईलाई वरिष्ठ उपप्रधान र अर्थ मन्त्री दिन सकिने प्रस्ताव राखेेका थिए, माओवादी नेतृत्व समक्ष। तर त्यस प्रस्तावलाई प्रचण्डले ठाडै अस्वीकार गरेका थिए। भट्टराईलाई अर्थमन्त्री बन्नबाट रोक्नका लागि माओवादी अध्यक्ष प्रचण्डले नै एमाले स्थायी समिति सदस्य समेत रहेका भरतमोहन अधिकारीलाई उपप्रधान र अर्थमन्त्रीमा प्रस्ताव गरेका रहस्य दृष्टिले यस अघि नै खोलिसकेको छ। पछिल्लो पटक हिजो बिहान ११ बजेदेखि एमाले र माओवादी वार्ता टोलीबीच सिहंदरवारमा भएको छलफलमा पनि एमालेका तर्फबाट त्यस्तो प्रस्ताव राखिएको थियो। प्रचण्डले भट्टराईलाई उप र अर्थमन्त्रीमा अस्वीकार गर्नु पनि वार्ता निश्कर्षहीन हुनुको एउटा कारण थियो। स्रोतका भनाइमा त्यस वार्तामा उपाध्यक्ष भट्टराई पनि सहभागी थिए। एमालेका नेताहरूले वार्ताका लागि बोलाएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक गरिरहेका माओवादी नेताहरू त्यसलाई स्थगित गरी सिंहदरवार आएका थिए। माओवादी नेताहरूहरूले फागुन १६ गते बिहानै केन्द्रीय कार्यालय कोटेश्वरमा मजदुर नेताहरूलाई एकै थलोमा जम्मा गरेर त्यस संगठनमा देखिएको विवाद मिलाउन बैठक गरिरहेका थिए। प्रचण्डलगायत माओवादीका हार्ड–लाईनर नेताहरूले भट्टराईलाई उप र अर्थमन्त्रीमा स्वीकार गरेका भए एमालेले उप तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारबाट फिर्ता बोलाउने योजना बनाएको थियो। एमाले स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री खनाल, वरिष्ठ नेता ओलीले समाधानको मध्यमार्गी बाटो पहिल्याउन तपाईं उप र अर्थ मन्त्रीबाट हट्नुपर्ने भयो भनेर अधिकारीलाई भनिसकेका पनि थिए। यसअघि पार्टी भित्र पनि प्रायः मध्यमार्गी धारकै प्रतिनिधित्व गर्दे आएका अधिकारीले हुन्छ भनिसकेका थिए। हुनतः माओवादी अध्यक्ष प्रचण्डले यसपटक मात्र भट्टराईलाई धोका दिएका होइनन्। यसअघि पनि उनलाई धेरै पटक यस्तो धोका दिइसकेका छन््। कांग्रेस, एमालेका नेताहरूले एक वर्ष अघि नै माओवादीबाट भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए। तर, प्रचण्डकै अड्चनका कारण त्यसबेला कांग्रेस एमालेको प्रयासले सार्थकता पाउन सकेको थिएन। कांग्रेस नेता शेखर कोइराला, कृष्ण सिटौला, एमाले नेताहरू वामदेव गौतम, भरतमोहन अधिकारी, घनश्याम भुषाल, प्रदीप ज्ञवालीलगायत नेताहरूले पनि भट्टराईलाई प्रधानमन्त्री बनाएर निकासको ढोका खोल्न प्रचण्डलाई पटकपटक आग्रह गरेका थिए। त्यसबेला प्रचण्डले बरु कांग्रेस, एमालेलाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने तर भट्टराईलाई नसकिने जिकिर गरे। स्रोतका अनुसार त्यसबेला प्रचण्डले भट्टराईलाई प्रधानमन्त्री बनाउन स्वीकार गरेका भए माधवकुमार नेपाल नेतृत्वको काम चलाउ सरकार ८ महिनासम्म लम्बिने नै थिएन। गत असारमा नेपालले राजीनामा दिए लगत्तै पनि प्रधानमन्त्रीमा भट्टराईको नाम निकै चर्चामा आएको थियो। त्यसबेला मधेसवादी दलहरूले समेत माओवादीले भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारे आफूहरूले पनि सर्मथन गर्ने प्रतिबद्धता गरेका थिए। त्यो प्रतिबद्धतालाई पनि त्यतिकै उडाइदिए, प्रचण्डले। त्यति मात्र होइन, करिब एक महिना अघि प्रधानमन्त्री भएको निर्वाचनमा पनि दलहरूले माओवादीबा तर्फबाट भट्टराईलाई अघि सारे उनको जित निश्चित रहेको बताएका थिए भने विभिन्न संचार माध्यमले सर्वेक्षण गर्दा प्रधानमन्त्रीको योग्य उम्मेदवारका रूपमा भट्टराईको पक्षमा ६८ प्रतिशत मत खसेको थियो। भट्टराई ३० वर्षभन्दा लामो समय देखि निरन्तर कम्युनिष्ट आन्दोलनमा छन् । तर जुन समयबाट उनी त्यस आन्दोलनमा जोडिए त्यसै बेलादेखि त्यही पार्टी भित्रको एउटा तप्का निरन्तर उनको विरोध गर्न तल्लीन छ। विगतमा प्रचण्डको पक्षमा उभिएर भट्टराईको चरित्र हत्या गर्न उद्धत हुने र उनलाई मार्नुपर्छ भन्नेहरू अहिले माओवादी आन्दोलनबाटै बाहिरी सकेका छन्। तर, भट्टराई भने जनसेनाको घेरामा राखेर कारबाही गरिँदासमेत त्यही पार्टीभित्रै बसेर माओवादीलाई सुरक्षित अवतरणको बाटोमा ल्याउन खटिरहेका छन्। माओवादीका एक पोलिटब्युरो सदस्यका भनाइमा प्रचण्ड यतिखेर संगठनात्मक रूपमा मोहन वैद्य किरणसँग र बैचारिक रूपमा भट्टराईसँग प्रतिस्पर्धा गरिरहेका छन् । 'प्रचण्डले पार्टी भित्रको शक्ति सन्तुलन आफ्नो पक्षमा कायम राखि रहन भट्टराईलाई छेक्ने प्रयत्न गरेका हुन्। तर उनको यो अराजकतावादी नारा भित्रको दक्षिणपन्थी सोच हो। यसले उनी एकपछि अर्को गरी नियन्त्रणबाहिर गइरहेका छन्। पछिल्लो घटनाले त प्रचण्ड तानाशाही हुन भन्ने प्रष्ट भएको छ,' ती पोलिटब्युरो सदस्यको भनाइ छ। –दृष्टि साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out