लस एन्जल्स (एजेन्सी), वैशाख २५ - आर्थिक मन्दीले विश्वमा धेरैजसो व्यवसाय सुके पनि सुपर मोडलहरूको कमाइ भने दोब्बर बढेको छ । यसको उदाहरण हुन्, सातौंपटक लगातार सबैभन्दा धेरै कमाइ गर्ने मोडल जिसेल बुन्डसेन ।
गत वर्षको भन्दा झन्डै दोब्बर कमाइ गरेकी ब्राजिलियन सुपर मोडल जिसेलले यो वर्ष पनि फोब्र्सको 'विश्वमा सबैभन्दा बढी कमाउने मोडल' सूचीमा सबैलाई उछिनेकी छन् । उनले सन् २००४ देखि यो सूचीमा विश्वभरका सुपर मोडलहरूलाई पछार्दै आइरहेकी छन् ।
'विश्वमा सबैभन्दा बढी कमाउने मोडल' बन्न ३० वर्षीया सुपर मोडलले गत वर्ष ४ करोड ५० लाख डलरबराबरको आम्दानी गरेकी थिइन् । गत वर्षको दाँजोमा उनले २ करोडभन्दा बढी कमाइ गरेकी हुन् ।
अन्तर्राष्ट्रियजगत्मै चर्चित जिसेलले इन्डोर्स गरेको जुनै पनि ब्रान्डका ग्राहक बढ्ने ग्यारेन्टी भएकै कारण पूर्व भिक्टोरियाज सिक्रेट सुपर मोडल व्यवसायीको रोजाइ बनेकी हुन् । गत वर्षको मार्चमा स्याम्पु प्यान्टिनका लागि उनी मोडल बनेलगत्तै ल्याटिन अमेरिकामा उक्त स्याम्पुका ४० प्रतिशत ग्राहक बढेका थिए ।
बढी आम्दानी गर्ने सुपर मोडलहरूको दोस्रो स्थानमा हाइडी क्लुम परेकी छन् । उनले अमेजन डट कमसँगको पार्टनरसिप र आफ्नै स्पोर्टस् फेसन ब्रान्ड 'न्यू ब्यालेन्स' बाट २ करोड डलरको कमाइ गरेकी छन् । तेस्रो स्थान बि्रटिस मोडल केट मोसले हात पारिन् । यो स्थान हासिल गर्न उनले १ करोड ३५ लाख डलर आम्दानी गरेकी थिइन् ।
केटलाई पछयाउँदै सुपर मोडल एडि्रयना लिमा, एलेसान्ड्रा एम्ब्रोसियो, डारिया वेरबोयी, लारा स्टोन, कारोलिन मर्फी, नटालिया भोडिआनोभा र क्यान्डिस स्वानेपोलले फोब्र्सको उत्कृष्ट दस सूचीमा स्थान जमाएका छन् । गत वर्ष यो सूचीमा रहेका सुपर मोडल मिरान्दा केर र डौजेन क्रोयसले सन्तान जन्माउन बिदा बसेका थिए । तर, जिसेलझंै आमा बनेको दुई महिनामा र्याम्पमा क्याट्वाक गरेका यी दुईले अर्को वर्ष फेरि सूचीमा हक जमाउनेमा सायद शंका छैन ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago