सिंगापुर- मोबाइलको प्रतिस्पर्धापूर्ण बजारमा नोकियाले यो साता बटन बिनाको विश्व कै पहिलो मोबाइल सार्वजनिक गरेको छ। १६ जीबी र ६४ जीबीको दुई क्षमतामा बजारमा आउने यो मोबाइलमा एचडी भिडियो खिच्ने सुविधा छ।
यसअघि एप्पलले कीप्याड बिनाको मोबाइल आई फोन बजारमा ल्याउँदा निकै चर्चामा आएको थियो।
नोकियाको यो नयाँ मोबाइलको मोडल एन नाइन राखिएको छ। यसमा मीगो नामको लिनक्समा आधारित ओपन सोर्स मोबाइल अपरेटिङ सिस्टम राखिएको छ।
यो मोबाइल अन र अफ गर्नका लागि पनि कुनै बटन थिच्नु पर्दैन। त्यसो गर्न डिस्प्ले स्क्रिनमा दुई चोटी ट्वाक्क ट्वाक्क हान्नुपर्छ।
एकताका मोबाइल भन्ने बित्तिकै नोकिया बुझिन्थ्यो। तर एप्पलको आई फोन अनि गुगलको एन्ड्रोइड भएका मोबाइलहरु बजारमा आएपछि नोकियाको बजार धर्मराएको थियो। त्यसमाथि चीन र भारतको माइक्रोम्याक्स जस्ता कम्पनीले सस्तोमा मोबाइल बनाउन थालेपछि नोकियालाई प्रतिस्पर्धामा उत्रन निकै गाह्रो परिरहेको अवस्थामा स्लिम र सेक्सी देखिने यो डिजाइन उसले बजारमा ल्याएको हो।
भर्खरैको एउटा अनुसन्धानले सामसुङ विश्वकै सबैभन्दा धेरै स्मार्टफोन उत्पादन गर्ने कम्पनी रहेको देखाएको छ। दोस्रो नम्बरमा एप्पलको आई फोन छ भने नोकियाको स्थान तेस्रोमा धकेलिइसकेको छ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago