काठमाडौंमा तीन किसिमका यौनकर्मी

कार्यालय वा छिमेकीका विवाहित महिलाहरू पनि पेसेवर यौनकर्मी हुन सक्छन्। कम पढेलेखेका विवाहित महिलाहरूको आर्थिक अवस्थामा नाटकीय परिवर्तन आएको छ र उनको बाहिर देखिने गरी कुनै पेसा व्यवसाय छैन भने उनी पेसेवर यौनकर्मी हुन सक्ने सम्भावना प्रबल छ। यौनकर्मीहरूमध्ये ८८ प्रतिशतले मदिरालगायतका मादक पदार्थ सेवन गर्ने भए पनि उनीहरू आफ्नो टोलछिमेक वा आफन्तका अघि आफूलाई लुकाउन त्यस्ता पदार्थ सेवन गर्दैनन्। त्यसैले पनि टोलछिमेकमा उनीहरू यौनकर्मी हो-होइनन्, झट्टै थाहा पाउन सकिँदैन। सबैभन्दा रमाइलो कुरा टोल-छिमेकमा कसैले आफू यौनकर्मी हो भन्ने थाहा पाए भन्ने सुइँको पाउनेबित्तिकै उनीहरू रातारात डेरा सर्छन्।

विभिन्न सर्वेक्षणले सबैभन्दा बढी मंगोल समुदायका महिला पेसेवर यौन व्यवसायी भएको तथ्यांक पेस गरे पनि त्यो सत्य होइन। यौन व्यवसायमा बाहुन-क्षेत्री महिलाहरू बढी संलग्न छन्। नेवारहरू पनि यो पेसामा संलग्न छन्। अन्य समुदायका यौनकर्मीहरूले मदिरालगायतका मादक पदार्थ सेवन गरे पनि मधेसी समुदायका यौनकर्मीहरूमा त्यस्तो लत छैन।

यौनकर्मीका प्रमुख ग्राहक प्रहरी र सेना हुन्। दोस्रो नम्बरमा यातायात मजदुर र तेस्रोमा स्कुल-कलेजका विद्यार्थी। सेना-प्रहरीहरू लामो समय घर जान पाउँदैनन्। फलस्वरूप उनीहरू यौनकर्मीका ग्राहक हुन पुग्छन्। यातायात मजदुरसँग दैनिक आम्दानी हुने भएकाले रमाइलोका लागि त्यहाँ जान्छन् भने विद्यार्थीहरू पहिलो पटक यौन अनुभव हासिल गर्न यौनकर्मीकहाँ पुग्ने गरेका छन्। काठमाडौंका स्थायी बासिन्दाभन्दा अध्ययनका लागि राजधानी आउने विद्यार्थीहरू नै यौनकर्मीका ग्राहक छन्। कतिपय विद्यार्थीले यौनकर्मीसँग प्रेम गरेर विवाह गरेका उदाहरण पनि छन्।

बेलायतको अब्रेडिन विश्वविद्यालयमा अध्ययनरत डा. लक्ष्मी घिमिरेले आफ्नो विद्यावारिधि उपाधिका लागि गरेको बृहत् अनुसन्धानमा विभिन्न आश्चर्यजनक तथ्य बाहिर आएका छन्। तथ्याङ्कले यसअघि बाहिर आएका केही पक्षको खण्डन गरेको छ भने केही नयाँ तथ्य बाहिर आएका छन्।

काठमाडौंमा तीन किसिमका यौनकर्मी भएको तथ्यांङ्क बाहिर आएको छ। एकथरी यौनकर्मीहरू ग्राहक आकषिर्त गर्न सडकलाई आफ्नो आश्रयस्थल बनाउँछन्। यस्ता यौनकर्मीको शुल्क १ हजारभन्दा कम हुने गरेको छ। उनीहरू नजिकको होटल वा रेस्टुराँका गोप्य कोठालाई आफ्नो व्यवसायको थलो बनाउँछन्। होटल वा रेस्टुराँले स्थान उपलब्ध गराएबापत यौनकर्मीले लिएको शुल्कको आधा रकम पाउँछन्।

