कथा कुमारीआमाहरूको

हेटौँडा, बस्तीपुरकी कस्तूरी शर्मा, २५, नारायणगढ बस्ने सम्झना थापामगर, २० र माडी कल्याणपुरकी कल्पना क्षेत्री, २१, बीच कम्तीमा एउटा समानता छ। यी तीनै ख्यालख्यालमै कुमारीआमा बनेका हुन्। प्रेमको कमजोर धरातलमा फक्रिएको सम्बन्ध र त्यसैको परण्िाामका रूपमा उनीहरूले खेप्नुपरेको सामाजिक दुत्कार यी तीनको साझा नियति हो। हेटाँैडा, भैँसेकी उर्वशी विष्ट र हटिया माइत भई हाल कमानेमा बस्ने कौशिला ठकुरी पनि यस्तै पात्र हुन्, जसले कुमारीआमा बनेपछिको सामाजिक सास्ती खेपिरहेका छन् र आँखाभर िआँसु बहाइरहेका छन्।
यो परदिृश्य चितवन जिल्लाको हो। कहानी यत्तिमै सकिन्न। चितवन र छिमेकी जिल्ला मकवानपुरमा कुमारीआमाहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ र यो एउटा सामाजिक समस्याका रूपमा पनि देखा पर्दैछ।
कुमारीआमाहरूको विषयमा काम गररिहेको संस्था आदर्श गृहका अनुसार, चितवनमा मात्रै बर्सेनि १२ देखि १५ युवतीहरू कुमारीआमाको लाइनमा आइपुग्ने गर्छन्। गृहकी अध्यक्ष मीना खरेल भन्छिन्, "समाजभित्रै गुपचुप रहने यस्ता घटना कति छन् कति!" उनका अनुसार, कुमारीआमा बन्नेहरूमध्ये अधिकांश २५ वर्षमुनिका हुन्छन्। एसएलसी पनि पास नभएका स्कुले केटीहरू नै यस्तो समस्याको सिकार बन्ने गरेका छन्। चितवन जिल्ला अदालतमा मात्रै यतिखेर कुमारीआमासम्बन्धी सातभन्दा बढी मुद्दा दर्ता छन्। खरेलको अनुभवमा अधिकांश घटनामा माइती पक्षकाहरू कुमारीआमाका सन्तानलाई अरूको जिम्मा लगाएर छोरीलाई अरूसँग बिहे गर्न तम्सिन्छन्।
प्रेमपछिको गर्भाधान र त्यसपछि प्रेमीले छोडेर भोग्ने घटनाका धेरै पीडितहरूले सामाजिक तिरस्कार, घृणा र अपहेलना त सहेकै छन्, तीमध्ये धेरै अवसादग्रस्त पनि छन्। कहिलेकाहीँ त आत्महत्यासम्मका घटना पनि हुने गरेका छन्। जसको एउटा उदाहरण हुन्, तीन वर्षअघि काठमाडौँको कन्या क्याम्पसमा पढ्दै गरेकी पश्चिम चितवनकी एक कुमारीआमा। जसले आफ्नो सन्तानसहित आत्महत्या गरेकी थिइन्। स्थानीयका अनुसार, सामाजिक तिरस्कार खेप्न नसकेर तिनले आत्महत्या गरेकी थिइन्।

प्रेमी भागेपछि लोकलाज सहन गरेर माइतीकै शरणमा बस्ने बाध्यता छ, कुमारीआमाहरूलाई। जस्तो- पूर्वी चितवनको वीरेन्द्रनगरकी सम्झना थापामगर, २०। स्थानीय एक युवकसँगको प्रेमसम्बन्ध शारीरकि सम्पर्कमा विकसित भएपछि आमा बनेकी सम्झना अहिले माइतीकै शरणमा छिन्। केही महिना उनले आफ्नो बेपत्ता प्रेमीको खोजी पनि गरनि्। तर, प्रेमीको अत्तोपत्तो नलागेपछि उनी दु:खका दिनहरू काटिरहेकी छन्।

