ठमेलमा यौनजन्य गतिविधि रोक्न सादा पोशाकमा प्रहरी

  • सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गर्नेलाई एक महिनासम्म कैद
  • आवासीय क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी
  • .वातावरणीय प्रदूषणविरुद्ध माइकिङ गर्दै प्रहरी
  • .बार र मसाज व्यवसायीसँगै घरधनी पनि कारबाहीमा
  • .व्यवसायको प्रकृतिअनुरूप आचारसहिंता लागू गरिने
ठमेल क्षेत्रमा खुलेआम यौनजन्य गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । त्यसका लागि खटिएका सादा पोसाकका सुरक्षाकर्मीले दोषीलाई हदैसम्मको कारबाही गर्नेछन् । रंगेहात पक्राउ परे प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित गराई कम्तीमा एक महिना थुनामा राखेर मुद्दा चलाउनेबारे ठमेलका सरोकारवाला सहमत भएका छन् । त्यसको अनुगमनका लागि सुरक्षाकर्मी परिचालन गर्नेबारे सहमति भएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । परिषद्, प्रहरी निकायहरू, उक्त क्षेत्रका चार वडा कार्यालय, मसाज र डान्स बारका प्रतिनिधिबीच आइतबार र सोमबार भएको बैठकले यस्तो सहमति गरेको हो । लैनचौर र दरबारमार्ग प्रहरी प्रभागले आइतबारदेखि ठमेलको अति संवेदनशील मानिएको सञ्चयकोष भवन, ज्याठा मार्ग र पकनाजोल क्षेत्रमा सडकका दुवै छेउमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । ठमेलको सामुदायिक र पर्यटक प्रहरीले हरेक दिन माइकिङ गर्दै मसाज, होटेल व्यवसायी र बार र घरबेटीहरूलाई त्यस्तो गतिविधि हुन नदिन चेतावनी दिन थालेको छ ।
श्रेष्ठका अनुसार मसाजको नाममा यौनजन्य गतिविधि चलाउने घरबेटी र डान्स बार कारबाहीमा पर्नेछन् । केही बारहरूले निजी सुरक्षा गार्डको नाउँमा १०/१२ जना दलालहरू राखेर यौनकर्मी मिलाउने कार्य गर्दै आएको प्रहरीको दाबी छ । परिषद् र प्रहरीले ठमेलभरि साताभित्र स्पष्ट आचारसहिंता उल्लेख गरिएका साइनबोर्डहरूसमेत राख्ने भएको छ । बढी भाडाको लोभमा यौनजन्य गतिविधिका लागि घर दिने घरधनीलाई सार्वजनिक अपराध ऐन र जीउ मास्ने बेच्ने मुद्दामा कारबाही चलाउने लिखित सूचना राखिनेछ । आचारसहिंताका प्रतिलिपि सरोकारवाला सबै व्यवसायीहरूलाई बुधबारसम्म पठाइसकिने परिषद्ले जनाएको छ । लैनचौर प्रहरी प्रभागका निरीक्षक शिवबहादुर सिंहले अहिले स्थिति नियन्त्रणमा रहेको बताए ।
'प्रत्येक बारमा पोसाक र परिचयपत्रसहितको एक सुरक्षा गार्ड मात्र राख्न दिइने उनले बताए । ठमेल प्रहरीले दुई महिनामा मसाज र बारमा कार्यरत १ सय ६६ जनालाई कारबाही गरे पनि अहिलेसम्म घरबेटीले उन्मुक्ति पाउँदै आएका छन् । स्थानीय वडा कार्यालयहरूको सहयोगमा झण्डै १ सय ७० घरबेटीको सूची तयार गरिएको निरीक्षक सिंहले जानकारी दिए । ठेगाना र टेलिफोनसहितको सूची तयार गरिएको छ । 
दरबारमार्ग प्रहरी प्रभागले स्थानीयको दैनिकी र आवागमनमा अवरोध पुग्ने गरी बसोबास क्षेत्रमा हुने यौनजन्य गतिविधिलाई रोक्न सादा पोसाकमा कान्तिपथदेखि ज्याठासम्मको क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको छ । यसैका लागि साँझदेखि अबेर रातिसम्म सादा पोसाकमा दस जना सुरक्षाकर्मी परिचालन गरिएको प्रभाग प्रमुख निरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । दोस्रो चरणको कारबाहीमा प्रशासनसहित मिलेर आचारसंहिता बनाइने र ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भएको श्रेष्ठले बताए । यसअघि २०६५ सालमा बनाएकेा आचारसंहिता कार्यान्वयन हुन सकेको थिएन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out