दोस्रो थरीका यौनकर्मी केही सुरक्षित छन्। उनीहरू मसाज, डान्स रेस्टुराँ, क्याबिन आदिमा रोजगार हुन्छन्। उनीहरूले ग्राहक पनि त्यहीँ पाउँछन्। शुल्क भने व्यक्तिगत मोलमोलाइका आधारमा तय हुने गरेको देखिन्छ। यद्यपि उनीहरूको शुल्क १ हजारको हाराहारीमा हुने गरेको छ।

तेस्रो थरीका यौनकर्मी भने शिक्षित एवं आकर्षक हुन्छन्। उनीहरू आफैं ग्राहकसँग प्रत्यक्ष मोलमोलाई गर्दैनन्। दलालले त्यसको जिम्मा लिन्छ। उनीहरू आवश्यक परेको स्थानमा पुग्छन् र राम्रो शुल्क लिन्छन्। डा. घिमिरेले भने सडकमा बसेर असुरक्षित व्यवसाय गर्ने तथा निश्चित स्थानमा सुरक्षित रूपमा व्यवसाय गर्ने भनी दुई भागमा बाँडेर त्यसको अध्ययन गरेकी थिइन्।

अब्रेडिन विश्वविद्यालयको प्रमुख चासो काठमाडौंका यौनकर्मीहरूमा फैलिरहेको एचआईपी पोजेटिभ हो। सन् २००६ मा गरिएको यस्तै एउटा सर्वेक्षणमा १ सय यौनकर्मीमध्ये १ दशमलव ४ मा मात्र एचआईभी पोजेटिभ हुने सम्भावना थियो। १५ वर्षपछि उक्त संख्या बढेर २० दसमलव १० पुगेको छ, अर्थात् कुनै पुरुषले बिनाकन्डम काठमाडौंका यौनकर्मीहरूसँग सम्पर्क राखे उसलाई एचआईभी हुने सम्भावना बढी छ। कारण सयमध्ये २० यौनकर्मीमा यो रोग हुनसक्ने अनुमान तथ्यांकले देखाएको छ। एचआईभी भए पनि पैसा कमाउन बाध्य भएकाले यो संख्या बढेको हो।

एकपटक एउटा यौनकर्मीसँग जाने ग्राहक अर्को पटक अर्को यौनकर्मीसँग पुग्ने भएकाले पनि यौनकर्मीहरू थप असुरक्षामा पुगेका हुन्।

८० प्रतिशतभन्दा बढी ग्राहकले कन्डम प्रयोग गर्दैनन् भन्ने तथ्य पनि यो अनुसन्धानबाट बाहिर आएको छ। विशेषगरी पहिलो वा दोस्रो पटक कन्डम प्रयोग गर्ने ग्राहकहरू तेस्रो पटकदेखि कन्डम प्रयोग गर्दैनन्। 'हेर्दा स्वस्थ र सुकिलो देखिनेबित्तिकै यौनकर्मीमा उसलाई एचआईभी छैन भन्ने हुन्छ।' अनुसन्धानकर्ता डा. घिमिरे भन्छिन्, 'अलिकति दुब्लो-पातलो एवं साधारण पोसाकका व्यक्तिहरूसँग मात्र उनीहरूलाई रोगको डर हुने गरेको मैले पाएँ।' यो क्षेत्रमा एचआईभी तीव्र गतिले बढ्नुको मुख्य कारण मोटो-घाटो र नियमित ग्राहकलाई एचआइभी हुँदैन भन्ने धारणाले नै काम गरेको छ। ग्राहकहरूले 'म तिमीसँग मात्र सम्बन्ध राख्छु' भन्ने गरेकाले पनि बिनाकन्डम सम्पर्क गर्ने वातावरण बनेको पनि देखिएको छ। यौनकर्मीहरूलाई कन्डम प्रयोग गराउन विभिन्न गैरसरकारी संस्थाले सित्तैंमा कन्डम बाँड्ने, विभिन्न तालिम दिने आदि काम गरे पनि त्यो प्रभावकारी हुन नसकेको डा. घिमिरेको अनुसन्धानमा उल्लेख छ। यद्यपि विदेशी पर्यटकहरू भने नेपाली यौनकर्मीसँग सम्पर्क राख्दा अनिवार्य कन्डम प्रयोग गर्छन्।

