युवालाई भन्दा बढि बुढाबुढीलाई यौन चाहाना ?

प्रजनन् अङ्गको विकास र अत्याधिक सेक्स हर्मोनको कारण युवावस्थामा बढी सेक्सको चाहना हुन्छ । उमेर ढल्कदै गएपछि सेक्स क्रियाकलापमा पनि कमी आउँछ । तर, अष्ट्रेलियाका युवापिंढीमा हालै गरिएको सेक्ससम्बन्धि सर्वेक्षणले सबैलाई हैरान पार्ने नतिजा बाहिर ल्याएको छ । सर्वेक्षणका अनुसार अष्ट्रेलियामा युवालाई भन्दा बढी बुढ्यौली उमेरका पुरुष तथा महिलामा बढी सेक्स चाहना हुन्छ ।
सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुले ज्यादा सेक्स नचाहेको प्रतिक्रिया दिएका थिए । यस्तो जवाफ दिने युवाहरु १२ प्रतिसत छन् । यसको उल्टो अन्य उमेर समूहका पुरुषहरुले भने चाहे जति सेक्स नपाएको गुनासो गरे । कैयौं पुरुषहरु त सेक्सकै दुनियाँमा मस्त रहेको पाइएको सर्वेक्षणमा संलग्न न्यू साउथ वेल्स युनिवर्सिटीका एसोसियट प्रोफेसरले बताए ।
त्यस्तै, सर्वेक्षणमा ३१ प्रतिशत पुरुषहरुले शारीरिक सम्बन्धभन्दा ज्यादा प्यारको भोको रहेको बताए । ३५ देखि ४४ वर्ष उमेरका पुरुषहरुले उनीहरुकै समकालिन महिलाहरुमा बढी सेक्सको चाहना रहेको जनाए । २८ प्रतिशत महिलाले खुलेर संभोगको उत्कट इच्छा हुने बताए । अचम्मको कुरा के छ भने ५५ देखि ६४ वर्षका बुढाहरुले पनि सेक्सको धेरै चाहना हुने खुलासा गरे । यसैगरी यहि उमेर समूहका २७ प्रतिसत महिलाले पनि बढी सेक्स चाहना हुने गरेको स्विकारे ।
सर्वेक्षण १६ देखि ६४ वर्ष उमेर समूहका ४ हजार ३ सय पुरुष र ४ हजार ४ सय महिलाहरुमा गरिएको थियो । यसअघि पाँच वर्ष पहिले गरिएको सर्वेक्षणले पनि युवालाई भन्दा बुढ्यौली उमेरकाहरुमा बढी सेक्स चाहना भएको देखाएको थियो । युवा उमेरमा शक्ति हुने र यौन चाहना पनि बढी हुने परम्परागत मान्यतालाई अष्ट्रेलियाका यी पछिल्ला सर्वेक्षणहरुले गलत सावित गरिदिएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out