कफी र सेक्सबाट प्यारालाइसिसको खतरा

धेरैको रुचीको पेय पदार्थ हो कफी । बिहान, दिउसो होस् या साँझ, कफी पिउनाले शरिरलाई स्फूर्ति मिल्ने बताउँछन पारखीहरु । तर, यहि कफीले पक्षघात, प्यारालाइसिस पनि हुन्छ भन्ने थोरैलाई मात्र थाहा होला । यसका कारकमध्ये सेक्स पनि रहेको हालैको एक अनुसन्धानले देखाएको छ । तपाई कफी र सेक्समा निकै क्रेजि हुनुहन्छ भने अब अलि होसियार हुनुपर्ला कि ?
नेदरल्याण्डका एक अनुसन्धानकर्ताका अनुसार कफी र सेक्सका कारण रक्तचाप बढ्ने र रक्त धमनी फुट्ने सम्भावना प्रवल रहन्छ । २ सय ५० बिरामीहरुमाथि गरिएको उक्त अनुसन्धानको निष्कर्ष स्ट्रोक नामक पत्रिकामा छापिएको थियो । बि्रटेनमा प्रत्येक वर्ष पक्षघातका शिकार बनेका १ लाख ५० हजारमध्ये २९ हजार ब्यक्तिहरुमा उच्च रक्तचापका कारण मस्तिष्कमा धमनी फुटेको पाइएको अनुसन्धानको निष्कर्ष छ । चाप बढेपछि धमनी फुट्ने अनि मष्तिस्कमा रक्तश्राब भई मृत्यु हुने अध्ययनमा संलग्न बिज्ञहरुले बताए ।
धमनी फुट्ने दश घटनामध्ये एक कफीको कारण भएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यस्तै, धमनीमा उच्च रक्तचाप बढ्नुमा जोडदार कसरतबाट ७.९ प्रतिसत र सेक्सबाट ४.३ प्रतिसत भूमिका हुने अनुसन्धानले देखाएको छ । ‘अकस्मात उत्तेजनामा आउदा रक्तचाप बढ्ने अनि धमनी फुट्ने सम्भावना बढी हुन्छ,’ अनुसन्धानमा संलग्न स्नायु डाक्टर मानिक ब्लाकले बताइन् । प्रत्येक ५० ब्यक्तिमध्ये एकको मस्तिष्कको धमनी फुल्लिने तर फुट्ने सम्भावना भने निकै कम हुने उनले बताइन् । यसको अलवा धुम्रपान, मोटोपन, दैनिक ब्यायाम नगर्नुलगायतका अन्य कारणहरुले पनि धमनी कमजोर हुने अनुसन्धानको निष्कर्ष छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out