कांग्रेसको आकस्मिक रणनीतिले प्रचण्ड चकित

काठमाडौं, बैशाख १२ । नेकपा एमाले र माओवादीको गठबन्धन सरकारले हतार हतारमा लडाकु समोजना तथा आफैं अनुलताको संविधान जारी गर्ने रणनीतिक योजना सार्वजनिक गरेपछि लोकतान्त्रिक पार्टीहरूको नेतृत्व गर्दे आएको नेपाली काग्रेसले आफ्ना बरीष्ठ नेता शेरबहादुर देउवालाई राष्ट्रिय समितिको सरकार निर्माणका लागि अघि बढाउने आन्तरिक तपारी गरेको छ।
शिविरमा रहेका लडाकुलाई आगाम िहप्ता भित्रै समायोजना गर्ने कार्यतालिका सार्वजनिक गर्ने र संविधानको खाका बहममा ल्याउने र त्यसको जस आफूले लिने गरी तयारी स्वरूप अध्यक्ष प्रचण्डले जनविद्रोहको लडाई परिवर्तन गरी शान्ती र संविधानको बाटो तय गरेका हुन्। उनले यो रणनीति अगामी निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने निस्कर्ष सहित तय गरेका हुन्। एमालेका अध्यक्ष झलनाथ खनाल र मधेशका केही दलहरूलाई प्रभाव पारेर दुई तिहाई बहुमत देखाउने र नेपाली कांग्रेसको सहमति विना नै मुल मुद्धा जनमत संगं्रहमा लंैजाने गरी संविधान जारी गर्दा शान्ती र संविधान जारी गरेको आफ्नो पार्टीलाई मात्र जाने जिस्कर्ष सहित आफ्नो वा आफै अनुकुलको सरकारको नेतृत्वमा निर्वाचनमा जाने तयारी स्वरूप प्रचण्डले नयाँ रणनीति बनाएका छन्। तर परिस्थिती उनले विश्लेषण गरे जस्तो माओवादी अनुकुल नभएको राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन्। संसदीय व्यवस्थालाई आफ्नो मूल दर्शन मान्ने नेपाली कांग्रेस र आधा जनसंख्याको प्रतिनिधित्व गर्ने मधेशवादी दलहरू वामपन्थी गठबन्धनको विरुद्ध पं्रतिपक्षमा मात्र बसेका छैनन्। संझौताहिन संघर्षको धम्की सहित सडक आन्दोलनमा गएकाले प्रचण्डले बनाएको लडाकु समायोजन र संविधानको खाका सार्वजनिक हुने अवस्था छैन्। यसर्थ संविधानसभाको म्याद थप्नकै लागि झलनाथ खनालको राजीनामा आउने र यसैले लोकतन्त्रका लागि विगत देखि निरन्तर सहयोग गर्दै आएका भारत,अमेरिका,बेलायत मात्र होइन उत्तरको छिमेकी मुलुक चीन समेत राष्ट्रियता र प्रजानन्त्र एक साथ लिएर यसको नेतृत्व गर्न सक्ने नेताको खोजिमा रहेका बेला तीनको दवाव र प्रभावले नेपाली कांग्रेसको नेतृत्वलाई संघिय बाध्य बनाउदै लगेको छ। नेपालका वामपन्थी दलहरू भित्र चकदो द्धन्द र विभाजनको स्पष्ट धर्सा देखिदै गएको बेला नेपाली कांग्रेसले मेलमिलाको सन्देश दिने गरी पाच147 महिना सम्म अड्किएको कार्यसमिति मनोनयनको एजेण्डा टुंगोमा पुर्‍याएको छ। व्यक्तित्वका हिसाबले देशकै सबैभन्दा वरिष्ठ नेता र नेपाली कांग्रेसभित्र सभापति बराबरको हैसियत राख्ने शेरबहादुर देउवाको नाम अबको प्रधानमन्त्रीका रूपमा आउन थालेपछि माओवादीले समेत एमालेसँग मिलेर जाने रणनीति परित्याग गर्ने अवस्था देखिएको छ। एमालेसग मिल्दा मुलुकको राजनीतिले कुनै कदम चाल्न नसक्ने तर कांग्रेसका वरिष्ठ नेता देउवाले नेतृत्व गर्दा राष्ट्रिय अन्तराष्ट्रि समर्थन जुटाउ147दै संक्रमणकाल टुंगिने संकेत देखिएपछि माओवादीले पनि समर्थन गर्ने अवस्था आएको छ । आँफु कुनै हालतमा प्रधानमन्त्री निवार्चित हुन नसक्ने अवस्थामा एमाले भित्रका आफ्ना निकटस्थ झलनाथ खनाललाई समर्थन गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाध्य भएका हुन्। तर प्रधानमन्त्री निर्वाचित भएको तिन महिना बितिसक्दा पनि झलनाथ खनाल मन्त्रिपरिषद्लाई पुर्णता दिन समेत असफल भएका छन्। प्रधानमन्त्री खनालको यो सफलताले पार्टीको समेत साख गिरेको महशुस माओवादी र एमाले दुवै पार्टीले गरेका हुन्। दुवै पार्टीहरू भित्रभित्रै विकल्पको खोजीमा रहेको दुईसाता बितिसकेको छ। तर पनि उनिहरूले उपयुक्त विकल्प पाउन सकेका थिएनन्। राष्ट्रिय सरकार गठन गरी यथासिघ्र शान्तिप्रक्रिया र नया147 संविधान जारी गर्नका लागि देउवाको नेतृत्व बाहेक अर्को विकल्प छैन भन्ने ठहरमा एमाले र माओवादी एकबर्ष अघि नै पुगिसकेका थिए। तर त्यतिवेला नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता देउवालाई उम्मेदवार समेत बनाएनन्। विकल्पका रूपमा पौडेललाई अघि सार्‍यो। पौडेल अन्य पार्टीहरूले विश्वास जित्न सकेनन्। यसरी आँफुलाई प्राप्त अवसर नेपाली कांग्रेसले विर फाल्यो। नेपाली कांग्रेसले एकबर्ष समय खेर फाल्दा शान्तिप्रक्रिया र नया संविधान निर्माणप्रक्रिया जहा147को त147ही ठप्प भयो। पछिल्लो समयमा नेपाली कांग्रेसभित्रको कोइराला पक्ष पनि धरातलिय यथार्थतामा आईपुगेको छ। शुक्र बार सम्पन्न नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकले पुराना गल्ती सच्याएको छ। एक व्यक्ति एक पदको अवधारणा अघि सार्दै रामचन्द्र पौडेललाई पार्टीको उपसभापति बनाउने निर्णय गरेको छ । अब संसदीय दलको जिम्मेवारी वरिष्ठ नेता देउवालाई दिने सहमति भएको छ। सभापति शुसिल कोइराला पूर्वमहामन्त्री विमलेन्द्र निधि र प्रस्तावित महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि नेपाली कांग्रेसको शुक्रबारको बैठकमा उक्त सहमति भएको हो। उक्त सहमति अनुसार नेपाली कांग्रेसले तत्काल संसदीय दलको नेता परिवर्तन गर्ने छ। बैशाख महिनाभित्रै कांग्रेसका वरिष्ठ नेता देउबाको नेतृत्वमा मुलुकमा राष्ट्रिय सहमतिको सरकार बनिसक्ने गरी मुलुकको राजनीति अघि बढेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out