को होलिन् राजेशकी गर्लफ्रेन्ड ?

सात महिनाअघि मेरोसिनेमासँग कुरा गर्दै महानायक राजेश हमालले आफूलाई विवाहको आवश्यकता महसुस भैरहेको बताएका थिए । त्यसको केही महिना नबित्दै राजेशकी गर्लफ्रेन्डको खुलासा मात्र भएको छैन लामो समयदेखि दुईबीच अफेयर र डेटिङ चलिरहेको पुष्टि भएको छ । बिराटनगर घर भएकी २७ वर्षिया क्षेत्री थरकी एक युवती राजेशकी गर्लफ्रेन्ड भएको खुलासा भएको छ । तर ती युवती चलचित्र क्षेत्रबाहिरकी हुन् ।
स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयको आमसंचार संकायमा डिग्री अध्ययनरत ती युवतीलाई राजेशले आफ्नी भावी जीवनसंगिनी भएको बताइसकेका छन् । विवाहका लागि उपयुक्त बधु पाइसकेको बताउँदै हमालले केही समयभित्रै विवाहको औपचारिक घोषणा गर्ने जानकारी दिए । सात वर्षपहिले लाजिम्पाटको होटल र्‍याडिसनमा एक औपचारिक कार्यक्रममा भेट भएका राजेश र नाम नखुलेकी ती युवतीले इमेल ठेगाना आदानप्रदान गरेका थिए । त्यसपछि सँधैजसो दुवैबीच इमेलमा च्याट भैरहन्छ जुन अहिले पनि जारी छ ।
'दूध बल्ल दहीको स्वरुप लिएर जम्न थालेको छ । यसलाई हल्लाइदियो भने नजम्न सक्छ' आफ्नो विवाहलाई दही जम्ने विम्वसँग तुलना गरेका हमालले अघि भने 'तर दही बन्ने प्रकि्रया बल्ल सुरु भएको छ ।' राजेशका अनुसार दुवैबीच अहिले सन्तुलनकारी प्रेम अफेयर चलिरहेको छ । आफूभन्दा लगभग आधा उमेरकी कान्छी ठिटीसँग राजेशले लगनगाँठो कस्न लागेका हुन् । स्रोतका अनुसार राजेश र ती युवती हालैको महिना जापान र थाइल्यान्डमा पनि बिदा मनाउन गएका थिए । उक्त लामो अफेयरलाई स्वयम राजेशले पुष्टि गरेका हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out