पाइन्ट सजिलो, चोली राम्रो

लेखनाथ, अषाढ ८ - गुरुङ भाषाको 'बेलै छ्यामो' (राम्रो छ) सुन्न हंसपुरकी मनीषा गुरुङलाई चाडबाड आउनुपर्छ कि त मेलापर्व । कर्मु, कण्ठी, घलेक, माला र चुरापोतेले सजिँदा यी २१ वर्षे निकै राम्री देखिने उनका आफन्त र साथीहरू बताउँछन् रे । उनलाई पाइन्ट र टिसर्टर् सजिलो लाग्छ । 'तर मलाई सुहाउने पोसाक गुन्यूचोली हो,' उनी भन्छिन् ।
सुहाउने पहिरन लगाउन किन चाडबाड र मेलापर्व कुर्नुपर्छ त मनीषा ? 'राम्री देखिए पनि लगाउन निकै गाह्रो हुन्छ ।' सायद यही भएर उनी वर्षमा मुस्किलले पाँचपटक परम्परागत पोसाक लगाउँछिन् । गुरुङ समाजमा छोरीलाई ७, ९ वा १५ वर्षमा दिन जुराएर गुन्यूचोली दिने चलन छ ।
संस्कृति जोगाउन पोसाक दिने चलन चलेको कास्की, स्याक्लुङकोटकी सुकमाया गुरुङ बताउँछिन् । ५७ वर्षे गुरुङ्सेनी अनुभव सुनाउँछिन्, 'हामीलाई निकै सजिलो लाग्छ, पहिले हामी यही लगाउँथ्यौं ।' तर अचेल उनी  पनि सधैं यस्ता पोसाक लगाउँदिनन् ।
छोराछोरी र आफन्तले विदेशबाट ल्याइदिएका लुंगी र टिसर्टले गुन्यूचोलीको ठाउँ लिएका छन् । 
गुरुङ पोसाक बाक्लो हुने भएकाले जाडोमा प्रायः युवतीहरूले पनि सधैंजसो लगाउँछन् । हंसपुरकी १५ वर्षे सुनीता गुरुङ भन्छिन्, 'जाडोमा त बेस्सरी न्यानो हुन्छ, गर्मीमा गाह्रो ।' 
लालीगुराँस वनैभरि चुल्ठी सजाउँला घान्दु्रककी ठिटी म त गाउँकै गीत गाउँला...
यो गीतमा नाच्न उनलाई यो परम्परागत पोसाक नभई हुँदैन । 'आपmनै पोसाकले नाच राम्रो देखाउन ठूलो भूमिका खेल्ने कारण अहिलेसम्म नाँच्दा र चाडपर्वमा लगाउन छाडेकी छैन,' उनी भन्छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out