७ कक्षामा पढ्दै गरेकी चितवन, माडी कीर्तनपुरकी कल्पनाको पनि त्यस्तै कथा हो। आफ्नै स्कुलको कक्षा ९ का आपना पुरुष सहपाठीको प्रेमजालमा परनि्। किशोरी उमेरमै उनीहरूबीच शारीरकि सम्बन्ध कायम भयो र कल्पनाले माइतमै बच्चा जन्माइन्। तर, उनका प्रेमी पनि गाउँ छोडेर भागे। कल्पनाको दु:खको कथा यहीँबाट सुरु हुन्छ। सन्तान जन्माएको डेढ महिनापछि कल्पना प्रेमीको घर छिरनि्। स्थानीय बासिन्दाको पहलमा भगौडा प्रेमी खोजेर नवजातको न्वारान पनि गरयिो। तर, न्वारानपछि कल्पनाका प्रेमी फेर िगायब भए। कल्पना केही महिना कष्टसाथ गोठमा बसिन्। चरम कष्टका बीच उनी माइती फर्किन्। अहिले उनको बच्चा झन्डै पाँच महिनाको भइसकेको छ। तर, बाबुको अनुपस्िथतिमा जन्मदर्ता हुन सकेको छैन। कल्पना सुकुम्बासी माइतमा दु:खजिलो गरेर बसेकी छन्। न विवाह गरेको कुनै प्रमाण छ, न प्रेमी र प्रेमीका परविारले नै स्वीकाररिहेका छन्।

महिलाहरूलाई कानुनी हक दिने अभियानमा लागेकी जिल्ला बार एसोसिएसनकी पूर्वउपाध्यक्ष फूलमाया रानाभाट मोबाइल फोनबाटै प्रेमसम्बन्ध गाँस्न सकिने भएपछि कुमारीआमा बन्नेहरूको संख्या बढिरहेको बताउँछिन्। हेटौँडा घर भएकी कस्तूरी उप्रेती मोबाइल फोनका कारण पीडित बन्नेहरूमध्येकी त्यस्तै एउटा उदाहरण हुन्। उनी अहिले घर न घाटकी भएकी छन्। सुन्दा काल्पनिक कथाजस्तो लागे पनि कस्तूरी स्वयं त्यस घटनाकी मुख्य पात्रा हुन्। मोबाइलबाट जोडिएको प्रेमसम्बन्ध र त्यसैको जगमा टेकेर गरएिको विश्वासले अहिले उनी अलपत्र परेकी छन्। हेटाँैडाकी महिला अधिकारकर्मी मन लामाका अनुसार, ८० प्रतिशतभन्दा बढी घटनामा मोबाइल नै प्रारम्भिक माध्यम देखिन्छ।

जिल्ला प्रहरी कार्यालय, चितवनको महिला सेलकी उषा ढुंगानाका अनुसार, वाषिर्क आधा दर्जनको हाराहारीमा कुमारीआमाका घटनाहरू महिला सेलमा आउने गरेका छन्। उनी महिलाहरू नै चेतनशील नबनेसम्म यस्ता समस्या समाधान नहुने बताउँछिन्।

मोबाइल फोनबाट प्रेम गाँसेका कुमारीआमाहरूको व्यथाको अर्को पाटो हो, प्रेमी बेपत्ता भएपछि खोज्नै नसकिनु। जस्तो- डेढ वर्षअघि दिदीको घर गोरखा, खोप्लाङ पुगेर फर्केकी कस्तूरीको अनुभवले नै त्यो बताउँछ। फकर्ंदा उनी छेपेटारमा गाडी कुर्दै थिइन्। त्यहीबेला एक युवक उनीसँग चिनजान गर्न आइपुगे र कुराकानीकै क्रममा उनले मोबाइल नम्बर दिइन्। स्नातक दोस्रो वर्षकी छात्रा कस्तूरी हेटाँैडास्िथत आपनो घर पुगेपछि महेन्द्र नामका ती युवकसँगको निरन्तर सम्पर्कमा रहिन्। उनीहरूबीच दैनिक टेलिफोन आदानप्रदान हुन्थ्यो। टेलिफोनबाटै उनीहरूबीच प्रेमको टुसा अंकुरायो। कस्तूरी भन्छिन्, "त्यतिखेर विश्वास नहुने कुरै भएन।" यही विश्वासको डोरी समातेर कस्तूरीले महेन्द्रलाई दुईपटकसम्म भेटिन्। महेन्द्र पनि उनलाई नै भेट्न भनेर कतिपल्ट त हेटौँडासम्म धाउँथे। भेटघाट बाक्लिएपछि उनीहरूबीच यौनसम्पर्क भयो र कस्तूरी गर्भवती बनिन्। कस्तूरीकै शब्दमा बिहेको आश्वासन दिएपछि उनले गर्भपतन गर्ने विचारसमेत त्यागिन्।

