कान्समा सुन्दरीहरू

मुम्बई (एजेन्सी), वैशाख १५ - बलिउड अभिनेत्री ऐश्वर्या रायले कान्स फिल्म फेस्टिभलमा लगातार उपस्थिति जनाएको एक दशक हुँदै छ । यस पालि त्यो फेस्टिभलमा अभिनेत्रीहरू सोनम कपुर र फ्रिडा पिन्टो पनि सहभागी हुँदै छन् । ऐश्वर्याले तिनको खुलेर स्वागत गरेकी छन् ।  
'कान्समा भारतबाट यो वर्ष दुई सुन्दरीहरू सहभागी हुने भएपछि म धेरै खुसी छु,' नीला आँखावाली अभिनेत्रीले भनेकी छन्, 'सोनम र फ्रिडाको उपस्थितिले विश्वमा बलिउडको महत्त्व बढेको देखाउँछ ।'
आउँदो मे ११ मा हुने कान्स फिल्म फेस्टिभलको उद्घाटन दिवसमा पूर्व विश्वसुन्दरी रेड कार्पेटमा हिँड्ने छिन् । पति अभिषेक बच्चनबिना फेस्टिभलमा उपस्थिति जनाउने अभिनेत्रीलाई त्यहाँ रहन्जेल फुर्सद मिल्ने छैन । दस वर्षउता भारतबाट कान्समा प्रतिनिधित्व गरिरहेकी ऐश्वर्याले 'व्यक्त गर्न नसकिने अनुभव' रहेको बताएकी छन् ।
'आयशा' स्टार सोनम कान्समा गत वर्ष नै जाने हल्ला चलेको थियो ।
तर अन्तिमतिर उनी सहभागी हुन नसकेपछि विभिन्न अडकलबाजी चले । एउटा हल्लामा उनलाई ऐश्वर्याले जान नदिएको दाबी गरिएको थियो । आफूबारे विवादास्पद कुरा गरेका कारण सोनमलाई कान्समा जान नदिन ऐश्वर्याले आयोजकहरूसँग अनुरोध गरेको गाइँगुइँ चलेको थियो । दुवै अभिनेत्रीले त्यो कुरो हल्ला मात्रै रहेको बताएका थिए । उनीहरूबीच सुरुदेखि नै शीत युद्ध चलिरहेका कारण उनीहरूको प्रस्टीकरणमा
कमैले विश्वास गरे । तर ऐश्वर्याले सोनमलाई कान्समा यसपटक खुलेर स्वागत गर्नुले सम्बन्धको चिसोपन हट्दै गएको देखिएको छ ।
कान्समा सहभागिताको खुसीले सोनमका खुट्टा भुइँमा छैनन् । 'कान्सको रेड कार्पेटमा हिँड्नु मेरो बाल्यकालदेखिको सपना हो,' बलिउड स्टाइल डिभाले भनेकी छन्, 'विश्वका फिल्ममेकर्स र कलाकारलाई भेट्नका साथै चाखलाग्दा फिल्म हेर्न आतुर छु ।' 
'स्लमडग मिलिनियर' बाट हलिउडमा जमेकी फ्रिडा कान्समा एचआइभी/एड्सविरुद्ध लड्न चन्दा संकलन कार्यक्रममा सहभागी हुनेछिन् । 'कान्समा सहभागी हुने सबै कलाकारको चाहना हुन्छ । त्योसँगै महत्त्वपूर्ण कामका लागि केही सहयोग गर्ने कार्यक्रममा सहभागी हुन पाउने भएकाले मैले आफैंलाई भाग्यमानी महसुस गरेकी छु,' उनले भनेकी छन् ।
कान्समा भारतका यी तीन सुन्दरीलाई टक्कर दिन सेरिल कोल, इभा लङ्गोरिया, ग्वेन स्टेफनी, क्लाउडिया सिफर, प्याटि्रक डेम्से, डियन क्रुगर, जेन फोन्डा, मिला जोभोभिच, फान बिङबिङ, जेमिना नाभारेट, झ्याङ जिलिन, गोङ ली, डौजेन क्रुयस जस्ता सेलिबि्रटी समेत हुनेछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out