टाटु तन्नेरी

काठमाडौ, वैशाख ११ -  उनी तिघ्राको टाटु देखिने पोसाकमा थिइन् । शनिबार दिउँसो कलात्मक टाटुले उनको सौन्दर्य र यौवनको आकर्षणलाई झनै खुलाइदिएको थियो । 'नयाँ पुस्ताको नयाँ ट्रेन्ड हो,' ललितपुर मंगलबजारकी झरना सिल्पकारले शनिबार भनिन्, 'यसलाई सहज रूपमा लिनुपर्छ ।' शरीरलाई 'थप सुहाउँदो बनाउन' याक एन्ड यती होटलमा चलिरहेको टाटु सम्मेलनमा आएकी झरनाले टाटुमोहको जस भने आफ्नी आमालाई दिइन्, जसले कुनै बेला जिउमा धार्मिक टाटु बनाएकी थिइन् ।
विदेशीहरूको शारीरिक ढाँचा र टाटुले थपेको सुन्दरता देखेर नेपाली तन्नेरी पुस्ता पनि यसप्रति आकषिर्क भएको हुन सक्ने झरनाले तर्क गरिन् । 'समाजलाई त चाहनाले डोहोर्‍याउने न हो,' उनले भनिन्, 'समय बदलिसकेको छ ।'
टाटु सम्मेलनको दोस्रो दिन निधारदेखि खुट्टासम्म टाटु कुँदाउने र छेडाउनेको घुइँचो लोभलाग्दो थियो । यही भीडमा देखिइन्- न्युयोर्ककी हान्ना ग्रेस लिली, जो दुई वर्षदेखि काठमाडौंमै थिएटर पढाइरहेकी छन् । उनले सेताम्यै खुट्टामा कोराइरहेको टाटुहरूले उनको सुडौल शरीरलाई झनै मादक बनाइरहेको थियो । शरीरभरि टाटु भए पनि उनको मन भरेको रहेनछ ।
'दस वर्षदेखि शरीरमा टाटु भर्न थालें,' टाटु कलाकारका रूपमा काम गरेको अनुभवसमेत बोकेकी २० वषर्ीया हान्नाले भनिन्, 'देवी-देउताको टाटु भर्न मन पराउँछु ।'
टाटु कोर्न पुग्नेहरू गर्वका साथ शरीरका टाटु पनि प्रदर्शन गरिरहेका थिए । ओठ, नाइटो र छाती छेडाउने युवायुवती प्रशस्तै देखिए पनि उनीहरूचाहिँ मिडियामा सार्वजनिक हुन चाहेनन् । मित्रजनलाई भेट्न र समय बिताउन काठमाडौं आएकी हङकङकी दिव्या गुरुङको खुट्टामा देखिएको टाटु पनि उत्तिकै आकर्षक थियो । 'सानोमा दाइको शरीरमा देखेकी थिएँ, त्यसपछि रुचि बढ्यो,' दिव्याले भनिन्, '१३ वर्षअगाडि पहिलापटक टाटु बनाएँ, यो क्रम जारी छ ।' उनले जीवनभरि रहिरहने र मरेपछि आफैंसँग जाने हुनाले पनि यो अद्भुत कलाप्रति प्रेम बढेको बताइन् ।
अनेक सभ्यता र मुलुकका टाटु कलाकारहरूको उपस्थितिले राजधानीका टाटुप्रेमीको चाहना पूरा गर्न सहज भएको छ । धार्मिक, परम्परागत, काल्पनिकदेखि आधुनिक, फिगरेटिभ र अब्स्ट्रयाक्ट (अमूर्त) सम्मका टाटु बनाउने कलाकारहरू सम्मेलनमा छन् । 'भाषा बुझिरहनै पर्दैन,' मस्कोस्थित इरेजुमी टाटु स्टुडियोका माइकल गुसचिनले भने, 'युवायुवतीका चाहना चित्र र संकेतबाटै बुझ्छु ।' यसका लागि उनले तन्नेरीहरूले चाहनाअनुसारको चित्र गुगलमा सर्च गर्छन् र तत्काल शरीरमा उतार्छन् ।
आयोजकका अनुसार टाटुका लागि धाउनेमा ८० प्रतिशत युवा छन् । 'यसमा पनि ४० प्रतिशत युवती,' आयोजकमध्येका विजय श्रेष्ठले भने, 'कामकाजी, विद्यार्थी र व्यवसायी सबै खालका युवायुवती आइरहेका छन् ।' उनले विदेशीझैं नेपाली युवतीमाझ पनि शरीरका संवेदनशील अंग छेड्ने चलन बढ्दै गइरहेको बताए । टाटुलाई 'अभिव्यक्ति स्वतन्त्रता' प्रतीकको रूपमा समेत लिँदै उनले 'कला, धर्म, संस्कृति उजागर गर्न र टाटु कोर्नेहरू खराब चरित्रका हुन्छन् भने रुढिवादी सोच बदल्न' पनि सम्मेलन गरिएको बताए ।
पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्नुअघि उनीहरूले गत वर्ष  अगस्टमा ३४ टाटु कलाकारसहित राष्ट्रिय सम्मेलन गरेका थिए । सबैको जोस देखेर अन्तर्राष्ट्रिय सम्मेलन गर्न ऊर्जा मिलेको विजयले बताए । 'चित्रकलामा राम्रा भएका नेपालीहरू टाटु व्यवसायमा छन्,' उनले भने । तन्नेरीहरूकै घुँइचोबीच हरेक दिन टाटुसम्बन्धी प्रतियोगिता पनि भइरहेको छ । शुक्रबार पाखुरामा कोरिएका र शनिबार खुट्टामा कोरिएका टाटुहरूको प्रतियोगिता भएको थियो । आइतबार पिठ्यँु र छातीमा टाटु कोर्नेबीच प्रतिस्पर्धा हुँदै छ ।
हरेक दिन टाटुज अफ द डे र समापनका दिन वेस्ट अफ द शो घोषणा गरिने आयोजकमध्येका एक मोहन्स टाटु इन ठमेलका मोहन गुरुङले बताए ।
'टाटुप्रतिको मोह विपरीतलिंगीबीच हुने आकर्षणझैं देखिएको छ,' १३ वर्षदेखि यो पेसामा रहेका गुरुङले भने, 'नेपालीलाई विदेशी र विदेशीलाई नेपाली टाटु बढी मनपर्ने रहेछ ।' गुरुङकै भनाइलाई पुष्टि गर्दै थिइन् झरनाले । उनले तिघ्राको टाटु देखाउँदै भनिन्, 'यो त एउटा कला न हो । कलाको कुनै सिमाना हुँदैन ।' 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out