काठमाडौंमा १५ देखि ४५ वर्षसम्मका यौनकर्मीहरू नियमित यो व्यवसाय गर्छन्। तीमध्ये ७७ प्रतिशत महिलाले दिनको दुईदेखि चार जना ग्राहक पाउने गरेका छन्। १६ प्रतिशत यौनकर्मीले दिनमा एउटा ग्राहकसँग मात्र व्यवसाय गर्छन्। एउटा मात्र ग्राहकसँग सम्पर्क राख्ने महिलाहरू पढेलेखेका हुनुका साथै उनीहरूले राम्रो शुल्क लिने गरेको पाइएको छ। नयाँ आएका यौनकर्मीहरू अध्ययन र फेसनमा सचेत भएका कारण उनीहरूको शुल्क बढेको हो। शुल्क बढेकै कारण उनीहरू थोरै ग्राहकसँग सम्पर्क राख्छन् र महँगो शुल्क लिन्छन्। नयाँ यौनकर्मीका कारण पुराना यौनकर्मीहरू प्रतिस्पर्धा बढेको महसुस गर्न थालेका छन्। पछिल्लो समयमा सञ्चारमाध्यममा आएका महिलाहरूले पनि यो पेसा अपनाउन थालेको पाइएको छ। 'टेलिभिजनमा अभिनय गरेकी महिलासँग पनि मैले लामो अन्तर्वार्ता लिए,' डा. घिमिरे भन्छिन्, 'सञ्चारमाध्यममा देखिसकेपछि युवतीको शुल्क बढ्ने हुनाले पनि उनीहरूको ध्यान त्यसतर्फ गएको हो।'

अनुसन्धानमा लामो समय यौन पेसा गरेर बसे पनि २१ प्रतिशतले अहिलेसम्म स्वास्थ्य परीक्षण गराएका छैनन्। स्वास्थ्यसेवा लिनेमध्ये २६ प्रतिशतलाई गैरसरकारी संस्थाहरूले एकपटक अस्पताल पुर्‍याएका थिए भने कतिपयले प्राइभेट क्लिनिकमा उपचार गराएका थिए। जबसम्म गम्भीर रोग लाग्दैन तबसम्म औषधी पसलमा वा निजी क्लिनिकमा गएर औषधी खाने चलन मात्र रहेको अनुसन्धानले देखाएको छ। एचआईभीको चर्को त्रास उनीहरूमा देखिएको छैन।

समस्या नयाँ-नयाँ

यौनकर्मीमा यौनरोगबाहेक मानसिक रोग पनि बढिरहेको अनुसन्धानमा देखिएको छ। अत्यधिक मदिरा सेवन गर्ने, तुरुन्तै रुने र तुरुन्तै हाँस्ने, बाक्लो मेकअप गर्ने, अत्यधिक किनमेल गर्ने उनीहरूको बानीकै कारण मानसिक रोग बढ्दै गएको देखिएको हो। 'पैसा भए पनि माया प्रेमको अभावले यस्ता समस्या देखिएका हुन्।' डा. घिमिरे भन्छिन्, 'बाहिर हेर्दा चिटिक्क पर्ने, हाँसेर बोल्ने तर कसैले माया गर्न थाल्यो भने आँसु झर्ने समस्या उनीहरूमा देखिन्छ।' पहिलो अन्तर्वार्तामा जीवन अत्यधिक रमाइलो छ, जीवन मोजमा बिताउनुपर्छ भन्नेहरूसँग लक्ष्मीले सात महिना बिताउँदा उनीहरूले आफ्नो जीवन नरक भएको बताएका थिए। आफ्नो पीडा बिर्सन उनीहरूले मदिरा तथा गाँजाका अतिरिक्त कडा लागूपदार्थ सेवन गर्छन्।

समाज र नजिकका आफन्तले चिन्ने डरले उनीहरूले सहर परिवर्तन गरेर पेसा सञ्चाल न गरेको अनुसन्धानमा देखिएको छ। काठमाडौंमा यो पेसा चलाउनेहरू बाहिरबाट आएका छन् भने काठमाडौंका यौनकर्मीहरू पोखरा तथा चितवन जाने गरेका छन्। सबैभन्दा रमाइलो कुरा यी सबैसँग उनीहरूको राम्रो नेटवर्किङ छ। काठमाडौंको कुनै ग्राहक पोखरा गयो भने त्यहीँ बसिरहेकी यौनकर्मीको ठेगाना दिन्छन्। पोखराको कुनै ग्राहक काठमाडौं आउँदा उसले काठमाडौंमै यौनकर्मी पाउने व्यवस्था हुन्छ। यौनकर्मीहरू प्रायः सोमबार छुट्टीमा बस्छन्। शनिबार उनीहरूले सबैभन्दा बढी ग्राहक पाउने गरेका छन्।

अनुसन्धानमा यौनकर्मीहरूले कमाएको पैसा विश्वासी ग्राहकले लगेर घर-जग्गा किनिदिएको उदाहरणसमेत छ। धेरैजसो यौनकर्मी नागरिकता नभएका कारण विश्वासी ग्राहकलाई पैसा चलाउन दिन्छन्। यस्ता ग्राहकसँग उनीहरूले कुनै शुल्क नलिने तथा सम्पर्कका बेला कन्डम प्रयोग नगर्ने पाइएको छ। नागरिकता नभएकै कारण उनीहरूले बैंकमा खाता खोल्न तथा घर जग्गा किन्न सक्दैनन्। उनीहरूको आम्दानीको अधिकांश हिस्सा किनमेल र मादक पदार्थमा सकिने गरेको छ। केही गैरसरकारी संस्थाले सहकारी खोलेर उनीहरूले कमाएको पैसा बचत गरिदिने गरेका छन्। पछिल्लो समयमा भने उनीहरूले आफ्नो आय गैरसरकारी संस्थाका विश्वासी कर्मचारीलाई पनि दिने गरेका छन्।

छोराछोरी भएका यौनकर्मीहरूले आफ्ना सन्तानलाई महँगो विद्यालयमा पढाउन थालेका छन्। आफ्ना सन्तानलाई आमाको पेसा थाहा नहोस् भनेर उनीहरूले विभिन्न उपाय अवलम्बन गरेको पाइएको छ। त्यसमध्ये विवाह राम्रो उपाय बनेको छ। आफ्नो सुरक्षाका लागि पनि उनीहरूले विवाह गरेको देखिएको छ। ५३ प्रतिशत यौनकर्मीले विभिन्न सम्झौतामा विवाह गरेका छन्।

अनुसन्धानअनुसार ९० प्रतिशत महिलाले आफ्नो वास्तविक नाम र थर ढाँट्ने गरेका छन्। ६० प्रतिशत यौनकर्मीले आफ्नो जिल्ला वा गाउँको नाम बताउँदैनन्। कसैले कर गरे भने छेउको जिल्ला वा आफू घुम्न गएको जिल्लाको नाम लिन्छन्। धेरैजसो यौनकर्मी बिहानको ११ बजे, दिनको ३ बजे र साँझको ५ बजे ग्राहक खोज्न निस्कन्छन्। आधाभन्दा बढी यौनकर्मी कुनै नयाँ पेसा पाए यो व्यवसाय छाड्ने मनस्थितिमा छन्। यद्यपि उनीहरू अहिले पाएकोभन्दा धेरै कम आम्दानीमा आफ्नो गुजारा हुने कुरामा शंका व्यक्त गर्छन्। ९० प्रतिशत यौनकर्मी रक्सी, चुरोट वा लागूपदार्थ सेवन गर्छन्। यद्यपि मधेसी वा मुस्लिम धर्मावलम्बीहरू भने लागूपदार्थ सेवनबाट टाढा रहेको अनुसन्धानले देखाएको छ। यो पेसामा धेरै एकल वा विधवा महिला भए पनि ग्राहकहरूले त्यस्ता महिलालाई रुचाएको पाइएन। त्यसैले विधवा वा एकल महिलाहरूले पनि ग्राहकलाई आफू विवाहित भएको बताउने गरेका छन्।

कसरी गरिएको थियो सर्वेक्षण ?

काठमाडौंमा एचआईभी पोजेटिभ विषयसँग सम्बन्धित गैरसरकारी संस्था, चेलीबेटी बेचबिखनसँग सरोकार राख्ने संस्था एवं यौनकर्मी महिलालाई हुने समस्या हेर्न स्थापना भएका संस्थासँग यौनकर्मीहरूको प्रारम्भिक तथ्यांक लिइएको थियो। तथ्याङ्कले काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, झापा, काभे्रपलान्चोक, मकवानपुर तथा भारतको दार्जीलिङलगायतका नेपालीभाषी बस्ने स्थानबाट आएका महिलाहरू यौन व्यवसायमा बढी संलग्न भएको देखियो। त्यसमध्ये नेपालका सबैजसो जिल्लाका यौनकर्मी समावेश हुने गरी स्याम्पल यौनकर्मी छानियो। यसका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंको पनि सहयोग लिइयो। छानिएका यौनकर्मीहरूलाई ती गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीहरूलाई अतिरिक्त पारिश्रमिक दिएर ४ सय २५ जना यौनकर्मीसँग अन्तर्वार्ता लिइयो। अन्तर्वार्तामा उनीहरूको स्वास्थ्य अवस्था, पेसामा आएको समस्या, कन्डमको प्रयोग, स्वास्थ्यसेवा लिने स्थान एवं जीवनका विभिन्न पाटाहरूसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो। ५ महिला एवं २ पुरुषले २ वर्षसम्म उनीहरूको अन्तर्वार्ता लिए। अन्तर्वार्तापछि आएका विभिन्न पाटाको प्रारम्भिक रिपोर्ट बेलायतको अब्रेडिन विश्वविद्यालयमा पठाइयो। तथ्याङ्कलाई अब्रेडिन विश्वविद्यालयका पब्लिक हेल्थ डिपार्टमेन्टका प्रमुख प्रोफेसर कन्र्स स्मिथ ओबिई तथा बेलायतकै बोर्नेमाउथ विश्वविद्यालयका स्कूल अफ सोसियल केयर हेर्ने प्रोफेसर इडबिन आर भान तेजलिन्जेनले केलाए। नेपालको स्वास्थ्य मन्त्रालयअन्तरगत विभिन्न क्षेत्रमा १५ वर्षसम्म नर्सिङ पेसा गरेकी लक्ष्मी घिमिरेले आफ्नो विद्यावारिधि उपाधिका लागि काठमाडौंका यौनकर्मीहरूको यौनजन्य रोगको अवस्थाका विषयमा उक्त अध्ययन गरेकी थिइन्। प्रारम्भिक तथ्यांक बाहिर आएपछि अनुसन्धानकर्ता डा. घिमिरेले पहिले अन्तर्वार्ता लिइसकेका यौनकर्मीहरूसँग थप ७ महिना बिताइन्। यसरी प्रत्यक्ष अन्तर्वार्तामा २ वर्ष ७ महिना एवं तथ्यांक केलाउन करिब २ वर्ष ५ महिना गरी यो प्रतिवेदन तयार हुन करिब ५ वर्ष लाग्यो। अनुसन्धानको मुख्य ध्येय काठमाडौंमा कार्यरत यौनकर्मी महिलामा हुने यौनजन्य सरुवा रोगको अवस्था पत्ता लगाउनु थियो। यद्यपि विद्यावारिधिजस्तो कठिन एवं लामो अध्ययनका क्रममा यसका अन्य सामाजिक पाटो पनि यो अनुसन्धानमा केलाइएको छ। जसका महत्वपूर्ण अंश साप्ताहिकले प्रकाशित गरेको हो। 

श्रीमान्लाई थाहा छ

सीता बराल, वर्ष २९, यौनकर्मी

यो पेसा प्रारम्भ गरेको कति भयो ?

१३ वर्षजति भयो।

कसले प्रवेश गरायो ?

म फुटपाथमा पसल सञ्चालन गर्थें। त्यसबेला चितवनको एउटा केटासँग प्रेम भयो। विवाह त भयो, तर उसले घर लगेन। शिशु पेटमा भएका बेला त्यो केटो अचानक भाग्यो। कोठामा खाने कुरा थिएन, व्यापार पनि छोडिसकेकी थिएँ। त्यसपछि के गर्ने? एउटा चिनेको साथीले मलाई ग्राहक खोजिदिएर सहयोग गरी।

अहिले शिशु कहाँ छ ?

एउटा बालगृहले मलाई केही पैसा दिएर लग्यो। शिशु खेलाएर बस्ने हो भने मेरो काम कसले गरिदिने ? फेरि शिशु बोकेकी आमासँग ग्राहक पनि आउँदैनन् क्यारे !

कति पैसा कमाउनुहुन्छ ?

पहिले एक्लो हुँदा महिनाको ५० हजारजति कमाउँथें। विवाहपछि श्रीमान्लाई पनि समय दिनुपर्ने हुनाले ३० हजारजति कमाउँछु। अहिले स्वयंसेवक -यौनकर्मी) हरू बढेका छन्, तर ग्राहक धेरै छैनन्, त्यसैले पनि आम्दानी घटेको छ।

कति पैसा बचाउनुभएको छ ?

छैन। खायो, पियो रमाइलो गर्‍यो, अनि सक्यो। अलिअलि श्रीमान्सँग बचत होला। मसँग त्यस्तै २०-३० हजार होला।

श्रीमान्लाई तपाईंको पेसा थाहा छ ?

म रेस्टुराँमा काम गर्छु। त्यहाँ पाउने तलब भनेको ४ हजार हो, तर दैनिक दुई-चार हजार मेरो पर्समा हुन्छ। उसले पनि पैसा लिइरहेको हुन्छ। उसले कहिल्यै पनि त्यो पैसा कहाँबाट आयो भनेर सोध्दैन। म पनि भन्दिनँ। म के गर्छु भन्ने उसलाई थाहा हुनुपर्ने हो। यथार्थ थाहा भएर पनि वास्ता नगरेका कारण पनि मलाई हिम्मत आएको हो।

तपाईंकहाँ आउने ग्राहक कहाँ काम गर्छन् ?

खै कहाँ गर्छन्, के थाहा ? कोही पुलिस छन्, कोही सेना छन्। नेता पनि छन्।

नेता भनेर कसरी थाहा पाउनुभयो ?

तिम्रो पक्षमा नियम परिवर्तन गर्छु। तिम्रो शरीरमा तिम्रो अधिकार हुन्छ। आफ्नो इच्छाले गरेको काममा प्रहरीले थुन्न पाउँदैन। म तुरुन्तै तिम्रो पक्षमा नियम बनाउँछु भन्दै थियो। त्यही भएर थाहा भयो।

सम्पर्क राख्दा कन्डम प्रयोग गर्नुहुन्छ कि हुन्न ?

ग्राहक कन्डम बोकेर आएका हुँदैनन्। हामीलाई कन्डम किन्न अप्ठयारो हुन्छ। एनजीओहरूले हामीलाई कन्डम प्रयोग गरेनौ भने रोग लाग्छ भनेर सम्झाएका छन्, तर कन्डम पाउन गाह्रो छ। ग्राहकहरू पनि कन्डम प्रयोग गर्नु नपरे हुन्थ्यो भनेजस्तो गर्छन्। उनीहरूको खुसीका लागि पनि कन्डम प्रयोग गर्दिनँ। कतिपय ग्राहक भने आफै कन्डम खोजेर आउँछन्।

महिलाले प्रयोग गर्ने कन्डम हुन्छ भन्ने थाहा छैन ?

अहँ छैन, माहिलाले प्रयोग गर्ने कन्डम भए किन्न पनि सजिलो हुन्थ्यो, ग्राहकहरूले थाहा पनि पाउँदैनथे।

तल्लो पेट दुख्यो, शिशु पेटमा बस्यो वा त्यस्तै समस्या पर्‍यो भने उपचार गर्न कहाँ जानुहुन्छ ?

प्राइभेट क्लिनिकमा।

सरकारी अस्पताल जानुहुन्न ?

सरकारी अस्पतालमा टिकट लिने ठाउँमा के भयो भनेर सोच्छन्, भन्न लाज हुन्छ। यो केटी त स्वयंसेवक हो भन्ने थाहा भयो भने प्रहरीले पक्रन्छ भन्ने डर हुन्छ। प्राइभेट क्लिनिकमा जानेबित्तिकै हामीलाई डाक्टरले चिन्छन् र केही नभनी औषधी लेखिदिन्छन्। सन्चो पनि भैहाल्छ।

एचआईभी एड्स कसरी सर्छ, थाहा छ ?

खै ग्राहकसँग धेरै काम गर्‍यो भने सर्छ भन्छन्, तर यो काम नगरी हुँदैन, के गर्ने ? मलाई त लामखुट्टेबाट पनि यो रोग सर्छ जस्तो लाग्छ। किन भन्नु न ? रोगीलाई लामखुट्टेले टोकेर फेरी हामीजस्तो स्वस्थ मानिसलाई टोक्यो भने सर्दैन त ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out