'पागल प्रेमी’ सभासद्ले गरिन् सडकमा तमासा

'म रक्सीले मातेकी होइन, प्रेम नपाएर पागल बनेकी हुँ, म पागल प्रेमी हुँ’

नयाँ पत्रिका
काठमाडौं, २४ वैशाख
करिब २५ हजार जनताको मत प्रतिनिधित्व गर्ने सभासद् शारदा नेपालीले कसैको माया नपाएपछि 'पागल प्रेमी' बन्नुपरेको गुनासो गरेकी छन् । दुःख पोख्न उनले दिउँसै रक्सी पिएर नेपालगन्ज चोकमा तमासा गरेकी छन् ।
माले समाजवादीकी सभासद् शारदा शुक्रबार साँझ श्रीमान् रविलालसहित नेपालगन्जको पुष्पलाल चोकस्थित न्यु नेपाल गेस्ट हाउसमा बसेकी थिइन् । तर, रातभरि श्रीमान्सँग झगडा गरेर शनिबार बिहानै उनी रक्सीले लटि्ठएर सडकमा आएकी थिइन् । 'श्रीमान्बाट असुरक्षित रहेको' भन्दै उनले सडकमै श्रीमान्लाई गालीगलौज पनि गरिन् ।

सभासद् नेपाली रक्सीले मातेर अर्धबेहोस अवस्थामा थिइन् । घरी रिक्सामा बस्ने र झर्ने गरेकी उनी मोबाइलमा नम्बर डायल नै नगरी कुरा गरिरहेकी थिइन् । फोनमा धेरैजसो समय उनले मिडियालाई गाली गरिरहेकी थिइन्, बचेको समय चाहिँ उनी आफ्नै श्रीमान्लाई गाली गरिरहेकी थिइन् ।
'म बर्दियाकी सभासद् हुँ । तर, मलाई श्रीमान्बाटै असुरक्षा छ,' चोकमा जम्मा भएका पत्रकार र सर्वसाधारणसँग उनको गुनासो थियो । उनले नजिकै रहेको प्रहरी व्यायामशालाको गेटमा पुगेर सुरक्षा मागेकी थिइन् ।
व्यायामशालाको प्रहरीले खबर गरेपछि आएको जिल्ला प्रहरी कार्यालयको टोलीले ११ बजेतिर सभासद् नेपालीलाई सुरक्षा दिँदै लगेको थियो । प्रहरीसित पनि सभासद् नेपालीले आफू श्रीमान्बाट असुरक्षित रहेको बताएकी थिइन् । 'श्रीमान्/श्रीमतीबीच विवाद रहेछ,' जिल्ला प्रहरी कार्यालयका एसपी महेशविक्रम शाहले नयाँ पत्रिकासित भने ।
सभासद् नेपाली शुक्रबार बर्दियाबाट नेपालगन्ज आउँदा नै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सुरक्षाका लागि एक प्रहरी सँगै लिएर आएकी थिइन् । तर, शनिबार बिहान उनका श्रीमान् रविलालले गाली गरेपछि प्रहरी फर्किएका थिए । त्यसपछि उनी सडकमा आएर बरबराउन थालेकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले सभासद् नेपालीलाई जानुपर्ने ठाउँतर्फ सुरक्षित पठाइदिन निर्देशन दिएपछि प्रहरीले टिकट काटेर सभासद् नेपालीलाई साँझ ६ बजेको काठमाडौं जाने बसमा चढाएको थियो । तर, बसबाट पनि ओर्लिएर उनी श्रीमान्सहित सुजेगाउँस्थित छोरीको घर गएकी छिन् । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका एक प्रहरी पनि सँगै छन् ।
सभासद् नेपालीले आफू रक्सी खाएर होइन, प्रेम नपाएर तनावमा आएको बताइन् । 'म रक्सीले मातेकी होइन, प्रेम नपाएर पागल बनेकी हुँ, म पागल प्रेमी हुँ,' शनिबार राति उनले नयाँ पत्रिकासित भनिन् ।
उनले आफूले धेरै माया गरेको श्रीमान्बाटै असुरक्षित भएको पनि बताइन् । 'मैले श्रीमान्लाई धेरै माया गरेँ, तर मैले माया पाउन सकिनँ,' उनले भनिन् । श्रीमान्ले आफूसित सात लाख रुपैयाँ मागेर तनाव दिएको पनि उनले बताइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out