प्रेमीकै पछि लागेर उनी नारायणगढ आएर एउटा होटलमा बसिन्। सात दिनसम्म होटलमा सँगै बसेपछि महेन्द्र उनलाई छोडेर भागे। एकातिर खर्चको अभाव र अर्कातिर बच्चा जन्मिने दिन पनि नजिकिँदै गर्दा होटलधनीले उनलाई सामुदायिक प्रहरीको जिम्मा लगाइदिए। त्यसैको केही दिनपछि कस्तूरीले बच्चा त जन्माइन् तर मृत। त्यसपछि मात्रै उनले बिहे गर्छु भनेर आश्वासन दिने महेन्द्र त दुई छोराछोरीका पिता भएको थाहा पाइन्।

यतिखेर कस्तूरी घर छोडेर भरतपुरमा कोठाभाडा लिई एक्लै बस्दै आएकी छन्। कानुनी उपचारको आशामा कस्तूरीले १७ भदौमा चितवन जिल्ला अदालतमा मुद्दासमेत दर्ता गरेकी छन्। प्रेमको नाटकमा परेर कस्तूरीले स्नातकको पढाइ बिगारनि् र घरसमेत त्याग्न बाध्य भइन्। भन्छिन्, "विश्वास गर्नु मेरै गल्ती थियो।" कस्तूरीका भगौडा प्रेमी महेन्द्र यतिखेर उनलाई मुद्दा नलड्न आग्रह गररिहेका छन्। तर, उनी न्याय नपाएसम्म पछि नहट्ने विचारमा छिन्। भन्छिन्, "जिन्दगीमा सबथोक गुमाएँ तर न्याय गुमाउँदिनँ।"

हेटाँैडामा कस्तूरी मात्रै एक्ली छैनन्, जसले कुमारीआमा बनेकै कारण सास्ती खेपिरहेका छन्। भैँसे गाविसका सचिव शंकर थापा बाबुको टुंगो नलागेका कुमारीआमाहरू सन्तान बोकेर तिनको जन्मदर्ता गर्न आउने अनेकन घटनाका साक्षी बनेका छन्। उनका अनुसार, कतिपय अभिभावकहरू घटना सार्वजनिक नहोस् भनेर छोरीका सन्तानलाई पनि आफ्नै हो भनेर जन्मदर्ता गराउन आउँछन्।

नजिक भएका कारण स्कुले उमेरका केटीहरू भागेर काठमाडौँ पुग्छन्, गर्भवती बन्ने र फर्किने कैयन् घटना भएका छन्, भैँसेवरपिरकिा गाविसमा। गाविस सचिव थापाका अनुसार, यस्ता घटनाहरूलाई अक्सर लोकलाजका कारण गाउँमै गुपचुप पारन्िछ। गाउँमा नयाँ बच्चा भित्रिन्छ तर नयाँ ज्वाइँ देखा पर्दैन। स्थानीय बासिन्दाहरूका अनुसार, भैँसैमा मात्रै माइत बस्ने कुमारीआमाहरूको संख्या ५० को हाराहारीमा छ।

केही महिनापहिले मात्रै श्रीकृष्ण माविको कक्षा ६ मा पढ्ने घन्टेखोलाकी कुन्ती पाखि्रन मोबाइल सम्पर्कबाटै काठमाडौँमा बस्ने केटासँग भएको प्रेमसम्बन्धपछि काठमाडौँ भागिन्। पछि सपनालाई भगाउने केटाकी श्रीमतीले नै सपनालाई गाउँ फर्काएकी थिइन्। स्थानीय महिला र माइती नेपालका प्रतिनिधिहरूको रोहवरमा केटालाई काठमाडौँबाट बोलाएर सहमति गराइएको थियो।

भैँसे-१ की उर्वशी विष्ट अहिले आफ्नी छोरीसहित माइतीमा बस्दैछिन्। उर्वशीको जीवनमा प्रेमको उपलब्धि भनेको दुई वर्षकी छोरी प्रकृति मात्रै हुन्। बच्चा जन्मेलगत्तै उनलाई छोडेर श्रीमान् बेपत्ता भएपछि उनी माइतीको शरणमा छिन्। कुमारीआमा भएकै कारण उनले आफ्नी छोरीको जन्मदर्तासमेत गर्न सकेकी छैनन्। जन्मदर्ताको अभावमा स्थानीय विद्यालयले उनकी छोरीलाई भर्ना गर्न मानेको छैन।

तीन वर्ष प्रेमको बाटो हिँडेकी उर्वशी गर्भपतनबारे पनि जानकार थिइन्। तर, उनका प्रेमीले गर्भपतन स्वीकारेनन्। उर्वशी भन्छिन्, "उनले नै बिहे छिट्टै गर्ने भनेपछि मैले बच्चा जन्माएँ।" तर, बच्चा तीन महिनाको भएपछि प्रेमी बेपत्ता भए। त्यसपछिका तीन वर्षसम्ममा उर्वशीले उनको कुनै खबर पाएकी छैनन्। हुन त बच्चा जन्मेपछि उनी पहिलोपल्ट प्रेमीको घरसमेत गएकी थिइन्। त्यतिखेर उनले आफ्ना प्रेमी विवाहित भएको थाहा पाइन्। भन्छिन्, "उसका त दुई बच्च्ाासमेत रहेछन्।"

माइती नेपाल, हेटाँैडाकी सह-संयोजक मन लामाका अनुसार, अधिकांश कुमारीआमाहरूको व्यथा सार्वजनिक हुन सकेको छैन। १३ वर्षदेखि महिला हकहितको क्षेत्रमा कार्यरत लामाको अनुमानमा मकवानपुरमा मात्रै एक सयभन्दा धेरै कुमारीआमाहरू छन्। तर, अधिकांश न्यायको खोजीमा अदालतसम्म पुग्दैनन्।

हटिया माइत भई हाल कमानेमा बस्ने कौशिला ठकुरी, ४६, को कथा पनि अन्य कुमारीआमाको भन्दा फरक छैन। सानै उमेरदेखि घर छोडेर हेटौँडास्िथत कपडा उद्योगमा काम थालेकी बजारमै डेरामा बस्िथन्। उनकै डेरा नजिक कपडा व्यापारी नारायणजंग मल्ल पनि बस्थे। एक-दुईपटकको देखादेखमा उनीहरूको आँखा जुध्यो, माया बस्यो र सम्बन्ध शारीरकि सम्पर्कसम्म पुग्यो। जब कौशिला गर्भवती भइन्, नारायण उनलाई छोडेर हिँडे। कौशिलालाई नारायणले आफ्नो घर नेपालगन्ज बताएका थिए। त्यसबाहेक कौशिलालाई नारायणका बारेमा अरू केही थाहा छैन।

बच्चा जन्मेपछिका वर्षमा कौशिला बच्चा काखी च्यापेर नेपालगन्जका दुई-चार गाउँ पनि घुमिन् तर प्रेमीको पत्तो लागेन। अहिले उनकी छोरी झन्डै २३ वर्षकी भइसकेकी छन्। तर, बाबुको पहिचान नहँुदा उनले नागरकिता पाउन सकेकी छैनन्। कौशिला भन्छिन्, "प्रेमको अन्धो विश्वासले जिन्दगी बर्बाद भयो।" प्रेमीले छोडेपछिका केही वर्षमा कपडा उद्योग पनि बन्द भयो। माइतीको शरणमा जान नसकेपछि कौशिला ०५७ मा कुवेत गइन्। वैदेशिक रोजगारबाट उनले सानो घर त जोडेकी छन् तर उनको मनको आगो अझै निभेको छैन। भगौडा प्रेमीको याद त यतिखेर उनलाई आउँदैन तर एउटै घटनाले मोडिएको जिन्दगीको बाटो उनी अझै हिँडिरहेकी छन्। भन्छिन्, "व्यावहारकि रूपमा हेर्ने हो भने कुमारीआमाहरूले कहिल्यै क्षतिपूर्ति पाउँदैनन्।"

(पीडित महिलाहरूको नाम परविर्तन गरएिको छ- सं)

माडीको अर्को कथा
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेनाबाट निकुञ्ज त सुरक्षित भएको छ तर माडीका केही युवतीहरू भने कुमारीआमा बनेका छन्। ०३२ सालमा निकुञ्ज सुरक्षार्थ ब्यारेकको स्थापना भएपछिका हरेक वर्ष माडीमा कुमारीआमाहरूको संख्या थपिँदो छ। ब्यारेकका सैनिक जवानसँगको प्रेमसम्बन्ध र त्यसैको परण्िातिबाट सन्तान जन्माएका कैयन् कुमारीआमाहरू बिचल्लीमा छन्। घाँस-दाउरा गर्न जंगल पसेका माडीका युवतीहरूको प्रेमले उनीहरूकै जीवनमा अवसादको बादल लगाइदिएको छ। यसरी अवसादको बादल लागेका ८२ महिला यतिखेर बाबुविहीन १ सय २२ छोराछोरीहरूलाई हुर्काइरहेका छन्।

