भाउजु हत्याको आरोपमा देवर पक्राउ

दिलीप पौडेल, बागलुङ, चैत २० - आफ्नै भाउजु हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अधिकारी चौर- ४ का हिराबहादुर क्षेत्री रहेका छन्। गत असोज १९ गते देखि हराएकी क्षेत्रीकी भाउजु खिमसराको शव फेला परेपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो।
 घरबाट देवरसँग निस्केकी खिमसरा क्षेत्री बेपत्ता भएको ६ महिना पछि चिहान भेटिएपछि घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताए। 'देवरसँगै घुम्न निस्किएकी भाउ घर नर्फिएपछि उनै देवरले हराएको भन्दै खोजी गर्न उजुरी दिएका थिए,' चर्तुवेदीले भने, 'घटनाको अनुसन्धान गर्दै जाँदा उनै हत्यामा संलग्न भएको हुन सक्ने देखियो।
गत चैत ३ गते घर शव भेटिएपनि प्रहरीले परिक्षणका लागि पठाएको चिहानमा भेटिएको रक्त समूह, कपडा लगायतका प्रमाणका आधारमा क्षेत्रीको हत्या भएको पुष्टी भएपछि प्रहरीले देवरलाई पक्राउ गरेको हो। सो घटनामा इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक बीरबहादुर पुलामीको नेतृत्वको टोलीले घटनास्थल लगायत छरछिमेकसँग सोधखोज गरेर अनुसन्धान गरेको थियो। गाउँलेका अनुसार देवर भाउजुबीच अनैतिक सम्बन्ध भएको र सो सार्वजनिक हुने डरले हत्या गरेको हुन सक्ने प्रहरी नायव उपरिक्षक चर्तुवेदीले बताए। 'आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,' चर्तुवेदीले भने, 'मृतकको श्रीमान् विदेशमा रहेकाले पेटमा रहेको गर्भ लुकाउन हत्या गरेको हुन सक्छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out