साँचो माया काँचो माया

म.र नितेश सहपाठी थियौं । 'एकदिन अचानक नितेशले 'आइ लभ यु रिया' ' म तिमीबिना बाँच्न सक्दिन' भन्यो । उसको यो वाक्यले मलाई कुनै कुरा सोच्ने मौकै दिएन । उसका सामु म लुली भएँ । यति राम्रो युवकले माया गर्नुभन्दा ठूलो सौभाग्य मेरा लागि के होला ? मलाई संसार जितेको अनुभव भयो । मैले उसलाई आँखामा सजाएँ । मेरो आँखामा उसको रूपभन्दा सुन्दर केही भएन । मलाई एकान्त मन पर्न थाल्यो । किताब-कापी पल्टाउन मन लागेन । आमा-बाले भनेका कुरा सुन्न मन लागेन । कोठाभित्र पसेपछि उसको तस्बिर साथी बन्यो । 
हामी विवाह गर्ने निर्णयमा पुग्यौं । म आमा-बाकी एक्ली छोरी । यो कुरा मैले आमा-बासामु पुर्‍याएँ । मलाई राम्रो शिक्षा दिई आत्मनिर्भर बनाउने उहाँहरूको सपना थियो । हाइस्कुल पास गरेर भर्खर इन्टर पहिलो वर्षमा पढिरहेको अवस्थामा यसरी विवाह बन्धनमा बाँधिने मेरो प्रस्ताव उहाँहरूले सुन्न पनि चाहनुभएन । उहाँहरूले घोर आपत्ति जनाउँदै त्यसलाई ठाडै अस्वीकार गर्नुभयो । म उहाँहरूको व्यवहारप्रति आक्रामक बनें, 'म अब ठूली भैसकें मलाई आमा-बाको आवश्यकता छैन । मेरो जीवनको निर्णय म आफै लिन्छु ।
आमा-बा संलग्न नभए पनि हाम्रो विवाह हुनसक्छ' भन्दै आवेशमा मैले उहाँहरूको अपमान गरें । म  नितेशका साथ भागेर पोखरा पुगें ।

हामी दुई हप्ता पोखरा बस्यौं । त्यसपछि दुलहीका रूपमा म नितेशको घरमा भित्रिएँ । नितेशको परिवार मसँग खुसी थियो तर नितेशले मसँग नचाहिने निहँँु खोजेर बारम्बार झगडा गर्न थाल्यो । ऊ कुनै दिन त बाहिर काम छ भनी घरै आउँदैनथ्यो । भनेजस्तो खान, लाउन र मोजमज्जा गर्न पाउँदा म खुसी नै थिएँ । विवाहको दुई वर्षपछि हाम्रो सन्तान भयो । सन्तानको जन्म भएलगत्तै नितेश बिरामी पर्‍यो ।  उपचारको सिलसिलामा रगत जाँच गराउँदा उसलाई एचआईभी भएको रहेछ । नितेशको यो स्थितिले म पागल भएँ । सुरुमा परिवारले उसलाई एचआईभी सारिस् भनी दोष दिएर मलाई साहै्र दुःख दिए । मेरो रगत जाँचपछि थाहा भयो, ममा भाइरस रहेनछ । 

अब मेरो जीवन के हुने भो ? आमा-बाले भनेका कुरा बल्ल सम्झना भयो- 'भावनामा बगेर गरेको प्रेममा धोका हुनसक्छ । आफू परिपक्व भैसकेपछि मात्र जीवनसाथी रोज्नुपर्छ भन्दा त्यसबेला मैले उहाँहरूलाई शत्रु सम्भिmएँ । उहाँहरूको मनमा चोट पुर्‍याएँ । अब कसरी उहाँहरूसामु यो गल्ती स्वीकार गरूँ ? आजभोलि मनमा नैराश्य र दिक्दारी मात्र छ । आफ्नो जीवन अन्धकार मात्र देख्छु । जीवन किन यस्तो हुन्छ होला ?'

रियाको यो जीवनकथा किशोरावस्थाका केटाकेटीले थाहा पाइराख्नु राम्रो हुन्छ । जीवन किन सोचेजस्तो हुँदैन भन्ने प्रश्नको जवाफ पनि थाहा पाईराख्नुपर्छ ।

प्रेम गर्नुअघि साँचो वा दिगो प्रेम र काँचो वा आवेगात्मक प्रेमको भेद छुट्टयाउन किशोर-किशोरीहरू नै चलाख हुनुपर्छ ।  प्रेम र शारीरिक आकर्षणको फरक छुट्याउन सक्नुपर्छ ।

प्रेम सुन्दर बगैंचा हो भने आवेगको आकर्षण बाघको खोल ओढेको ब्वाँसो जस्तै हो । विपरीत लिङ्गीप्रतिको प्रबल भावना वा आकर्षणको अनुभव आनन्दमय हुन्छ तर आवेगमा आई गरेको प्रेमको परिणाम दुःखदायी हुन्छ । प्रेम गर्नुअघि बाहिरी रूप वा आनीबानी मात्र नहेरी एक-अर्काको भित्री रूप चिन्न आवश्यक हुन्छ । भित्री रूपलाई चिन्नु भनेको उसको इच्छा, विचारधारा एवं जीवनप्रतिको धारणा जान्नु हो । एक-अर्कालाई प्रेम गर्न चाहने केटाकेटीबीच केही समय कुराकानी र छलफल गर्नाले जीवनप्रतिको दृष्टिकोण, एक-अर्काको  विचार, भावना तथा पारिवारिक स्थिति रहन-सहन बुझ्न मद्दत मिल्छ । यदि प्रेमी यौन सम्पर्क राख्न आतुर छ भने यसको दुष्परिणाम तत्काल सोच्न सक्नुपर्छ । यी कुरा बुझ्दै जाँदा सम्बन्ध सहज तथा सुखमय हुन्छ भन्ने लाग्छ भने प्रेम सम्बन्धका लागि अघि बढ्दा राम्रो हुन्छ । कुनै कुरा नसोची अन्धकारमा पाइला चाल्दा लडिने सम्भावना हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out