यदि मलाई बुझ्ने र माया गर्ने मान्छे भयो भने विवाह हुनसक्छ - सुष्मिता

भुवन केसी की पुर्व पत्नि सुष्मिताले भुवनले नयाँ प्रेमिका शर्मिला डंगोललाई घर ल्याइसकेको दाबी गरेकी छिन् । यसलाई उनले भुवनको चौंथो विवाह भएको पनि बताइन् । उनका अनुसार विजया मल्ल, सुस्मिता बम्जन, सम्झना खड्कापछि शर्मिला चौंथो श्रीमती हुन् । उनले भनिन् 'फेरि अर्को एकजनाको दुःखको दिन सुरुभएजस्तो लाग्छ' भुवन र शर्मिलाबारे बोल्दै उनले भनिन् 'गर्लफ्रेन्ड होइन, घर ल्याइसक्नुभएको छ । भुवनको बानी नै हो मुर्गी फेला पारेपछि विवाह भइरहन्छ ।'

भुवन र आफूबीच सन् २००१ मै डिभोर्स भइसकेको र त्यही बेलादेखि अहिलेसम्म शारीरिक सम्पर्क पनि नभएको उनले बताइन् । 'विवाह औपचारिकरुपमा भएको होइन तर डिभोर्सचाहिँ सन् २००१ मै भएको हो' सुस्मिताले भनिन् 'विवाह नभएपनि कानुनीरुपमा डिभोर्स गरेका हौं । म सित कागज नै छ । बीचमा छोराका लागि ,आमाको लगानी भएकाले कामकै सिलसिलामा एकै छाना मुनी रहेपनि त्यतिबेलादेखि हामीबीच सेक्सपनि भएको छैन ।'

भुवनसँग छुट्टिएर बस्न थालेदेखि आनन्द महसुस गरिरहेको बताउँदै उनले भुवनलाई संसारकै 'झूर' मान्छे भएको बताइन् । भुवनसँगको विहेलाई उनले जीवनमा आफूले गरेको सबैभन्दा ठूलो भूल भएको बताइन् । भुवन केसी आफ्नो करणले चलचित्र क्षेत्रमा टिकिरहेको बताउदै उनले भनिन् 'अहिलेको भुवन केसी सुस्मिताले बनाएको हो चलचित्र करोडपतिभन्दा अगाडि उनी नेपाली चलचित्र क्षेत्रमा सिद्धिइसकेका थिए । मेरै बलबुलतामा करोडपति बनाएर उहाँलाई ब्यूँताइदिएकी हुँ ।'

भुवनले आफ्नी आमालाइ पैसा ठगेको बताउदै उक्त पैसा अब पनि फिर्ता नदिए कानूनि लडाई लड्ने बताउँदै उनले भनिन् 'फिल्म बनाउने पैसा नपुग्ने भएकाले मेरी आमाले मेरै मुख हेरेर केही कागज नगरी १३ लाख रुपैंया लगानी गरिदिनुभएको थियो । चलचित्र चलेपछि दिन्छु भनेको अहिलेसम्म एक पैसा हिसाबकिताब छैन । पछिल्लो चलचित्र 'साथी म तिम्रो' चलेपछि फिर्ता दिन्छु भन्नुभएको छ । अब दिनुभएन भने कानुनी उपचारमा जान्छु ।'

डिभोर्स भएदेखि अहिलेसम्मको सब घरखर्च आफूले ब्यहोरिरहेको पनि उनले बताइन् । 'छोराको अध्ययनदेखि चलचित्रमा लगानी मेरै पैसाबाट भयो । हाम्रो डिभोर्स भएयता पनि अनमोलको अध्ययनलगायतका सबै खर्च आफै ब्योहोरेकी छु । भुवनले त अहिलेसम्म छोरालाई मैले पठाइदिएको चामल खाँदै आउनुभएको छ भने अरु के कुरा गर्नु ?' आफ्नो विवाह गर्ने उमेर अझै नघर्किसकेको सुस्मिता बताउँछिन् । 'यदि मलाई बुझ्ने र माया गर्ने मान्छे भयो भने विवाह हुनसक्छ । तर पहिलेजस्तो हतारमा मान्छे रोजेर फुस्रदमा पछुताउने कामचाहिँ गर्दिनँ' उनी भन्छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out