मलेसियाली क्लब भन्छ – पत्निले विछ्यौनामा बेश्याझैं

क्वालालम्पुर । मलेसियाली महिलाहरुको शनिबार स्थापना भएको एउटा ‘आज्ञाकारी पत्नि क्लब’ले आफ्ना सदस्यहरुलाई विछ्यौनामा बेश्याजस्तै हुन र तलाक र घरेलु हिंसाजस्ता सामाजिक खरावीको नियन्त्रण गर्न आफ्ना पतिले भनेको मान्न आग्रह गरेको छ ।
इस्लामिक समूह ग्लोवल इख्वानले क्लबको उद्घाटनसभा क्वालालम्पुरमा गरेको थियो र महिलाहरुलाई कसरी आफ्ना पतिहरुलाई सन्तुष्ट पारी बरालिनबाट रोक्ने भन्नेबारे सुझाव दिइएको थियो ।
‘एउटी असल पत्नीले सफा सुग्घर हुनु जरुरी छ, तपाईहरु केटाकेटीको हेरचाह मात्र गर्नुृ हुन्छ तर पतिको यौन आवश्यकता पूरा गर्न त्यति ध्यान दिंइदैन । यदि उसले यौन इच्छा गर्दछ भने मानिदिनु होस्’ क्लबकी उपाध्यक्ष रोहाया मोहमदले एएफपीलाई बताइन् ।
रोहायाका अनुसार क्लबका ३० प्रतिशत सदस्यहरु बहुविवाह भएका र बाँकी एउटा विवाहमा रहेका बताएको छ भने क्लबमा गैर मुसलमान पनि आउन सक्नेछन् ।
एक ४६ वर्षीया डाक्टरले भनिन् ‘तपाईले आफ्ना पतिलाई सन्तुष्ट पार्नैै पर्छ, एउटी असल पत्नि विछ्यौनामा बेश्यासरह हुनुपर्छ ।’
उनका पतिका पनि तीनवटी पत्नी रहेछन् । क्लबको उद्घाटनमा एक हजार अतिथि तथा समर्थकहरुको उपस्थिति रहेको थियो । एएफपी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out