विवाहपछि अन्यत्र सम्बन्ध

एसएलसी परीक्षा सुरु हुनु केही दिनअघि कोचिङ क्लास 'बङ्क' गरेर आएकी एक किशोरीलाई मैले भेटेकी थिएँ । विद्यालयकै पोसाकमै आएकी ती छात्रालाई राम्ररी नचिनेकोले मैले केही सोधिन । भोलिपल्ट उनकी मिल्ने साथीलाई तिम्रो साथीले किन बङ्क गर्दै हिँडेको नि भनी सोधेँ ।

ऊ पूरा निराश छ, मम्मीको कारण, उनले भनिन् । मम्मीलाई असाध्यै घृणा गर्छ । आमाको कारण ? मैले फेरि प्रश्न गरेपछि उनले जवाफ फर्काइन्- 'उसको ड्याडी केही वर्षदेखि दुबईमा हुनुहुन्छ । एकदिन आमाको दराज खोल्दा पिल्स भेटिछ । बेस्सरी रूँदै मलाई फोन गरेर सुनाई । उसले अंकल भन्ने ड्याडीको साथीसँग मम्मीको अफेयर रहेछ ।' विवाहितको विवाहित वा अविवाहितसँगको सम्बन्ध हाम्रो समाजमा पहिलेदेखि नै रहे पनि अब भने खुल्नथालेको छ ।
 सम्बन्ध राख्ने व्यक्ति वा सम्बन्धका कारण पीडितले मन मिल्नेसँग आफ्ना कुरा बताउन थालेका छन् । नाम लुकाएर विज्ञसँग सुझाव लिनथालेका छन् ।
कुनै पनि सम्बन्ध चाहे मित्रताको होस्, चाहे विवाहको पालना गर्ने आ आफ्नै नियम हुन्छन्, तरिका हुन्छन् । अझ वैवाहिक सम्बन्धको जग त एकअर्काप्रतिको इमानदारी र विश्वासमा अडेको हुन्छ । हुन त तपाइ-हामी कसैले पनि आफ्नो वैवाहिक जीवनमा कहिल्यै फाटो आउँदैन भनेर ठोकुवा गर्न सक्दैनौं । एकअर्कालाई मनपराएर हुरुक्कै भएर बिहे गरेर सँगै बसेकाहरू पनि यस्तो सम्बन्धमा परेको हामीले देखेका छौं । सँगै बसेर बाहिर सम्बन्ध राख्नु विश्वासघात हो । यही विश्वासघातले प्रतिशोधको भावना पनि जगाउँछ । उमेरका हिसाबले मैले दिदी भनेर बोलाउने एकजनाले आफ्नो पतिको अरूसँग सम्बन्ध रहेको थाहा पाएपछि म पनि देखाउँछु भनेर अविवाहित पुरुषसँग सम्बन्ध राखिन् । पटक-पटक गर्भपतन गराइन् । जब ती पुरुषको अर्की महिलासँगको मित्रताबारे थाहा पाइन्, आफ्नो सम्बन्ध अन्त्य गरिन् ।
आफ्नो दाम्पत्य जीवन सुमधुर होस् भन्ने चाहना कसलाई पो हुदैन र ? तर भावनात्मक अन्तरङ्ग सम्बन्ध नहुँदा, एकअर्कालाई समय दिन नसक्दा, असमझदारी बढ्दै जाँदा, कम आकर्षणजस्ता कारणले विवाहेत्तर सम्बन्ध सुरुवात् हुनसक्छ । मनोविज्ञ सुमाया राईका अनुसार विकल्प खोज्न थाल्दा यस्तो सम्बन्ध स्थापित हुनपुग्छ । यस्तै सम्बन्धका कारण एक पूर्वमन्त्री घरपरिवारबाट सम्पर्कविहीन भएर बसे । एकजना वरिष्ठ प्रहरी अधिकृतले केही समयअघि आत्महत्या गरे । सामाजिक मूल्य-मान्यता मिचेर, कसैलाई छल गरेर बनाएको सम्बन्धका कारण नैतिकताको धरातलमा उभिनसक्ने स्थिति रहँदैन । फलानोसँग मेरो यस्तो सम्बन्ध छ भनेर समाजको अगाडि भन्न सकिँदैन । यसैकारण झूठमाथि झूठ बोल्नपर्ने असहज परिस्थिति आउन थाल्छ । तनावपूर्ण जीवन सुरु हुुन्छ । तनाव व्यवस्थापन गर्न नसकेर सहनशिलताको विन्दु नाघेपछि हत्या वा आत्महत्या गर्नसक्ने मनोविज्ञ राई बताउँछिन् ।
जब विवाहेत्तर सम्बन्धका कारण घरमा किचलो सुरु हुन्छ, यसको नकारात्मक असर छोराछोरीमाथि पर्छ । आफ्नो आमाबुवा बीचको सम्बन्ध राम्रो होस्, घरमा मायालुु वातावरण होस् भन्ने चाहना उनीहरूको हुन्छ । तर जब पारिवारिक वातावरण बिग्रन थाल्छ, उनीहरूको रेखदेख र वास्ता ध्यान कम हुुनथाल्छ, उनीहरू विस्तारै एक्लोपनको महसुस गर्न थाल्छन् । अरूसँग बोल्न मन नपराउने, आफैंमा सीमित हुनथाल्छन् । कुलतमा पर्ने खतरा यसले धेरै बढाउँछ । आफ्नो बुवाको विवाहेत्तर सम्बन्धका कारण बारम्बार डान्स रेस्टुरेन्टमा नाच्न धम्की दिने छोरीको मनस्थिति कस्तो हुन्छ होला ? आफ्नी आमाको सम्बन्ध थाहा पाएर छोरा कुलतमा लागेको उदाहरण सुन्दा तपाईंको मन कस्तो हुन्छ ? आमाबुवा भइसकेकाले सजिलै महसुस गर्न सकिन्छ ।

