मोबाइल फोनबाट क्यान्सर

मोबाइल फोन प्रयोगकर्तामा विशेष किसिमको क्यान्सर हुने सम्भावना
लियोन/ विश्व स्वास्थ्य संगठनले मोबाइल फोनबाट क्यान्सर हुने सम्भावना रहेको बताएको छ । संगठनको क्यान्सर अनुसन्धान एजेन्सीका अनुसार, तथ्यांकको समीक्षापछि मोबाइल फोन प्रयोगकर्तामा विशेष किसिमको क्यान्सर हुने सम्भावनालाई नकार्न सकिँदैन ।
यद्यपि, मोबाइल प्रयोगकर्ता र मस्तिष्कको क्यान्सरबीच सीधा सम्बन्ध स्थापित गर्न सकिएको छैन । एजेन्सीले आफ्नो प्रतिवेदनमा भनेको छ,  'मोबाइल फोनले क्यान्सर नै हुन्छ भन्नेचाहिँ अहिलेसम्म स्पष्ट रूपमा पाइएको छैन ।' यो अनुसन्धान ३१ वैज्ञानिकले प|mान्सको लियोन सहरमा बैठक गरेर विभिन्न तथ्यांक प्रयोगमा गरिएको थियो । सबै वैज्ञानिकले भिन्न-भिन्न तथ्यांक अध्ययन गरेका थिए । वैज्ञानिकले मोबाइल फोन प्रयोगकर्तासँग सम्बद्ध अनुसन्धान तथा इलेक्ट्रोम्याग्नेटिक फिल्डसँग काम गर्ने मानिसबारे जानकारी लिएका थिए । विश्व स्वास्थ्य संगठनको इन्टरनेसनल एजेन्सी फर अन क्यान्सरले यो अनुसन्धान गरेको हो । वैज्ञानिकले मोबाइल फोनको पाँच किसिमका लेबल दिन सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैमार्फत अनुसन्धानकर्ताले मोबाइललाई सम्भावित क्यान्सर हुन सक्ने बताएका छन् । यसको सम्बन्ध विशेष प्रकारको  मस्तिष्क क्यान्सर ग्लियोमासँग जोडिएको पनि अनुसन्धानकर्ताले बताएका छन् ।
बि्रटेनका क्यान्सरप्रमुख एड योग भन्छन्, 'विश्व स्वास्थ्य संगठनले भनेको कुरामा केही सत्यता अवश्य पनि छ जस्तो लाग्छ ।' तर, यस अनुसन्धानको प्रमाण अत्यन्त कमजोर छ ।
अहिलेसम्म कुनै पनि अनुसन्धानले मोबाइल फोन र क्यान्सरबीचको सीधा सम्बन्ध स्थापित गराउन नसकेको पनि उनले बताए । योग भन्छन्, 'मोबाइल फोन प्रयोगकर्ता तथा मोबाइल नचलाउने दुवैमा मस्तिष्क क्यान्सरको समस्या हुन्छ ।'
केही वर्षयता मोबाइल फोन प्रयोगकर्ता बढे पनि क्यान्सरपीडितको संख्या त्यस्तो बढेको छैन ।
क्यान्सर र मोबाइल फोनको सम्बन्धबारे धेरै अनुसन्धान हुन बाँकी रहेकाले अहिले नै मोबाइल फोन प्रयोग गर्दा क्यान्सर तुरुन्तै नहुने योगले बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out