‘ब्रेकअप’पछि कपाल काट्छन महिला

सामान्यतया महिलाहरु लामो कपाल पाल्न रुचाउँछन् । र, अक्सर त्यही लामो कपालमा अल्झिएर धेरै पुरुषहरु स्त्रीको मायामा पर्छन् । तर, कहिले काँही महिलाहरुले कपाल खौरिएको वा छोटो पारेर काटेको देखिन्छ । आखिर किन त ? महिलाहरुको छोटो कपाल बनाउने चाहना र भावनाबारे अध्ययन भइरहँदा उनीहरुले ब्रेकअपपछि ‘ब्रेक फ्रि’ को सन्देश दिन यस्तो गर्ने गरेको पत्ता लागेको छ ।
लामो कपाल पाल्न रुचाउने २३ वर्षीया भारयीत प्राची निगमले एक्कासी कपाल काटिन । एकाएक कपाल काटेको देखेर उनका साथीहरु आश्चर्यमा परे । तर, पछि थाहा भयो उनले आफ्नो प्रेमीसँगको ‘ब्रेकअप’पछि कपाल काटेकी रहिछिन् । उनी आफ्नो पूर्व प्रेमीलाई यो सन्देश दिन चाहन्थिन कि-’ति
मी अब मेरो जीन्दगीमा छैनौं र तिमीलाई मेरो जुन चिज अति नै मन पथ्र्यो, मैले त्यसलाई काटेर फालिदिएँ ।’
प्राची मात्र होइनन हलीउड स्टारहरुले पनि ‘ब्रेक अप’पछि कपाल काट्ने गरेको पाइएको छ । गायिका माइली साइरसले सन् २००७ मा निक जोनसँगको ‘ब्रेक अप’पछि कपाल काटिन भने कपालको रंग पनि बदलिन । यसैगरी केवेन फेडरलाइनसँग ‘ब्रेक अप’ भएपछि बि्रटनी स्पेयर्सले पनि कपाल नै खौरिइन ।
सम्बन्ध विशेषज्ञहरुका अनुसार सामान्यतया, पुरुष महिलाको लामो कपाल मन पराउँछन् ।
त्यसैले ‘ब्रेकअप’पछि महिलाहरु आफ्नो कपाल काटेर यो सन्देश दिन चाहन्छन कि-’म आफ्नो कपालको हेरचाह गरिरहेको छैन किनकी त्यो तिमीलाई मन पथ्र्यो । अब तिमी नै मेरो जीन्दगीमा नभएपछि यो पनि गयो ।’ केहीले भने ‘ब्रेक अप’पछि आफूमा आफुमा निराशालाई अन्यत्र मोडन कपाल काट्ने गरेको जानकारहरु बताउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out