मैले केही दिनअघि भेटेको ती किशोरीले अब के गर्लिन् त ? साथीलाई कतिन्जेल आफ्नो कुुरा सुनाउलिन् ? आमाबुवा गतिला भए पो छोराछोरी गतिला हुन्छन् भनेर टोकस्नेको कमी छैन समाजमा । यस्तो बेलामा आफन्तले साथ दिएर आत्मबल बढाउनुपर्छ । व्यक्तिगत, पारिवारिक, सामाजिक समस्या बन्दै गइरहेको विवाहत्तेर सम्बन्ध अन्त्य गर्न सम्बन्ध गाँस्ने व्यक्ति नै प्रतिबद्घ हुनुपर्छ । जुनसुकै विषयमा खुला छलफल गरी दाम्पत्य जीवनमा रहेका असमझदारी हटाउने प्रयास गर्नुपर्छ । साथै घरपरिवारका अन्य सदस्यले आगोमा घिउ नथपी बिगि्रएको सम्बन्ध सुधार गर्न सकेको सहयोग गनुपर्छ ।
जतिसुकै खुला समाजमा पनि विवाहेत्तर सम्बन्धलाई रूचाइँदैन । अमेरिकाजस्तो खुला समाज भएको देशमा पनि अन्तर्राष्ट्रिय कम्पनीहरूले विश्वप्रसिद्घ गल्फ खेलाडी टाइगर उड्सको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि उनी विज्ञापनका लागि उपयुक्त प्रतिनिधि नभएको भन्दै उनीसँगको व्यावसायिक सम्झौता तोडेका थिए । हुन त कतिले यस्तो सम्बन्धलाई नितान्त व्यक्तिगत मामिला भन्छन् । कतिले यसलाई शारीरिक आवश्यकताका रूपमा लिन्छन् । तर कानुनी र सामाजिक रूपमा यो स्वीकार्य छैन । कुनै माध्यमबाट बाहिर आउला भनेर ढाकछोप गर्दागर्दै छोराछोरीले थाहा पाए उनीहरूमा कस्तो असर पर्ला ? गम्भीर भएर सोच्नैपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out