तिनीहरूमध्येकै एक हुन्, कल्याणपुरकी अनिता चेपाङ, जसले आफ्नी १० वर्षकी छोरीको बाबुलाई हालै मात्र भेट्टाइन्। ०५६ सालमा महेन्द्र दल गणका सिपाही कालीप्रसाद चौधरीसँग प्रेमसम्बन्ध गाँसेकी अनिताले उनकै नासोस्वरूप ०५८ मा छोरी जन्माएकी थिइन्। छोरी नजन्मिँदै कालीप्रसाद सरुवा भए। त्यसपछिका १० वर्षमा उनले अनगिन्ती सास्तीहरू खेप्नुपर्‍यो। छोरीको बाबु खोज्न उनले गोरखाको पालुङटारदेखि हेटौँडाको सुपारीटार ब्यारेकसम्म चहारनि् तर भेटिनन्। छोरी जन्मिएपछिको माइती बसाइमा अनिताले अनेकन सास्तीहरू खेपिन्। अनिता भन्छिन्, "कतिले बैँशमा आँखा देखिनस् भने कतिले यसको बाबु को हो भनेर प्रश्नका तीर हाने।" अहिले अनिता आफ्ना माइतीको सहयोगमा नजिकै सानो झुपडी बनाएर दिन गुजाररिहेकी छन्।

अनिताजस्ता अधिकांश कुमारीआमाहरू सामाजिक तिरस्कार पनि खेप्दैछन्। अनिता भन्छिन्, "कुलको इज्जत फाली, समाजको नाक काटी भन्ने अवगाल अहिलेसम्म सुन्नुपरेको छ।"

अनिताकै जस्तो व्यथा छ, कृष्णनगरकी बाटुली दुरा, ३६, को पनि। प्रेमी भागेपछि उनी दु:खजिलो गरेर छोरी हुर्काइरहेकी छन्। ०५० सालमा श्रीनाथ गण कसराका सिपाही भोजबहादुर गुरुङसँग प्रेम गरेकी बाटुली बिहेपछिका पाँच महिना मात्रै श्रीमान्सँग बसिन्। त्यसपछि बाटुलीलाई छोडेर गएका भोजबहादुरको पत्तो छैन। बिहे दर्ता नभ्ाएका कारण उनी छोरीहरूको नागरकिता बनाउने समस्यामा छिन्। भन्छिन्, "मलाई ढाँटेर दोस्री श्रीमतीका रूपमा बिहे गरेको पछि मात्रै थाहा पाएँ।" उनीसँग भोजबहादुरका साथ खिचेको पुरानो र घुर्मैलो तस्िबर मात्रै बाँकी छ अब, जसले बाटुलीको पीडा मात्रै बल्झाउँछ।

सम्भवत: माडीमै सबैभन्दा पहिला कुमारीआमा बन्नेहरूमा पर्छिन्, सान्दिदी दुरा, ४९। ०३२ सालमा उनले सिपाही बनेर आएका यमबहादुर दुरासँग जंगलमा घाँस-दाउरा गर्ने क्रममा प्रेम गरनि् र भागी विवाह पनि। यमबहादुरले छोडेपछिका कैयन् वर्षसम्म सान्दिदीले समाजमा गर्नुपरेको संघर्षको कथा अहिले नयाँ पुस्ताका युवतीहरूसम्म सुन्दैछन्। सान्दिदी भन्छिन्, "मायाको जालमा परेर जिन्दगी गुमाउने क्रम रोकिएलाजस्तो छैन।"

पारालिगल कमिटी अयोध्यापुरकी अध्यक्ष मनकला आचार्यका अनुसार, अयोध्यापुरमा मात्रै १८ जना कुमारीआमा छन्, जसमध्ये अधिकांशका सन्तानका बाबुको पहिचान हुन सकेको छैन। र, तीमध्ये एक जनाको मात्रै नागरकिता बनेको छ। अधिकांश कुमारीआमा मानसिक तनाव पनि झेल्दैछन्। अनिता भन्छिन्, "छोरीलाई स्कुलमा बाबुबिनाकी भनेर हेप्छन्।"

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out