२० प्रतिशत अमेरिकी हरपल सेक्समा

अमेरिकाको कुल जनसंख्यामध्ये २० प्रतिशत मानिस हरपल सेक्स गर्दछन् । र, यसमध्ये १९ प्रतिशत मानिस इन्टरनेट सेक्समा लिप्त रहन्छन् ।
अमेरिकामा हालै भएको ‘सेक्स सेन्सस’ बाट यो खुलासा भएको हो । यो सेक्स सेन्सस एउटा कण्डोम बनाउने कम्पनीले गराएको हो । यसमा देशभरबाट करिब २ हजार मानिसको सेक्स्युअल एक्टिभिटीलाई आधार बनाइएको थियो ।
सर्भेका अनुसार १० प्रतिशत मानिस अनलाइन सेक्सका लागि ट्वीटर र फेसबुकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दछन् । र, यसमाध्यमबाट उनीहरु सेक्सका बारेमा कुराकानी गर्दछन् । २० प्रतिशत मानिस यस्ता पाइए, जसले अनलाइन सम्पर्कपछि आफ्नो यौनसाथीसँग भेट गरे र उनीहरुले सेक्स गरे । यद्यपि सर्भेक्षणमा यो पनि पाइयो कि पुरुष महिलाको तुलनामा सोसल नेटवर्किङ्गमा सेक्सका विषयमा कुरा गर्न बढी मन पराउछन् ।
सर्भेका अनुसार अमेरिकाको नर्थ इष्ट क्षेत्रका मानिसले वर्षमा औषतः १३० पटक यौन सम्पर्क स्थापित गरे, जबकि दक्षिण क्षेत्रका मानिसले वर्षमा औषतः ११४ पटक सेक्स गरेका थिए । जहाँसम्म सुरक्षित यौन सम्पर्कको कुरा छ, नर्थ इष्ट क्षेत्रका मानिसले यो विषयमा बढी जागरुकता देखाए । यस क्षेत्रमा सबैभन्दा बढी कण्डोम खपत भएको रेकर्ड छ । लस एञ्जल्समा हरेक वर्ष एक जना व्यक्तिले औषतः १३५ पटक सेक्स गरेका थिए । जबकि न्युयोर्कमा यही तथ्याङ्क ११४ रहेको छ। एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out