खतरनाक मोबाइल फोन

नेपाल टेलिकमले राजधानीबाट सुरु गरेको मोबाइल सेवा अर्थात् ग्लोवल सिस्टम फर मोबाइल कम्युनिकेसन एक दशकअघिसम्म सीमित हुने  खानेहरूको पहुँचभन्दा बाहिर आइसकेको थिएन । उतिबेला ठूलो धनराशि खर्चेर किन्नुपर्ने मोबाइल अहिले रिक्सा चलाउने, कलेज पढ्ने  किशोर-किशोरी, गृहणी तथा कर्मचारीको हात-हातमा हुन्छ भनेर कसैले कल्पनासम्म गरेको थिएन । मोबाइल फोन यतिबेला आमजीवनको  पर्यायवाची बनेको छ । सन् १९९० को दशकमा अमेरिका र स्क्यान्डिनेभियन देशहरूबाट सुरु गरिएको मोबाइल फोन त्यसको एक दशकपछि  १९९९ मा मात्र नेपाल भित्रिएको थियो । त्यसको १० वर्षपछि १ करोड नेपालीको हातमा मोबाइल फोन पुगिसकेको छ ।
इन्टरनेसनल टे लिकम्युनिकेसन युनियनका अनुसार १० वर्षअघि विश्वभर करिब ५० करोड मोबाइल प्रयोगकर्ता थिए भने अहिले ४ अर्व ६० करोड  नाघिसकेका छन् ।

दूरसञ्चार प्राधिकरणको टेलिजन घनत्व सर्वेक्षण अनुसार प्रति १ सय व्यक्तिमा १८ जना मोबाइल टेलिफोनसँग आबद्ध भैसकेका छन्, तर  उपभोक्ताहरू मोबाइल फोनको खतरनाक पक्षप्रति त्यति सचेत भएको पाइँदैन । मानिसहरूले सूचनाको अभावका कारण मोबाइल फोनको  खतरनाक पक्षका बारेमा उनीहरूले जानकारी पाउन सकिरहेका छैनन् । मोबाइलको स्वास्थ्यसम्बन्धी खतरासँग सम्बन्धित समाचार सन् १ ९९० देखि नै आउन थालेका थिए, तर यसलाई समय समयमा निष्क्रिय गराइयो । सन् २००० मा अन्तर्राष्ट्रिय स्तरमा जारी स्टिवर्ट रिपोर्टले  सावधानी अपनाउन भन्यो, तर मोबाइल फोनले कुनै प्रकारको स्वास्थ्यसम्बन्धी खतरालाई नकारिदियो । मोबाइलबाट हुने खतराको  अनुसन्धानमा अर्बौं रुपैयाँ खर्च भैरहेको छ । वैज्ञानिकहरूको अनुसन्धान एवं रिपोर्टलाई मध्यनजर गरेर भन्ने हो मोबाइल फोन आफैंमा एक  खतरनाक वस्तु हो ।

मोबाइल फोनका खतरनाक पक्ष

मोबाइलबाट निस्कने रेडियो तरंगले मानव शरीरको तन्तु अनावश्यक रूपमा तानिन्छ ।

मोबाइल फोनद्वारा निर्मित चुम्बकीय क्षेत्रले मानवशरीरका कोषहरू नराम्रोसँग प्रभावित हुन्छन ।

बढी समयसम्म मोबाइलमा कुराकानी गर्ने व्यक्तिमा मोटोपन तथा टाउको दुख्ने समस्या देखा पर्न थाल्छ ।

मोबाइल फोन प्रयोगकर्ता टाउको र कान छेउछाउको भागमा क्यान्सरको खतरा सामान्य मानिसभन्दा २५ प्रतिशतले बढी हुन्छ ।

मोबाइलको विकिरणले क्यान्सर निम्ताउँछ भने यसले मानिसको जिन माथि पनि नकारात्मक असर पार्छ ।

कमिजको बायाँ गोजीमा मोबाइल राख्नाले हृदयमा तरंगको दुष्प्रभाव पर्न सक्छ ।

विभिन्न अध्ययनलाई मान्ने हो भने मानिसको पाइन्टको गोजीमा मोबाइल फोन राख्नाले मानिसको प्रजनन क्षमतामा असर पुग्छ ।

मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

व्यापकता पाइसकेको मोबाइल फोन नै प्रयोग नगर्ने भन्ने होइन, यसको प्रयोग आवश्यक परेको बेलामा होसियारीपूर्वक गर्नुपर्छ । यसको  खतरनाक पक्षबाट बच्न आफ्नो जीवनशैलीमै परिवर्तन गर्नु उपयुक्त देखिन्छ । 

मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौं, जब यसको आवश्यकता पर्छ । अनावश्यक समयमा मोबाइल फोन चलाइरहने बानी त्यागी  त्यसलाई आफ्नो शरीरभन्दा टाढा राख्नु उपयुक्त हुन्छ ।

बढी विकिरण हुने एसएआर मोबाइलको प्रयोगबाट बच्न बढी समय खप्ने ब्याट्री भएको मोबाइल फोन खरिद गर्नुपर्छ ।

गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री एवं प्रयोग गर्ने काम नगरौं ।

नेटवर्कका लागि प्रयोग हुने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले त्यसलाई कुनै वस्तुले छोप्नुपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out