जेठीले नस्विकार्दा कान्छीको हत्या

किरण लोहनी/राजधनी
गोरखा, १४ वैशाख
गत १४ चैतमा गोरखा आरुचनौटे-५ सिमखोलामा फेला परेको महिलाको शवको सनाखत भएको छ । शव बर्दिया गुलरिया-५ की २४ वषर्ीया सीता सुनार केसी भएको जिल्ला प्रहरी कार्यालयले बुधबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । उनको हत्या गर्नेहरू पनि पत्ता लागेको प्रहरी प्रमुख गोरखसिंह भण्डारीले बताए । केसीलाई गोरखाको आरुआर्बाङ- ८ का मीनबहादुर गुरुङ र सोही गाविसका वकिल खड्काले हत्या गरी फालेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
बर्दिया गुलरियास्थित गोरखदल गणबाट ५ चैतमा भागेका गुरुङ र सोही गणमा कार्यरत खड्काले घर लैजान भनी केसीलाई यहाँ ल्याई हत्या गरी फालेको र टाउको बूढीगण्डकीमा बगाएको अनुसन्धानबाट थाहा भएको प्रहरी प्रमुख भण्डारीले बताए । बर्दियामा सेनाको ब्यारेक नजिकै डेरा गरी बस्ने मृतक सीता सुनारका श्रीमान् विदेशमा रहेको र मीनबहादुरसँग प्रेमसम्बन्ध रहेकाले मीनबहादुरले उनलाई बर्दियाबाट भगाएका थिए । 'त्यसपछि वकिलले पनि ब्यारेकबाट बिदा लिएर तीनैजना सँगै गोरखा सदरमुकाम, मनकामना मन्दिरलगायतका ठाउँ घुमेर आरुआर्बाङतर्फलागेको देखियो,' प्रहरी प्रमुख भण्डारीले बताए । 'तर, मीनबहादुरको घरमा जेठी श्रीमती भएको र उसले अस्वीकार गरेकाले दुवैले मिलेर हत्या गरेको थाहा भएको छ,' उनले भने ।
प्रहरीले एक महिनाको अनुसन्धानपछि घटनाबारे सबै विवरण पत्ता लगाई घटनामा संलग्न वकिल खड्कालाई पक्राउ गर्न सफल भएको हो । अर्का अभियुक्त मीनबहादुर भने अझै फरार छन् । फरार अभियुक्तको खोजी कार्य भइरहेको र पक्राउ परेकालाई गोरखा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सो घटनाको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमान्डमा आरुघाटका प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्री, प्रहरी सहायक निरीक्षक गोपालनारायण श्रेष्ठ, डिलबहादुर खत्री, सुरेन्द्र खत्री, जुनकुमार श्रेष्ठ सम्मिलित विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out