फ्लप भुवनलाई सुपरस्टार बनाएँ: सुस्मिता

नायक भुवन केसीले हालै संचारमाध्यममार्फत आफ्नी नयाँ प्रमिका सार्वजनिक गरे । दोस्री श्रीमति सुस्मितासँग सम्बन्धबिच्छेद गरेपछि एक्लै रहेका भुवनले एक ब्यापारी स्त्रीलाई प्रेमिकाका रुपमा सार्वजनिक गरेका थिए । त्यो खवरसँगै भुवनले नयाँ युवतीसँग बिबाह गरिसकेको चर्चा पनि फिल्मीबजारमा सुरुमा भएको थियो ।
भुवनसँग पारपाचुके गरेर बसेकी सुस्मिताले भने भुवनले बिहे गरेकोमा आफुलाई खुसी लागेको बताएकी छन् । हालै एक दैनिक पत्रिकालाई अन्तरवार्ता दिंदै सुस्मिताले आफुसँग सम्बन्ध बिच्छेद गरेपछि भुवन एक्लै भएका कारण बिहे गरेकोमा खुसी लागेको बताइन् । उहाँलाई बिहे गर्ने बानी नै लागेको छ, सुस्मिता भन्छिन- ‘यसअघि तीनपटक बिबाह गरिसक्नुभएको थियो, चौथो बिहे गर्नु कुनै ठूलो कुरा भएन् ।’ बिजया पहिलो र सुस्मिता दोस्रो श्रीमति भएको थाहा भएपनि सुस्मिताले भने यसअघि नै भुवनले तीनवटा बिबाह गरेको र यो बिबाह चौथो भएको दावी गरेकी छन् ।

बिहे गर्दा खुसी लागेको बताएकी सुस्मिताले मिडियामा आफ्नाबारेमा नानाथरी टिप्पणी गरेकोमा भने चित्त दुखेको छ । ‘मैले सुस्मितालाई रोडबाट टिपें र रोडमै फालें भन्दा साह्रै चित्त दुखेको छ’- सुस्मिताले भनिन् । आफु सम्पन्न परिवारकी छोरी भएको बताएकी सुस्मिताले फ्लप भएका भुवनलाई आफ्ना आमाबाबुले करोडपति चलचित्रमा लगानी गरिदिएर पुनः सुपरस्टार बनादिएको दावी गरिन् । सो चलचित्रमा लगानी गरेको १३ लाख रुपैयाँ अझै पनि भुवनले फिर्ता नदिएको भन्दै सुस्मिताले सोही पैसा फिर्ता लिन आफुले तोकेता गरेको बताइन् । साथी म तिम्रो नामक नयाँ चलचित्र रिलिज भएपनि पैसा फिर्ता दिने वाचा गरेका छन रे भुवनले सुस्मितासँग ।
भुवनसँग छोडपत्र गरेर एक्लै बसेकी सुस्मिता पनि नयाँ चलचित्र बनाउने योजनामा छिन् । आफुले बनाउन लागेको चलचित्रको निर्देशनसमेत आफैंले गर्ने योजनामा छिन सुस्मिता । तत्कालै बिहेका बारेमा सोचेकी छैनन रे सुस्मिताले । तर, आफुलाई सुस्मिता केसी हैन लामा भनेर सम्बोधन गर्न आग्रह गरेकी छन उनले । म लामाकी छोरी हुँ, केसी हैन-सुस्मिताले भनिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out